काठमाडौं- नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको बहिष्कार र नेपाली कांग्रेसको विरोधपछि संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
त्यसअघि प्रचण्ड–माधव पक्षबाट सांसद भीम रावलले बोल्दै कार्यसूचीमाथि प्रश्न उठाएका थिए।
प्रचण्ड-माधव पक्षको बहिष्कार पछि पनि सभामुख अग्नि सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
आइतबार आएको सर्वाेच्चको फैसलापछि सरकारकाे वैधता सकिएको र वैधतामाथि प्रश्न उठेको सरकारले अध्यादेश ल्याउन नमिल्नै भन्दै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए। तर, विरोधकैबीच अध्यादेश पेस भएको छ।
प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसदले पनि अध्यादेश टेबुल गर्ने विषयमा विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।