काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु नेपालमा पूर्ण असफल भएको बताएका छन्।
शासन सत्ता सञ्चालनमा कम्युनिस्ट सरकार पूर्ण असफल भएकाले सुशासनको आशा गर्नु भूल हुने उनको टिप्पणी छ।
पार्टीभित्रको मतभेदले नेकपाले जनमतको कदर गर्न नसकेको सिंहले बताए। उनले भने, ‘संसारलाई चमत्कार गरेर देखाउछाैं भनि जनताबाट म्यान्डेट लिएर आए। पार्टी चलाउन नसकेर संसद विघटन गरे।’
शनिबार गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा नेता सिंहले राजनीतिमा मूल्य, मान्यता कमि हुँदै गएको टिप्पणी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्ने नैतिक धरातल नभएको सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।