काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नाम विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसलाको सम्मान गर्ने बताएका छन्। उनले अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
प्रतिनिधि सभाको आइतबारदेखि शुरु हुने हिउँदे अधिवेशनका लागि संघीय संसद भवन बानेश्वर पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
‘हामी अदालतको फैसलाको सम्मान गर्छौं’, प्रधानमन्त्रीले भने, ‘अब यसलाई कार्यान्वयन गर्दै अघि बढ्छौं।’
सर्वोच्चले नेकपाको नाम सम्बन्धी विवादमा निर्णय सुनाउँदै यो नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीको हुने फैसला गरेको थियो। त्यसैगरी तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता नपाउने ठहर गर्दै सर्वोच्चले एकीकरण गर्नुपर्ने भए प्रक्रियाअनुसार पुनः एकीकरण प्रक्रियामा जानुपर्ने भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।