काठमाडाैं– नेकपा ओली पक्षका प्रमुख सचेत विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्। प्रधानमन्त्री ओलीलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपनि फेस गरेर जाने तर राजीनामा भने नदिने उनले स्पष्ट पारेका हुन्।
‘अहिलेसम्म कसैले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका पनि छैनन् र ल्याए पनि उहाँ (प्रधानमन्त्री ओली)ले फेस गरेरै जान्छु भन्नुभएको छ। त्यसैले राजीनमा दिने कुनै ‘चान्स’ छैन,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
प्रतिनिधिसभा पुनःस्थापनापछि आइतबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ।
बैठक सुरु हुनेत्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यस्तै राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि सभामुखले सुनाउनेछन् भने त्यसपछि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सभामुखले गर्ने कार्यसूची पनि राखिएको छ।
त्यसपछि विभिन्न अध्यादेशहरू सदनमा पेश हुनेछ भने सांसद तथा पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव सभामुखले प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ।
यस्ताे छ कार्यसूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।