• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ पार्टी गठनमा जुटे हृदयेश त्रिपाठी

64x64
वीरेन्द्र ओली मंगलबार, फागुन ४, २०७७  २०:३९
1140x725
फाइल तस्बिर

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले छिट्टै नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। गएको निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन लडेका त्रिपाठीले आफ्नै नेतृत्वमा पार्टी खोल्न लागिपरेका हुन्। यतिबेला पार्टी गठनको तयारीमा सक्रिय उनले आउने एक/डेढ महिनामै घोषणा गर्ने बताएका छन्। 

आफ्नो पार्टी सैद्धान्तिक रुपमा प्रगतिशील विचारमा आधारित हुने उनको भनाइ छ। ‘पार्टीले प्रगतिशील विचार बोक्नेछ। वर्गका हिसाबले साना व्यापारी र मजदुर वर्गको प्रतिनिधित्व गर्नेछ,’ त्रिपाठीले भने। 

समाजमा व्याप्त विभेदहरु समाप्त पार्ने उद्देश्य पार्टीको हुने बताउँदै समाजवाद उन्मुख राज्यव्यवस्थाका लागि लड्ने उनको दाबी छ। स्वतन्त्र भएपनि नेकपा निकट रहेर काम गर्दै आएका त्रिपाठीले नेकपा विभाजनसँगै आफ्नो पार्टीको आवश्यकता महसुस गरेका हुन्। 

त्रिपाठी र उनका कार्यकर्तालाई नेकपा प्रवेश गराउने तयारी थियो। त्रिपठी समूह पर्ख र हेरको अवस्थामा रहेको थियो। तर, प्रतिनिधि सभा विघटनपछि नेकपामा आएको विग्रहले उनी पार्टी गठनतर्फ लागेका हुन्।  

२०७४ मंसिरमा भएको निर्वाचनमा हृदयेश त्रिपाठी समूह तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा गएको थियो। एमाले प्रवेश गर्ने अपेक्षासहित त्रिपाठी समूहलाई वाम गठबन्धनले आफ्नो उम्मेदवार नउठाएर सहयोग गरेकोे थियो। गठबन्धनकै सहयोगमा त्रिपाठी समूहबाट प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा तीन जना निर्वाचित भएका थिए।

Ncell 2
Ncell 2

प्रतिनिधि सभामा नवलपरासी क्षेत्र नम्बर १ बाट त्रिपाठी निर्वाचित भएका थिए भने कपिलवस्तु क्षेत्र नम्बर २ बाट वृजेशकुमार गुप्ता निर्वाचित भए। यस्तै प्रदेश सभातर्फ धर्म बहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ निर्वाचित भए। दीर्घनारायण पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर २ को ‘क’बाट  र अजय शाही नलपरासी पश्चिम क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित भएका थिए। पाण्डेय यसअघि नै नेकपा प्रवेश गरिसकेका छन्। 

त्रिपाठी समूहले २०७५ मंसिर र २०७६ को भदौमा भएको राष्ट्रिय भेलाले कुनै पार्टी प्रवेश नगरी स्वतन्त्र संगठनको रुपमा रहने निर्णय गरेको थियो। नेकपासँग एकता गर्नेबारे छलफल भएपनि पद र मर्यादाक्रम मिल्न नसकेपछि त्रिपाठी समूह आफैंलाई व्यवस्थित बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको हो। 

त्यो समय तत्काल छुट्टै पार्टी गठन गर्दा वा नेकपा बाहेक दलमा प्रवेश गर्दा सांसद पद नरहने स्थिति देखिएपछि त्रिपाठी समूह स्वतन्त्र बसेको थियो। 
निर्वाचित भएका जिल्लामा पनि आफ्नो संगठन बलियो भएकाले स्वतन्त्र  रहने निष्कर्षमा त्रिपाठी समूहका पुगेको थियो। प्रदेश २ मा प्रभाव जमाएपछि अन्य क्षेत्रमा आफ्नो समूह विस्तार गर्ने योजना त्रिपाठीले त्योबेला बनाएका थिए।

त्रिपाठी वामपन्थी विचारबाट प्रभावित भई राजनीतिमा होमिएका थिए। राजनीतिमा होमिँदै गएपछि स्वर्गीय गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सदभावना पार्टीमा प्रवेश गरे। सद्भावना पार्टीबाट २०४८, २०५१ र २०५६ सालमा लगातर निर्वाचित भए। मधेस आन्दोलन भएपछि तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका उनी  २०६४ साल पहिलो संविधान सभामा निर्वाचित भए।

त्रिपाठी २०५४ सालमा वनमन्त्री, दोस्रो जनआन्दोलन लगत्तै बनेको सरकारका उद्योग वाणिज्य तथा आपूति, २०६९ सालमा भौतिक तथा यातायात मन्त्री, त्यसपछि यही सरकारमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री र हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्। 

यस्तै प्रतिनिधि सभा निर्वाचित वृजेशकुमार गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका हुन्। यादव २०५६ सालमा राप्रापाबाट निर्वाचित भएका थिए। मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे। सोही पार्टीबाट पहिलो सविधान सभा र दोस्रो सविधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भए। उनी २०६१ सालमा भौतिकमन्त्री र २०६९ साल कानुनमन्त्री भएका थिए। 

राजनीतिक दल गठन गरेपछि सरकारलाई अप्ठ्यारो परेमा छोड्न सकिने उनले बताए। ‘हामीले स्वतन्त्र राजनीतिक समूहलाई राजनीतिक दलको रुपमा गठन गर्ने तयारी गरेका छौं। सरकारलाई बाधा भयो भने छाड्न सकिन्छ,’ उनले नेपाल लाइभसँग भने, ‘अहिले पनि सरकारमा भएको दलको सदस्य कानुनी र व्यवहारिक दुवै रुपमा होइन। सम्झौतामा सूर्य चिह्न लिएर निर्वाचन लडेका मात्र हौं।’ 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २०:३९
  • #हृदयेश-त्रिपाठी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् । सोमबार, फागुन ११, २०८२
कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना नगरे हुन्छ : ओली झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गरे। उनले देशमा काम... सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलको उन्मुक्ति सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्