तिब्लिसी- जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निष्कर्षमा पुगेको जानकारी दिएका हुन्।
संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लाग्नुभएको जनाइएको छ।
मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ। यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन्। विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।