काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेकपाका सांसद् भीम रावलले आइतबारै सर्वोच्च अदालतबाट आएको चर्चित फैसलालाई कानुनी हो कि राजनीतिक हो भन्ने प्रश्न गरेका छन्।
आइतबार सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिँदै नेकपा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको रुपमा अलगअलग भएको फैसला गरेको छ।
'सर्वोच्च अदालतले पार्टी निर्माण गर्ने रे। यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो? हामीले विचार विमर्श गर्नुपर्ने छ', रावलले भने।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) होइन भने प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीका हुन् भन्ने पहिले भन्नुपर्ने र उनले कुन पार्टीको प्रतिनिधित्व गर्ने भन्ने प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।