काठमाडाैं– नेकपा ओली पक्षका संसद महेश बस्नेतले आफू नेकपा एमालेको सांसदको हैसियतमा सदनमा उपस्थित भएको बताएका छन्।
सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेलको पार्टीलाई दिने फैसला सुनाएपछि बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।
संसद बैठकमा सहभागी भएको फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै सांसद बस्नेतले आफू ‘पूर्व एमालेकै सांसदको हैसियत’मा सदनमा आएको बताएका हुन्।
‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ’, बस्नेतले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।