• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-माधव पक्षको आमसभामा देखिएको समावेशी दृश्य

माघ ९ गतेको आमसभाबाट प्रचण्ड-माधव पक्षले सिकेको पाठ 
64x64
लिलु डुम्रे बुधबार, माघ २८, २०७७  १९:०७
1140x725

काठमाडौं- माघ ९ मा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केन्द्रीय राजधानीमा आयोजना गरेको आमसभाका सन्दर्भमा केही प्रश्न उठे। विशेषगरी मञ्च व्यवस्थापन, वक्ता चयन, प्रदर्शनमा लगाइएका नारा, रुट तय गर्दा भएका गल्तीलाई लिएर आलोचना गरिएको थियो।

संख्याको सन्दर्भमा उल्लेख्य सहभागिता भए तापनि व्यवस्थापकीय क्षमताले गर्दा त्यतिबेला नेकपाको यो पक्षले आलोचना खेप्नुपरेको थियो।

पुस १२ मा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश २ का नेता तथा कार्यकर्तासँग थिए, प्रचण्ड। उनले त्यहीँ भने, ‘स्थायी समितिको बैठकमा छलफल गर्दै जाँदा माघ ९ को भन्दा अझै ठूलो प्रदर्शन गर्नुपर्ने देखियो। काठमाडौं अर्थात् टाउकैमै हान्नुपर्ने देखियो। अन्त (बाहिरी सहर) हानेर त्यति चोट पुग्दैन कि भन्ने सोचियो।’

बुधबारको सभामार्फत् यो पक्षले टाउकैमा हान्ने क्रममा एक कदम अघि बढेको सन्देश दियो। प्रचण्डलगायतका शीर्ष नेताले सहभागी संख्याको बारेमा पटकपटक प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका थिए। उनीहरूले यही शक्तिका आधारमा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि अप्रत्यक्ष सन्देश दिएका थिए।

माघ ९ को कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठकले प्रदर्शनको ‘निर्मम’ समीक्षा गरेको थियो। मञ्च व्यवस्थापन, वक्ता चयन, प्रदर्शनको रुटलगायतका विषयमा छलफल भयो। केन्द्रीय राजधानीमै उच्च व्यवस्थापन सहित अहिलेसम्मकै बृहत् प्रदर्शन गर्ने निर्णयमा केन्द्रीय कमिटी पुग्यो। रुट र जुलुसको नेतृत्व गर्ने नेताको टुंगो पनि लगायो। 

No description available.

माघ ९ को सभामा मधेसका नेतालाई वक्तामा चयन नगरिँदा प्रश्न उठेको थियो। त्यसलाई प्रचण्डले पनि स्विकारेका थिए। माघ १२ मा उनले भनेका थिए, ‘वक्ता चयनमा कहीँ न कहीँ हाम्रो कमजारी भएको महसुस भएको छ। मधेसबाट पनि वक्ता हुनुपर्ने थियो।’

माघ ९ मा मधेसबाट १२ हजारभन्दा बढी नेता कार्यकर्ता विरोधका लागि आएका थिए। बुधबारको सभामा झण्डै दोब्बर संख्यामा मधेसबाट सहभागी भएको बताइएको छ। सभामा उपस्थित गराउन उर्दी जारी गर्ने तर मञ्चमा स्थान नदिने अघिल्लो प्रवृत्ति यसपटक दोहोरिएन। नेता रामचन्द्र झालाई बोल्न समय दिइयो। माघ २२ मा प्रचण्ड–माधव नेकपाले गरेको बन्दको क्रममा उनी जनकपुरमा घाइते भएका थिए। उपचारकै क्रममा रहेका उनी टाउकोमा बाँधिएको प्लास्टर सहित वक्ता भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

वक्ता चयन गर्ने क्रममा समेत प्रचण्ड–माधव नेकपाले सावधानी अपनायो। सधैं शीर्ष तहका पुरुष नेताले ओगट्ने मञ्चको स्थान समावेशीताको आधारमा तय गरियो।

समावेशिता र प्रदेशको प्रतिनिधित्व हुने गरी वक्ता चयन भएका थिए। सुदूरपश्चिमबाट भानुभक्त जोशी, कर्णालीबाट जनार्दन शर्मा, प्रदेश र थारु समुदायबाट प्रतिनिधित्व हुने सन्तकुमार थारुले बोल्न पाएका थिए। नेता झाले प्रदेश २ को प्रतिनिधित्व गरे। जनजातिका तर्फबाट हितबहादुर तामाङलाई कार्यक्रमको सभापति बनाइयो। त्यस्तै, जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राखे।

माघ ९ गतेको कार्यक्रममा पम्फा भुसालले कार्यक्रम सञ्चालन गरेकी थिइन्। बुधबार भने उनको ठाउँमा लीलामणि पोख्रेल थिए तर वक्ताहरूको सूचीमा भने महिला नेताहरूले अवसर पाए।

वक्ताका रुपमा करिब ३३ प्रतिशत महिलाले स्थान पाएका थिए। महिला तथा दलितको प्रतिनिधित्व हुने गरी अञ्जना विशंखेले सभालाई सम्बोधन गरिन्। अखिल नेपाल महिला संघको संयोजक रहेकी अमृता थापा मगरले पनि आधा संख्याको प्रतिनिधित्व गरिन्।

पुस ५ पछि देशव्यापी सभाका विरोध सभामा उभिएर प्रशंसा सँगसँगै आलोचना पनि खेपेकी रामकुमारी झांक्रीले सहभागीको ध्यान खिच्न सफल भइन्। मुस्लिम समुदायबाट महफुज अन्सारीलाई बोल्न स्थान दिइयो।

सभाका प्रमुख वक्ता बनेका पार्टी अध्यक्ष प्रचण्डले वक्ता चयनमा समावेशिता अपनाइएको सम्बोधनका क्रममा बताए।

बुधबारको सभामा समावेशिताको मापदण्ड अपनाएर प्रशंसा प्राप्त गर्ने प्रयत्न गरेको प्रचण्ड–माधव नेकपाले अर्को बुद्धिमता धेरै वक्ता बनाएर गर्‍यो। सञ्चार माध्यम तथा नागरिकको ध्यानाकर्षण गराइराख्न सफल पनि भयो। छोटो समयावधि उपलब्ध गराउँदा वक्ता छरिएर लम्बेतान भाषण गर्ने अवस्था रहेन। मूलधारका सबै मिडियाले सबै वक्ताको धारणा ‘कभरेज’ गरे। शीर्ष तहका नेता मात्रै बोल्ने अवस्था रहेको भए मिडियाले उनीहरूकै कुरामा मात्रै जोड दिनुपर्ने अवस्था हुने थियो।

माघ ९ मा महंगो सोफामा शीर्ष नेता मञ्चमा आसिन थिए। सडकको मञ्चमा विलासी सोफा राखेपछि चौतर्फी आलोचना भएको थियो। आलोचनाबाट पाठ सिकेर बुधबार मञ्चमा सोफा राखिएन।

रुट व्यवस्थापनमा कमजोरी हुँदा संघर्ष समितिको संयोजक रहेका नारायणकाजी श्रेष्ठ अघिल्लोपटक झर्किएका थिए। उनी अघिल्लोपटक वक्ता समेत भएनन्। यसपटक उनले पनि आफ्नो धारणा राखे। र विषयलाई बुँदागत रुपमा राखे।

प्रदर्शनकारीले यसअघिका विरोध कार्यक्रममा उत्तेजक नाराबाजी गरेका थिए। राष्ट्रपति तथा प्रधानमन्त्रीका विरुद्ध उत्तेजक नाराबाजी सुनिएन। निर्धारित नारामा उछ्शृंखलता थिएन।

गत बिहीबार बैतडीमा भएको बलात्कारको घटनालाई पनि वक्ताहरूले सन्दर्भ बनाउने प्रयत्न गरे।

000

प्रचण्ड-माधव नेकपाले सहानुभुति बटुल्ने अर्को कार्य सभा सकिएपछि देखाएको थियो। सभा सकिएपछि फोहोर सफा गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ आफैँ खटिएका थिए। श्रेष्ठसहित स्वयंसेवक खटिएर प्रदर्शनकारीले सडकमा फ्याँकेको पानीको खाली बोतल, बदामका बोक्रा र कागजात सफा गरेका थिए। त्यसो त विरोध जुलुसका क्रममा पनि पानीको खाली बोतललाई गाडीमा जम्मा गरिएको थियो।

‘प्रतिगमन’विरुद्धको आन्दोलनलाई हरहालतमा परास्त गर्नैपर्ने निष्कर्षमा प्रचण्ड-माधव पक्षको नेकपा पुगेको छ। त्यसैका लागि सडकमा ठूलो संख्यामा मानिसहरू देखाउनुपर्ने बाध्यता उनीहरूलाई थियो। प्रचण्डले भनेझैं ‘जीवन-मरणको संघर्ष’मा रहेको उक्त पक्षले सडकको बल देखाएको छ।

पाँच दिनअघि नारायणहिटी अगाडि उभिएर प्रधानमन्त्री ओलीले उनी पक्षको शक्ति प्रदर्शनमा भनेका थिए, ‘यही उपस्थिति हेरेर भन्न सकिन्छ। मूल पार्टी हामी हौं। अब पनि अलमल छ र?’ 

सडकको संख्या हेरेर आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेका ओलीलाई प्रचण्ड-माधव पक्षले करिब एक किलोमिटर परबाट सशक्त प्रतिवाद गर्‍यो। उनीहरूले भने- 'सभाको उपस्थितिको संख्या हेरेर आधिकारिता पुष्टि हुने हो भने हामी हौं मूल नेकपा।’

देशभरबाट नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शनसहित भएको सभाले उक्त समूहलाई निःसन्देह ऊर्जा थपेको छ। शीर्ष नेताको बोलीले नै शक्तिशाली भएको भाव देखाउने चेष्टा गरेको प्रतीत हुन्थ्यो।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्