• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पुँजीबजारमा नयाँ वित्तीय औजार ल्याउने तयारी

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  ०८:५२
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुँजीबजारमा दुई वटा नयाँ वित्तीय औजार थपेर फरक प्रकृतिको कारोबार प्रणाली सुरु गर्ने तयारी थालेको छ। नेप्सेले निकट भविष्यमै कार्यान्वयनमा ल्याउने गरी ‘स्टक मार्केट इन्डेक्स फ्युचर’ र ‘इक्विटी बेस्ड डेरिभेटिभ’ कारोबार प्रणालीबारे अध्ययन भइरहेको जनाएको छ।

विश्वका अरू मुलुकले पुँजीबजार कारोबारमा यस्ता औजार लागू गरेका भएपनि नेपालमा भने अहिले एउटा मात्र कारोबार प्रणाली सञ्चालनमा छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार फरक प्रकृतिका वित्तीय औजार कार्यान्वयन र धितोपत्रको कारोबार गर्न सम्भावनाबारे अध्ययन भएको थियो। अध्ययनले फ्युचर इन्डेक्स र स्टक इन्डेक्समा आधारित कारोबार प्रणाली विकास गर्ने सम्भावना देखाएको छ।

‘हामीले गरेको अध्ययनबाट २ वटा इन्डेक्स पहिचान भएका छन्। पछि विस्तारै अरु समूहगत रुपमा पनि जान सकिन्छ,’ पराजुलीले भने, ‘सुचीकृत कम्पनीको आधार सम्पत्ति (अन्डरलाइङ एसेट) हेरेर यस्ता औजार विकास गरिन्छ। निश्चित मापदण्डका आधारमा कम्पनीको वर्गीकरण गरेर यी टुल प्रयोगमा ल्याउन सकिन्छ।

यस्तो खालको कारोबार सुरु गर्न कम्पनीले निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने पराजुली बताउँछन्। ‘ठूलो पुँजी र पर्याप्त तरलता भएको, दोस्रो बजारमा राम्रो कारोबार भइरहेको, वित्तीय अनुशासन पालना गरेको तथा पारदर्शिताका साथै अन्य वित्तीय सूचक पनि 'राम्रो' रहेका कम्पनीलाई छुट्याएर हामीले यी औजारमार्फत् धितोपत्र कारोबार गर्न सक्छौं,’ उनले भने, ‘उदाहरणका लागि बैंकिङ समूहलाई यस्तो खालको कारोबारका लागि सम्भावना देखिएको छ। तर सबै बैंकले मापदण्ड पूरा गर्छन् भन्ने हुँदैन।’

पुँजीबजारको कारोबारमा कार्यान्वयनमा ल्याउन लागिएका यी वित्तीय औजारका लागि नयाँ प्रणाली विकास गर्ने वा नेप्सेको अहिलेकै प्रणालीलाई थप सुदृढ तथा व्यवस्थित गरी संचालनमा ल्याउने भन्नेबारेमा पनि अध्ययन भइरहेको नेप्सेले जनाएको छ। यी प्रणाली कार्यान्वयनमा ल्याउनका लागि विनियमावली निर्माण र व्यवसायिक योजना बनाउने क्रममा नेप्से छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘विनियमावली र व्यावसायिक योजना बनाउने क्रममा छौं,’ पराजुलीले भने, ‘पुँजीबजारमा यी वित्तीय औजार कार्यान्वयनमा ल्याउँदा हामीलाई हुने फाइदा र यसका लागि आवश्यक प्रविधि, जनशक्ति तथा सांगठनिक संरचना निर्माणका विषयमा हामी छलफलकै क्रममा छौं।’

नेप्सेले कार्यान्वयनमा ल्याउन खोजेका यी औजार धितोपत्र बोर्डबाट स्वीकृत भइसकेका छैनन्। अहिले प्रारम्भिक चरणकै काम भइरहेको र सबै तयारी पूरा भएपछि बोर्डको स्वीकृतिका लागि लैजानै तयारीमा नेप्से छ। नेप्सेले यी औजार कार्यान्वयनमा लैजाने भएपछि धितोपत्र बोर्डले पनि कानुनी र नीतिगत प्रक्रियाबारे तयारी सुरु गरिसकेको छ। ‘अध्ययनपछिको सुझाव आएपछि हामी अरु काम सुरु गर्छौं। नेप्सेले कसरी काम गर्न खोजेको हो, त्यसको खाका बोर्डमा पठाउन भनेका छौं। नेप्सेले त्यसको अध्ययन पनि गरिसकेको छ र रिपोर्ट आएपछि बोर्डले पनि पहल थाल्छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने। 

के हो ‘इन्डेक्स फ्युचर’ र ‘इक्विटी बेस्ड डेरिभेटिभ’?
सेयर खरिद बिक्रीसम्बन्धी भविष्यका लागि गरिने कारोबार प्रणाली ‘स्टक मार्केट इन्डेक्स फ्युचर’ हो। लगानीकर्ताले भविष्यको इन्डेक्सलाई अनुमान गरी कारोबार गर्छन्। इन्डेक्स फ्युचर पुँजीबजारको हेजिङ, कारोबार र लगानीका उद्देश्यले गरिन्छ। यसको उपयोग सूचीकृत कम्पनीको मौजुदा इक्विटीको स्थितिको हेजिङ गर्ने उद्देश्यले पनि गरिन्छ भने ‘मार्केट सेन्टिमेन्ट’को मुख्य सूचकका रूपमा पनि इन्डेक्स फ्युचरलाई हेर्ने गरिन्छ। 

Xtrem
Xtrem

पुँजीबजारमा यस्तो कारोबार प्रणालीलाई ‘जिरो–सम गेम’का रुपमा पनि लिइने गरिन्छ। एक व्यक्तिको क्षति अर्को व्यक्तिको आम्दानीसरह हो भन्ने सिद्धान्तलाई आधार मानिन्छ। इन्डेक्स ट्रेडिङमा सिधै रकम भुक्तानी हुन्छ भने ‘इक्विटी बेस्ड फ्युचर'मा सेयरको लेनदेन अर्थात् ‘फिजिकल डेलिभरी’ र ‘क्यास सेटलमेन्ट’ दुई वटै तरिकाबाट कारोबार गर्न सकिन्छ।  

इक्विटी डेरिभेटिभ वित्तीय औजार हो। यस्तो कारोबार प्रणालीमा इक्विटी बेस्ड डेरिभेटिभसँग मिल्दोजुल्दो हुनेगरी ‘इक्विटी बास्केट डेरिभेटिभ’को अवधारणा पनि विश्व पुँजीबजारमा प्रचलनमा छ। जसमा फ्युचर, अप्सन र स्वापजस्ता उपकरण प्रयोग गरिन्छ जुन सेयरको नन-इन्डेक्स बास्केटका रूपमा अन्तर्निहित हुन्छन्। 

विश्वका प्रतिष्ठित र ठूला सेयर बजारले मुद्राको सट्टेबाजी अप्सन र फ्युचर, धितोपत्रको अप्सन र फ्युचर, इन्डेक्स अप्सन र फ्युचर विनिमयजस्ता तरिका अपनाउने गरेका छन्। पुँजीबजारसम्बन्धी विश्वभर स्थापित मान्यता र प्रावधानलाई नेपालको हकमा पनि अनुसरण गर्ने उद्देश्यले नेप्सले यो प्रक्रिया अगाडि बढाएको हो। 

वस्तु विनिमय बजारसँग सम्बन्धित ऐन र नियमावली बनिसकेको भएपनि यस्तो कारोबार प्रणाली अझै सुरु भइसकेको छैन। हाल वस्तु विनिमय बजार स्थापनाका लागि दुई वटा निकाय नेपाल धितोपत्र बोर्ड र नेप्से पहल गरिरहेका छन्। वस्तु विनिमय बजारका लागि भन्दै धितोपत्र बोर्डले शोधपत्र प्रस्तावका लागि पनि आह्वान गरेको छ। शोधपत्रमा गरिएको अध्ययनबाट नेपालमा वस्तु विनिमय बजारका कसरी संचालन गर्न सकिन्छ भनेर जानकारी लिन सजिलो हुने भएकाले यस्तो प्रस्ताव राखिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्