काठमाडौं- सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेलको पार्टीलाई दिने फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीसँग परामर्श थालेको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले अहिले नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्।
छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता टिकाराम भट्टराई लगायतका सहभागी छन्।
आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो।
अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाउने फैसला सुनाएको हो।
आइतबार भएको फैसलामा ती दुवै पार्टी अलगअलग राजनीतिक दलकै रुपमा रहने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।