• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-माधव पक्षसँग नजिकिने कांग्रेसको संकेत, सांसदहरूको राय : ओलीलाई हटाउन नेतृत्व गरौं

64x64
लिलु डुम्रे शुक्रबार, फागुन २१, २०७७  १९:१६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्न अग्रसरता लिनुपर्ने माग उठेको छ। औपचारिक रुपमा निर्णय गरी प्रधानमन्त्रीलाई हटाउने सक्रियता कांग्रेसकै हुनुपर्ने माग बैठकमा उठेको हो।

शुक्रबार बसेको संसदीय दलको बैठकमा सांसद गगन थापाले संसदीय दलले केपी शर्मा ओलीको राजीनामा दिनुपर्ने मागसहितको निर्णय गर्नुपर्ने बताएका थिए। अन्य सांसदहरुको भन्दा फरक विचार थापाले राखेका थिए।

उनले भने- ‘प्रधानमन्त्रीमा ओलीलाई थप समय स्विकार्नै सकिन्न। ओली प्रधानमन्त्रीमा निरन्तरता रहँदा देशका लागि र कांग्रेसकै लागि पनि उपयुक्त हुँदैन।’ ओलीलाई हटाउने अग्रसरता कांग्रेसले लिनुपर्ने उनको राय थियो। कांग्रेसले उनलाई हटाउन अग्रसरता लिएपनि उनले राजीनामा दिने सम्भावना भने नरहेको उनको बुझाइ थियो।

थापाले बैठकमा भने- ‘राजीनामा नदिएपछि नै कांग्रेसको अग्रसरता बढ्ने हो। त्यसपछिको चरणमा कांग्रेस आफैंले अविश्वासको प्रस्ताव ल्याउने हो कि अरुसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने छलफल गर्न सकिन्छ।’

दुईटा नेकपा एउटै हुन् भनि अब पनि कांग्रेस बसिरहे कांग्रेसप्रति नै प्रश्न उठ्ने उनको भनाइ थियो। शुक्रबारको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरि अघि बढौं भन्ने उनको राय थियो।

बैठकमा बोल्ने सांसदहरूले प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्नै नहुने राय नेतृत्वलाई दिएका छन्। बैठकमा बोल्न समय लिएका सांसदले प्रधानमन्त्री ओली प्रतिगमनकारी भएकाले उनलाई साथ दिन नहुने सुझाव दिएका छन्। प्रतिनिधि र राष्ट्रिय सभा दुवैतर्फका सांसद बोलाइएको बैठकमा २९ जनाले आफ्नो धारणा राखेका थिए। 

अधिकांशको राय ओलीसँग सरकार बनाउनै नहुने र कांग्रेसलाई नेतृत्व आए छोड्न नहुने तर्क अघि सारेका थिए। उनीहरुको भनाइ थियो, ‘ओलीको सरकार हटाउनुपर्ने पनि छ। बहुमतको सरकार बनाउँदिन भनियो भने कसरी ओली हटाउने?’ बहुमतको सरकार बनाउन कांग्रेसले पहल यो बेला नगर्ने हो भने ‘कहिल्यै पनि कांग्रेसले बहुमतको सरकार’बनाउनतिर लाग्दैन भन्न सक्नुपर्ने तर्क राखेका थिए।

सभापति शेरबहादुर देउवा र संस्थापनइतरका सबै सांसदले ओलीका निर्णयलाई असंवैधानिक भएको पार्टीले निर्णय गरीसकेकाले भावी सरकार उनी पक्षसँग नहुने राय नेतृत्वलाई दिएका छन्। सभापति देउवाले संसदमा कांग्रेसको भूमिकाका सन्दर्भमा राय दिन समय दिएका थिए। बोल्नका लागि नाम टिपाएका सबैले ओलीको विगतको कामकारबाहीबारे धारणा राखे।

Ncell 2
Ncell 2

बैठकमा उठेको विषयबारे एक सांसदले भने, ‘ओलीलाई साथ दिइयो भने लोकतन्त्र नै समाप्त पार्न लाग्छन्।’ नैतिकताको आधारमा प्रधानमन्त्रीको  ओलीको वैधानिकता सकिएको निर्णय पार्टीले धेरै अघि गरिसकेकाले ओली पक्षलाई साथमा लिएर जानै नहुने उनीहरुको तर्क थियो।

संविधानको ‘हत्या गर्ने’ ओलीसँग सहकार्य गर्नु भनेको कांग्रेसको मूल्य, मान्यता विपरीत हुने उनीहरूको तर्क थियो। ओली पक्षसँग सत्ता गठबन्धन गरी सरकार बनाउँदा आगामी निर्वाचनमा कांग्रेसले जनता माझ उठाउने मुद्दा नहुने विषय समेत सांसदहरुले उठाएका थिए। ओली पक्षले कांग्रेसलाई प्रधानमन्त्री दिएपनि स्विकार्न नहुने सुझाव सांसदहरुको छ। संविधान उल्लंघन गरी प्रतिनिधि सभा विघटन गर्ने ओलीलाई साथ दिँदा लोकतन्त्रको मर्ममाथि नै प्रहार हुने उनीहरुको भनाइ छ। 

कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्थामा प्रचण्ड–माधव पक्षलाई साथ लिएर सत्ता सञ्चालन गर्नुपर्ने राय अधिकांशको छ। केही सांसदले कांग्रेसले निर्वाचनमा पाएको मत प्रतिपक्षमा बस्ने रहेकाले सरकार बनाउन सहयोग गरी बाहिरबाट साथ दिन सकिने सुझाव पनि दिएका थिए। शुक्रबारको बैठकले कुन पक्षसँग सहकार्य गर्ने औपचारिक निर्णय नगरेपनि प्रचण्ड–माधव पक्षसँग नजिकिने संकेत गरेको छ। सरकारमा जाँदा जनताबीच श्वेतपत्र जारी गरी जानुपर्ने मत पनि केही सांसदले राखेका थिए।

२३ गते पुनःस्थापित प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संसद बैठक बस्नुअघि सांसदहरुको राय संकलन गर्न देउवाले संसदीय दलको बैठक बोलाएका थिए।

नेकपाको प्रचण्ड-माधव पक्षले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए। सभापति देउवा कांग्रेसलाई प्रधानमन्त्री बन्ने अवस्था आए सरकारमा जानुपर्नेमा अडिग छन्। सरकारको नेतृत्व प्राप्त भए पछि हट्न नहुने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका कतिपय नेता पनि देखिएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति सोमबार, मंसिर २९, २०८२
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्