• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

१० वर्षमा राष्ट्रिय गौरवका एउटै आयोजना पूरा भएनन्, लागत भने बढेको बढ्यै [कुनमा कति? सूचीसहित]

64x64
शिव बोहरा शुक्रबार, फागुन ७, २०७७  ०८:१५
1140x725

काठमाडौं- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकास निर्माणलाई उच्च प्राथमिकता दिने हेतुले राष्ट्रिय गौरवका आयोजनाको अवधारणा ल्याए। त्यही अवधारणा अनुसार विभिन्न आयोजना छनोट भए र बजेटमा प्राथमिकता पनि दिइयो।

आर्थिक वर्ष २०६८/६९ मा भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय अर्थतन्त्र र जनजीविकामा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण आयोजनाहरुको एक सूची बनायो, राष्ट्रिय गौरवका आयोजना नाम दिएर। तर, सुरुमा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखियो। अहिले उक्त सूची बढेर २५ वटा पुगेको छ। हालसम्म राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत कुनै पनि आयोजना निर्माण सम्पन्न हुन सकेको छैनन्।

बरु आयोजनाको लागत भने कहालिलाग्दो गरि बढिरहेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरूमा ९२ अर्ब ६ करोड २३ लाख रकम विनियोजन गरेको थियो। ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूमा विनियोजनको १५.१९ प्रतिशत मात्र खर्च भएको छ।

राष्ट्रिय गौरव आयोजनामा कुनै परियोजनालाई समावेश गर्दा प्रभाव र दबाबमा डिजाइन तथा अन्य विषय नटुंग्याइनु नै समयमै निर्माण नसकिनुको मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ। सरकारले पूर्वतयारी नभएका, आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा र कानुनी सहजतामा ढिलाइ गर्दा राष्ट्रिय गौरवका आयोजना समयमै निर्माण हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाले बताए।

‘सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि विशेष व्यवस्था गर्नु पर्छ,’ सिटौलाले भने, ‘त्यो भनेको राष्ट्रिय गौरवका आयोजनाको खरिद प्रक्रियालगायतका विषयलाई छिटो टुंग्याउने व्यवस्था गर्नुपर्छ।’ यसका लागि सार्वजनिक खरिद ऐनमै संशोधन गरेर राख्न सकिने उनको भनाइ छ।

‘अहिले विकास निर्माणको क्षेत्रमा खराब रोग बढेको छ। ‘ब्याक डोर’बाट आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्न थालिएको छ,’ सिटाैलाले भने, ‘यसले थपिने नयाँ आयोजना त समयमा बन्दैनन् नै। बजेट धेरैमा राख्नु पर्ने हुँदा बनिरहेका आयोजना समेत समयमा बन्न सक्दैनन्।’ यसको प्रत्यक्ष प्रभाव आयोजनाको लागतमा पर्ने सिटौलाले बताए। 

आयोजना समयमै नसकिँदा लागत स्वाभाविक रुपमा बढ्ने गर्छ। यसको अर्को महत्वपूर्ण पक्ष आयोजना बनेपछि नागरिकले पाउने लाभबाट समेत बञ्चित हुने अवस्था आएको सिटौलाको भनाइ छ। त्यसैले सरकारले राष्ट्रिय गौरवका आयोजनाको निर्माण पक्षलाई विशेष ध्यान नदिने हो भने विकराल अवस्था आउन सक्ने टिप्पणी उनले गरे। 

यस्तो छ सुरुवाती र संशोधित लागत अनुमान
आर्थिक वर्ष २०६४/६५ मा निर्माण सुरु गरिएको पुष्पलाल (मध्य पहाडी) राजमार्गको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ थियो। हाल उक्त आयोजनाको लागत बढेर १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा चालु आर्थिक वर्षमा ८ अर्ब २७ करोड ४० रूपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्ममा आयोजनाले १ अर्ब ७६ करोड ८५ लाख रूपैयाँ खर्च गरेको छ। यो आयोजनाको ६ महिनाको भौतिक प्रगति १३.२३ प्रतिशत छ। 

हुलाकी राजमार्ग आयोजना आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको थियो। सुरु हुँदा यो आयोजनाको प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रुपैयाँ थियो भने अहिले बढेर ६५ अर्ब २० करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७७/७८ को अर्धवार्षिक समीक्षामा उल्लेख छ। 

हुलाकी राजमार्गका लागि यो वर्ष ७ अर्ब १ करोड ५२ लाख विनियोजन भएकोमा ६ महिनामा ३ अर्ब ३४ करोड ३७ लाख खर्च हुँदा भौतिक प्रगति २५.९४ प्रतिशत भएको छ। 

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना पनि २०६५/६६ मा सुरु भएको थियो। यो आयोजनाको प्रारम्भिक लागत ७० अर्ब ६१ करोड रुपैयाँ थियो। यो आयोजना अन्तर्गत जनकपुर–जयनगर रेल बाहेक उल्लेखनिय कुनै प्रगति नभएकाले यसको संशोधित लागत नै आएको छैन। 

मेट्रो रेल तथा मोनोरेल विकास आयोजनामा चालु आर्थिक वर्षमा ८ अर्ब ६६ करोड ६६ लाख रूपैयाँ विनियोजन भएकोमा ६ महिनामा १ अर्ब ७४ करोड ६६ लाख खर्च भएको छ। यो अवधिमा आयोजनाको भौतिक प्रगति २२ प्रतिशत छ। 

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजना आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको हो। सुरुवातमा यो आयोजनाको लागत १ खर्ब ७५ अर्ब १३ करोड रुपैयाँ अनुमान गरिएको थियो। तर, चालु आवमा आइपुग्दा यो आयोजनाको लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ पुगिसकेको छ। 

द्रुतमार्गमा सरकारले चालु आर्थिक ८ अर्ब ९३ करोड ८८ लाख विनियोजन गरेकोमा ६ महिनामा १ अर्ब २३ करोड ७० लाख खर्च भएको छ। ६ महिनामा काठमाडौं-तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति ११.१ प्रतिशत छ।


सन् २०१५ मा निर्माण सुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रारम्भिक लागत ३ अर्ब २२ करोड रुपैयाँ थियो। अहिले यो लागत बढेर ६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यो वर्ष ४ अर्ब ७२ करोड ५० लाख विनियोजन भएकोमा ६ महिनामा २ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण २०६८ मा थालिएको थियो। आयोजना निर्माण थाल्दा यसको लागत २२ अर्ब रुपैयाँ थियो भने संशोधित लागत समेत २२ अर्ब रुपैयाँ नै रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्ममा ५ अर्ब ६ करोड रूपैयाँ खर्च भएको छ। 

२५ राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्र एक त्यस्तो आयोजना हो जसको निर्माण लागत बढेको छैन। अन्य सबै आयोजनाको लागत दोब्बरभन्दा धेरैले बढेको छ। 

स्वदेशी लगानीमा २०६७/८६ मा निर्माण थालिएको माथिल्लो तामाकोशी आयोजनाको प्रारम्भिक लागत ३५ अर्ब २९ करोड रुपैयाँ थियो। हाल यो आयोजनाको लागत बढेर ५२ अर्ब ८ कारोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। यो आयोजनाका लागि चालु आवमा १ अर्ब रूपैयाँ विनियोजन भएकोमा ६ महिनामा २ अर्ब १२ करोड रूपैयाँ खर्च भएको छ। यो आयोजनाको लागि अन्य वित्तीय संस्थाबाट लिएको आन्तरिक ऋणबाट समेत खर्च भएको छ। 

मेलम्ची खानेपानी आयोजनामा सरकारले यो वर्ष ५ अर्ब ४६ करोड ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा ५८ करोड १९ लाख रूपैयाँ मात्र खर्च भएको छ। यो आयोजनाको संशोधित लागत ३१ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। 

सिक्टा सिँचाइ आयोजनाको निर्माण आर्थिक वर्ष ३०५९/६० मा सुरु भएको थियो। उक्त आयोजनाको सुरुवाती लागत १२ अर्ब ८० करोड रुपैयाँ थियो भने अहिले यो बढेर २५ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजना २०६८/६९ मा सुरु हुँदा यसको लागत १२ अर्ब ६३ करोड रूपैयाँ थियो भने अहिले यसको संशोधित लागत २७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। 

त्यसैगरी, सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु २०६८/६९ भएको थियो। यो आयोजनाको सुरुवाती लागत १६ अर्ब ४३ करोड रुपैयाँ थियो भने अहिले यो बढेर ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्