• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अराजक ‘ओली राज’को अन्त्य

शंकर तिवारी मंगलबार, फागुन ११, २०७७  २२:२८
1140x725

गणतान्त्रिक संविधान जारी भएपछि पहिलो निर्वाचित संसदको तल्लो सदन, प्रतिनिधि सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् विघटन विघटन गरे पनि सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको छ। अदालतको यो फैसलाले विगत दुई महिनामा रहेको राजनीतिक अन्योल र गतिरोध चिर्ने काम गरेको छ।

ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित गरेको संसदलाई कहिले पनि मर्यादापूर्वक लिने काम गरेनन्। त्यही संसदमा उनले बोलेको कुरा संसदीय रेकर्डबाट हटाउनुपर्यो। सांसदहरुका प्रश्न उनलाई कहिले सह्य बनेनन्। उनले खोजेको ‘रबर स्ट्याम्प’ बन्न यो संसद तयार भएन, थिएन। उनी लुई चौधौं जस्तो ‘आई एम द स्टेट’ अर्थात् अर्थात म नै राज्य हुँ भन्ने भ्रमको घोडामा सवार भएका थिए। त्यसैले उनले संसदलाई विघटन गरेका थिए। 

ओलीले विघटन गरेको संसद्ले ओलीलाई भरपुर विश्वास गरेको थियो तर ओलीले त्यो संसदसँग विश्वास लिन सकेका थिएनन्। प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले कुन नैतिकताको आधारमा आफुले विघटन गरेको संसदको सामना गर्ने त? अहिलेको मूल प्रश्न यही हो। राजनीतिमा नैतिकता र नेतृत्व चरित्र अत्यन्त महत्वपूर्ण कुरा हुन्।

ओलीले संसद विघटन गर्दा धेरैवटा लक्ष्मण रेखा नाघ्ने काम गरेका थिए। दुनियाँको कुनै पनि संसद विघटित हुँदा प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर मात्र उक्त कार्य गर्दछ अथवा त्यो नभए प्रधानमन्त्री संसद विघटित भएको दिनदेखि स्वतः कार्यबाहक हुन्छ। ओलीले न त पदबाट राजीनामा दिएका थिए न त आफूलाई कार्यबाहक प्रधानमन्त्रीको रूपमा स्वीकार गर्न खोजे।

ओलीले संसद विघटन गर्दा धेरैवटा लक्ष्मण रेखा नाघ्ने काम गरेका थिए।

जुन संसदको औचित्य उनका लागि छैन भनेर उनले त्यसको असामहयक हत्या गर्ने कोसिस गरेका थिए, अब उनले कुन तर्क वा आधारमा त्यो संसदमा पुनः प्रवेश गर्ने? यसको समाधानको एउटा मात्र उपाय छ– प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजिनामा गर्नुपर्छ। यदि ओली आफ्नो वचनका प्रति प्रतिबद्ध हुन् भने उनले यो संसदको आयु रहुन्जेल सांसद पदमा समेत रहनु हुन्न। किनभने ओलीले त सरासर संवैधानिक अपराध गरेको पुष्टि भएको छ।

शंकर तिवारी

बेलायतमा प्रधानमन्त्रीले संसदको आयु नसकिँदै आफ्नो पदबाट राजीनामा गर्नुपर्‍यो भने उनीहरुले आफ्नो सांसदको पदबाट समेत राजीनामा गर्दछन्। बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले प्रधानमन्त्री पद छाड्दै गर्दा सांसद पदबाट समेत राजीनामा दिएका थिए। ठीक त्यस्तै डेभिड क्यामरुनले पनि प्रधानमन्त्री पदबाट राजीनामा गर्दा सांसद पदबाट समेत राजीनामा गरेका थिए। आफूलाई राजनेता दाबी गर्ने ओलीले त्यो गर्न सक्छन् त? 

ओलीले वर्तमान संसदको गरिमा नराखेका अरु पनि दुईवटा कारण छन्। उनले संसदको सपथ नलिइकन राष्ट्रपतिबाट प्रधानमन्त्रीको सपथ लिएका थिए। उनी सुरुमा संविधानको धारा ७६ (१)अन्तर्गत प्रधानमन्त्री भएका थिए। पार्टी एकतापछि औपचारिक रुपमा उनले फेरी प्रधानमन्त्रीको रुपमा नयाँ शपथ लिनु पर्थ्यो, तर उनले त्यो काम गरेका थिएनन्। संवैधानिक नैतिकताको परिपालन गर्दा यस्ता कुराको विचार पुर्याउनुपर्छ। तर, ओलीले यस्ता कुराहरुलाई हमेशा ठाडै नजरअन्दाज गर्दै गएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

जुन सदन आफ्नो लागि उपयुक्त नभएको भनेर ओलीले विघटन गरेका थिए, उनले प्रष्ट भनेका थिए– ‘म यो सदनसँग सम्झौता गर्न तयार छैन।’ अब संसद पुनस्र्थापनापछि परिस्थिति एकाएक बदलिएको छ। छेपाराले रङ फेरे जस्तो राजनीतिको सर्वोच्च पदमा आसिन व्यक्तिलाई रङ फेर्न शोभनीय देखिन्न। छेपाराको रङ फेर्ने प्रकृतिप्रदत्त अधिकार हो, त्यो अधिकार कुनै ‘निर्वाचित तानाशाह’ले चाहेर पनि ग्रहण गर्न सक्दैन।

केपी ओली न माफी माग्न लायक रहेका छन्, न माफी पाउन लायक। 

आफुले औचित्यहीन घोषणा गरेर मिल्काइदिएको संसदमा अब ओलीले कुन ल्याकतमा शिर ठाडो पारेर प्रवेश गर्ने? पहिला संसदले उनलाई विश्वास गरेको थियो, अब संसद्ले चाहेर पनि ओलीलाई विश्वास गर्न सक्दैन। त्यसका लागि ओलीले विघटनकको निर्णयसँगै सम्पूर्ण बाटा र ढोकाहरु बन्द गरिसकेका हुन्।

ओली सार्वभौम संसदसँग र जनता जनार्दनसँग आफूले गरेका एक एक भष्मासुर कृत्य र क्रियाकलापका लागि माफी माग्न तयार छन् त? अथवा ‘गणतान्त्रिक सपनाको हत्यारा’ करार भइसकेका ओलीलाई कथं उनले माफी मागे माफी दिन जनता तयार हुन्छन् होला त? त्यसको लागि उनी लायक होलान् त? केपी ओली न माफी माग्न लायक रहेका छन्, न माफी पाउन लायक। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली जनताले राणाशाही, पञ्चायत र राजाको खिलाफमा यति लामो संघर्ष गरे कि शासनको शक्ति जनताको मतबाट हुनुपर्छ शासकहरूको बन्द कोठीबाट होइन भनेर स्थापित गरे। ‘सेटिङ्’ भन्ने कुरा माफियाको संसारमा हुन्छ तर लोकतन्त्र र गणतन्त्रको राजनीतिमा त्यो कदापि हुँदैन। नेपाली राजनीतिमा सेटिङ् सिद्धान्तका प्रतिपादक ओलीले अब यो संसदलाई दुई बर्ष बाहिर बसेर सामना गर्नुपर्छ।

ओलीको ‘निर्वाचित तानाशाही’लाई हालका लागि सर्वोच्च अदालतले ठेगान लगाइदिएको छ। सर्वोच्चका न्यायमूर्तिहरु यो आदेशसँगै अदालतको गिर्दो साख र गरिमा उँचो पार्न अनि संविधानवादको सम्मान गर्न सफल भएका छन्। सर्वोच्च अदालतले निष्ठाको उचाइमा एउटा नयाँ कोसे ढुङ्गा थपिएको छ। 

आफ्नो सनकको अवसानपछि नैतिकताको कुनै लेस् पनि बाँकी नरहेका ओलीले खासमा राजनीतिक सन्यास लिनु पर्दछ। प्रधानमन्त्रीबाट राजीनामा वा सांसद पदबाट राजीनामा मात्रले पुग्ने वाला छैन। आजको फैसलाले भनेको संवैधानिक नैतिकताको परिपालन गर्ने एक मात्र उपाय यही नै हो।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्