• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पृथ्वीसुब्बा गुरुङ भन्छन्- अदालतले जे फैसला गर्छ, त्यही मानेर जान्छौं

64x64
नेपाल लाइभ बिहीबार, फागुन ६, २०७७  २०:०१
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि ध्रुवीकृत हुनपुगेको मुलुकको राजनीति यतिखेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा अडिन पुगेको छ। सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाईको अन्त्यतिर पुगेको प्रतिनिधि सभा विघटनसम्बन्धी विषयलाई अदालतले चाँडै टुंगो लगाउने अपेक्षा छ।

अदालतबाट निर्णय नआउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूह भने एकले अर्कोलाई निषेध गर्ने र अप्रत्यक्ष रूपमा अदालतमाथि समेत दबाब बढाउनेगरी अघि बढेका छन्। पछिल्ला केही दिनयता भने उनीहरू केही शान्त जस्तै देखिन्छन्।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको एउटा समूह विघटन सदर भएर मध्यावधि निर्वाचन हुनुपर्ने पक्षमा उभिएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को समूह प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने अडानसहित आन्दोलनमा छ।

नेकपाका ओली र प्रचण्ड–माधव पक्ष मात्र होइन, निर्वाचन आयोगसमेत सर्वोच्चबाट हुने निर्णय ‘पर्खेर’ बसेका बेला आम चासो पनि अदालतमै अडिएको छ। हठात् प्रतिनिधि सभा विघटन गरेपछि देश निर्वाचनमय हुने भनिरहेको नेकपाको ओली पक्ष अदालतले सुनाउने जुनसुकै निर्णय स्वीकार गर्न तयार छ त? ओली पक्षीय नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश: 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अब छिट्टै अदालतले यसबारे निर्णय दिने भनिएको छ। के भन्नुहुन्छ? 
हामी सबैलाई थाहा भएकै कुरा हो, यो विषयमा अहिले सर्वोच्च अदालतमा बहस र छलफल भइराखेको छ। वकिलहरूले पक्ष र विपक्षमा आफ्ना तर्कहरू राखिरहनु भएको छ। यसबारे फैसला हुन अझैं समय लाग्छ होला। यो विषयमा फैसला गर्न अदालत स्वतन्त्र छ। मलाई लाग्छ, अदालत आफ्नो स्वविवेक प्रयोग गरेर फैसला दिन सक्षम छ। 

Ncell 2
Ncell 2

अहिले अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना हुने र विघटन सदर भएर निर्वाचनमा जाने दुवै विकल्प खुला छन्। उसले संसद पुर्नस्थापना हुने र चुनाव गराउने दुबै विकल्प खुला छन्। तर, अदालतले गर्ने फैसला मानेर जानुको विकल्प छैन। त्यो बाहेक अरु विल्कप छन् भन्ने पनि मलाई लाग्दैन।

अदालतले यो मुद्दामा गर्ने जुनसुकै फैसला मान्न तपाईंहरू तयार हुनुहुन्छ? 
मुलुकको सर्वोच्च अदालतले गरेको फैसला मान्नैपर्‍यो नि! संविधान मान्ने र विधिको शासन मान्नेले राम्रो वा नराम्रो, आफूलाई चित्त बुझ्ने वा नबुझ्ने जस्तो फैसला भएपनि स्वीकार गर्नै पर्छ। आफूलाई मन परे पनि नपरे पनि अदालतको निर्णय मान्नुपर्ने नै हुन्छ। हामी त्यसका लागि तयार छौं। 

तपाईंहरूले प्रतिनिधि सभा विघटन भइसकेकाले निर्वाचनमा केन्द्रित हुनुपर्छ भनिरहनुभएको छ। यदि अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने फैसला गर्‍यो भने के गर्नुहुन्छ? 
त्यसपछि त नयाँ रणनीति बन्ला नि! अहिलेसम्म हामीले प्रतिनिधि सभा पुनःस्थापना होला भन्ने कल्पना ज्यादै कम मात्र गरेका छौं। तपाईंलाई प्रष्टसँग भन्दा अहिलेसम्म पुनःस्थापना भए के गर्ने भन्ने विषयमा कुनै तयारी नै गरिएको छैन। त्यसो हुँदा पार्टीको बैठक बस्छ। बैठकले एउटा रणनीति तयार गर्ला। अनि त्यहीअनुसार अगाडि बढ्ने कुरा छँदैछ।  

अदालतले विघटनलाई सदर गर्‍यो भने पनि वैशाखमा निर्वाचन हुनसक्छ त? 
सरकारले वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन हुने गरी मिति तोकिसकेको छ। आफ्नो तर्फबाट निर्वाचन आयोगले पनि तयारी गरिराखेको छ। त्यसकारण निर्वाचनमा जानुको विकल्प छैन। सबै दल निर्वाचनमा जानुपर्छ, जानुहुन्छ भन्ने मलाई लाग्छ। अहिलेसम्म वैशाखमै निर्वाचन हुन्छ र त्यसबाटै मुलुकलाई सही दिशामा लैजान सकिन्छ भन्ने हाम्रो विश्वास हो।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २०:०१
  • #निर्वाचन
  • #प्रतिनिधिसभाविघटन
  • #पृथ्वीसुब्बा_गुरुङ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरु भयो एमाले सचिवालय बैठक
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु
सम्बन्धित सामग्री
सुरु भयो एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुर... शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कु... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्