फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ अवलोकन गर्न सुन्दरीजलस्थित प्रशोधन केन्द्र पुगेका छन्।
प्रशोधन केन्द्र पानी झारिएसँगै त्यसको अवलोकन गर्न उनी केहीबेर अगाडी सुन्दरी जल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।
फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो। मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारे सजगता अपनाइएको थियो।
यसैबीच, वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन आयोजनाले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ। आयोजनाले सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।