काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको वैद्यता सकिएको बताएका छन्।
प्रतिनिधि सभाबाट आइतबार सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै भट्टराईले वैद्यता गुमाएको सरकारले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।
'यो सरकारको वैद्यता सकिएको छ। त्यसकारण सरकारले राजीनामा दिएर वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्छ,' उनले भने।
उनले जसपा सरकारको दावी गर्ने पार्टी नभएको पनि बताए। उनले आफ्नो पार्टी मुद्दा केन्द्रित पार्टी भएको जानकारी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।