काठमाडाैं– नेकपा प्रचण्ड–माधव पक्षका नेता डा भीम रावलले अरू कसैमाथि हमला गराउने वातावरण बनाउन प्रधामन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेकाे बताएकाे आराेप लगाएका छन्।
मंगलबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै नेता रावलले यसले प्रधानमन्त्री ओलीको अयोग्यता र गैरजिम्मेवारपन देखाउनेसमेत बताए।
उनले प्रधानमन्त्री नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम भएकाे समेत बताएका छन्। उनले अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने काम पनि प्रधानमन्त्री ओलीले गरिरहेकाे आराेप लगाएका छन्।
सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूमाथि शारिरिक हमला समेत हुन सक्ने बताएका थिए। तर सुरक्षा निकायले भने उनीमाथि त्यस्ताे खतरा नरहेकाे स्पष्ट पारिसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।