काठमाडाैं– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक शनिबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेसँगै प्रशोधन केन्द्रमा पानी झरेकाे हाे।
गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको थियाे। त्यही पानी आज आइपुगेकाे हाे। सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।
आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने छ।
यसैबीच, वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन आयोजनाले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ। आयोजनाले सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आग्रह गरेको हो।
तस्वीरहरु















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।