• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

थोरै पनि नैतिकता महसुस गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ :  गोकर्ण विष्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  १९:१०
1140x725

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरे। उनको सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरिदिइन्। हिउँदे अधिवेशन बोलाउनुपर्ने समयमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरूले काम गर्न नदिएको भन्दै जनताको थलो प्रतिनिधि सभा विघटन गरे। यो विषय सर्वोच्च अदालत प्रवेश भयो। प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चमा १३ थान रिट निवेदन दर्ता भए। उक्त रिटहरुमा ६६ दिन अदालतमा सुनुवाइ चल्यो। गत, मंगलबार (फागुन ११ गते) सर्वोच्चले फैसला सुनाउँदै प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार प्रयोग गरेको ठहर गर्‍यो। सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन समेत भन्यो। यसरी नेकपाभित्र चलेको विवाद संसद हुदै अदालतसम्म पुग्यो। तर, नेकपाभित्रको विवाद अन्त्य भने भएको छैन। विवाद फेरि पनि संसदमा आइपुगेको छ। बदलिएका यिनै परिस्थितिका बारेमा नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेप :

प्रतिनिधि सभा विघटनको कदम सर्वोच्च अदालतले बदर गरिदिएपछि देश पुस ४ मा फर्केको छ। अब कसरी अघि बढ्नुपर्ला? 
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको लागि गरेको सिफारिस सर्वोच्चले बदर गरेको छ। यो आवश्यक पनि थियो। सर्वोच्चले संविधानको पक्षमा ऐतिहासिक फैसला सुनाएको छ। प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी थियो। अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। पुरानै अवस्थामा प्रतिनिधि सभा फर्केको छ।

नेपाली जनताले लामो आन्दोलनपछि प्राप्त गरेको उपलब्धी धरापमा परेको थियो। संविधान नै मिचियो भने जनताको अधिकार रहँदैन। संविधानको प्रस्तावनको मुल आशय संघीयता, गणतन्त्र जस्ता कुरा समस्यामा परेका थिए। यो अवस्थाबाट अहिले पार पाएको छ। पुनःस्थापनाले नयाँ प्रकारको राजनीतिक अवस्थाको ढोका खोलेको छ। विधि र कानुनको शासनलाई कुल्चिएर संविधानभन्दा माथि रहेर दम्भका आधारमा गर्ने शासनको औचित्य छैन भन्ने पुष्टि अदालतको फैसलाले गरेको छ। नयाँ चुनौती र जटिलाता देखा परेको छ। सभ्य संस्कारसहित अब अगाडि बढ्नुपर्ने परिस्थिति रहेको छ। 

सर्वोच्चले गरेको फैसलाले पाँच वर्षसम्म प्रतिनिधि सभा विघटन हुँदैन भनेको छ। सरकार पनि स्थिर हुन्छ भन्ने कल्पना गरेको देखियो। संविधानमा पनि यी कुरा उल्लेख थिए तर, किन पालना भएनन्? 
यसको मुख्य तात्पर्य भनेको विधिको शासन हुनुपर्छ र जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने नै हो। सरकार प्रतिनिधिमुलक संस्थाप्रति नै उत्तरदायी हुनुपर्छ। संविधानको मुख्य मर्म पनि यही नै थियो। जनप्रतिनिधिमुलक संस्थाप्रति उत्तरदायी हुने भनेको जनताप्रति उत्तरदायी हुने पनि हो। कानुनका आधारमा सबै चल्नुपर्छ भन्ने हो। अहिले त्यही भएको हो। सरकार पनि स्थायी हुने कुरा हो। जनता  र संविधानप्रति उत्तरदायी हुने गरी शासन गर्ने तहमा रहनेले नेतृत्व सञ्चालन गर्नुपर्छ। 

अहिले फेरि अस्थिरता सुरु भएको भन्न थालिएको छ। फेरि सांसद यता र उता गरेको, गुट परिवर्तन गरेको सुन्न परेपछि जनता कसरी विजय भए भनेर विश्वास गर्ने? 
राजनीतिमा थोरै पनि नैतिकतालाई महसुस गर्ने हो भने प्रधानमन्त्रीले आफूलाई त्यसको जिम्मेवार सम्झेर प्रधानमन्त्री पदबाट राजीनामा दिएर स्वच्छ ढङ्गले नयाँ चयनको बाटो खोल्नुपर्छ। यो राजनीतिक संवैधानिक र नैतिक रुपमा गर्नुपर्छ। यसले प्रधानमन्त्रीको पनि मर्यादा रहन्छ। साथै पार्टीको र राजनीतिक रुपमा हुने अस्वस्थ संसदीय चलखेल हुँदैन। यो भयो भने पार्टी एकीकृत रुपमा अगाडि बढ्छ। नयाँ सरकार बन्ने स्थानका लागि उहाँले स्थान खाली गर्नुहुन्छ भन्ने अपेक्षा मैले गरेको छु। सर्वोच्चको फैसलापछि दुई/चार मिनेटमै उहाँको राजीनामा आउला भन्ने आश गरेको थिएँ। तर, अहिलेसम्म सुनेको छैन। तर, पनि आशा छ परिपक्व कदम लिनुहुनेछ। पार्टी र लोकतन्त्रका लागि उहाँले पछि हटेर योगदान दिनुहुन्छ भन्ने अझै  आश गर्ने ठाउँहरु रहेका छन्। 

तपाईंको यस्तो अपेक्षा छ। तर, प्रधानमन्त्रीको भनाइ र गराइ हेर्दा त त्यस्तो देखिँदैन। उहाँ यो प्रतिनिधि सभा मेरो लागि र मलाई प्रधानमन्त्री बनाउन आएको भन्नुहुन्छ। अहिले पनि सामाना गर्छु भनिरहनु भएको छ। अब नेकपा कसरी अघि बढ्छ ? 
२०७४ सालको निर्वाचनमा कुनै एउटा व्यक्तिका लागि भोट मागिएको थिएन। पूर्वएमाले र पूर्व माओवादीले संयुक्त घोषणापत्रको आधारमा भोट मागेका थिए। यो कुरा ती समयको घोषणापत्र हेर्दा थाहा हुन्छ।

देश जनता, समृद्धि र आर्थिक विकासका लागि संयुक्त रुपमा नेकपाले अघि सारेको संयुक्त घोषणापत्र अनुमोदन जनताले गरेको हो। यसलाई बिर्सेर मैले प्राप्त गरेको जनमत भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो भने यसले उहाँमा व्यक्तिवादी अहम् सिर्जना भएको देखियो। उहाँमा पैदा भएको व्यत्तिवादी अहमवाद नै अहिलेको परिस्थिति भएको हो। वहाँले यसलाई समिक्षा गर्नुहोला। मलाई अझै पनि वहाँले ठन्डा दिमाखले सोचेर पार्टीलाई निकास दिनुहुन्छ भन्ने लागेको छ। हामी सवैले सुझाव र यो कुरा महशुस गराउन जरुरी छ। 

अहिले पनि यसअघि परीक्षण भइसकेका पुरानै अनुहार पदमा पुग्ने देखिन्छ। त्यसैले पनि जनताले केपी ओली हट्दाको नयाँ विकल्प उत्साहजनक रुपमा देखेका छैनन्। नयाँ पुस्ता नेतृत्वमा किन आएनन् ? 
यसमा केही कमिहरु रहेका छन्। हाम्रो पुस्तामा पनि कमि छन्। पुरानै पुस्ताहरुमा भएका कमिकमजोरीहरु सुधार गर्र्दै नयाँलाई ल्याउन नसक्नुमा हाम्रो पनि भूमिका नभएको पक्कै हो। नयाँ पुस्ता र पुराना पुस्ताका बिचमा केही दूरी देखिएको हो। अहिले नयाँ पुस्ता विस्तारै आउन थालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, मुख्य कुरा भनेको संविधान अनुसार चल्ने कि व्यक्तिको अहंकारमा चल्ने भन्ने भएको छ। राजनीतिक संस्कारको रुपमा सर्वोच्चको फैसलापछि सच्चाएर आगामी दिनमा बुद्धिमता,  संयताम र परिपक्वताले अघि बढ्न जरुरी छ। नेपाली जनताको संविधान र लोकतन्त्रप्रति सम्मान बढाउन जरुरी छ। अब पदका लागि भन्दा पनि देश, लोकतन्त्रका लागि भूमिका खेल्नुपर्ने समय भएको छ। यसरी हामीले ध्यान दिन सकेनौं भने फेरि पनि समस्या रहन्छ। देशलाई प्रणालीलाई ल्याउने र सामूहिकतामा ल्याउने अहिलको चुनौती हो। 

अब प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल वा शेरबहादुर देउवा को हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको गलत कदमलाई  सच्चाउने गरि दल र पार्टीको बैठक बस्नेछ। आम नेपाली जनतामा थप रक्तसञ्चार हुनेगरि संसदीय दलको बैठकले निर्णय गर्ने छ। अहिले म व्यक्तिमा जान चाहान्नँ तर, जनतालाई निरास नहुने गरि, अब राजनीति अघि बढाउने गरि नेकपाले नेतृत्व छान्ने छ। 

अविश्वासको प्रस्ताव दर्ता गरिरहँदा त संसदीय दलको नेताको रुपमा पुष्पकमल दाहालको नाम राखिएको छ। अब यही विषय नै अगाडि बढ्ला नि हैन र? 

यसलाई निकास दिनेगरि आवश्यक प्रक्रिया अघि बढ्छ। अहिलेको अवस्था रहँदैन। यसबाट अघि बढ्छ भन्ने मेरो बुझाइ हो। तर, म फेरि पनि भन्छु नैतिकता र राजनीतिलाई सम्झेर प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ। 

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीले राजीनामा दिनु भयो भने नेकपा फुट्दैन? 
सकेसम्म नेपाली कम्युनिष्ट आन्दोलन र पार्टीलाई जोगाउनु पर्छ। यसलाई गम्भीरतापूर्वक हामीले लिएका छौं। 

विभाजन हुन नदिन दोस्रो तहका नेताहरुले केही पहल लिनु भयो? 
विगतमा अनौपचारिक प्रयत्न भएका थिए। विघटनपछि भएको थिएन। गलत कदमलाई साथ दिएका साथीहरुलाई पनि सम्झाएर र बुझाएर ल्याउनुपर्छ। गलत र भ्रममा रहेका साथीहरु फर्कनुहुन्छ भन्ने आशा छ। हामीले यसलाई गम्भीर रुपमा लिनुपर्छ। 
 
शीर्ष तहमै ‘हामीले जित्यौं, तिमीले हा
र्‍यौ’ भन्ने देखियो। कार्यकर्ता र नेता फर्केलान् भनेर कसरी मान्ने? 
यहाँ जित र हार भन्ने छैन। साथीहरु त्यता लाग्नुभयो। उहाँहरुप्रति  गलत धारणा बनाउन पनि जरुरी छैन। सकारात्मक रुपमा उहाँहरु मुल पार्टीमा फर्कनुहुन्छ भन्ने आशा राख्नुपर्दछ। अदालतको फैसलापछि पार्टीलाई एक बनाउने नेतृत्वले पहल लिने र सार्थीहरु पार्टीका लागि फर्कनुहुन्छ भन्ने सोंच राख्न जरुरी छ। 

गणितीय हिसाबले नेकपा संसदीय दलमा बराबरी नै देखिन्छ। अर्को कुनै दलले सर्मथन नगरेमा फेरि पनि निर्वाचनमै जानुपर्ने देखिन्छ नि? 
अहिले नै त्यो पनि होइन। सरकार बनाउने विकल्पहरुमा अभ्यास नै भएको छैन। धेरै साथीहरु एक ठाउँमा छन्। अरु केही साथीहरु अर्कोतिर छन्। तर, पार्टी  र जनताको अपेक्षा पुरा गर्न लचकताका साथ अघि बढ्न जरुरी छ। सबै कार्यकर्ता र सांसदहरुलाई मजबुत बनाएर जाने काम नेतृत्वले गर्नुपर्नेछ। हामीले पनि यही सुझाव दिएका छौं। 

प्रधानमन्त्रीको गलत कदमका विरुद्धमा विरोध भएको थियो। यो कुरा अदालतले अहिले पुष्टि गरेको छ। उक्त कार्यमा संलग्न रहेकाहरुले अब महसुुस गर्नेछन्। हामीले गम्भीरतापूर्वक पहल गरेर साथीहरुलाई फर्काउनुपर्छ। सबैलाई नसके पनि अधिकतम साथीहरुलाई ल्याएर समाधान गर्नुपर्छ। जनताको अपेक्षाहरु, नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य खोज्ने नेतृत्व आउनेछ। जनताको आर्थिक र समृद्धिको सपना पूरा गर्ने गरि नेतृत्वले सामूहिकतामा विश्वास गरेर अघि बढ्नेछ। यो नै आजको आवश्यकता हो। 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्