• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सती प्रथा यसकारण प्रेम र बिछोडको कुरा थिएन 

सुजित मैनाली बुधबार, माघ २१, २०७७  ०७:००
1140x725

पति र पत्नीबीचको प्रेमलाई कसरी बुझ्ने? पतिप्रतिको प्रेम र समर्पणका कारण महिलाहरू पतिको शवसँगै जिउँदै जल्ने गर्थे भन्ने धारणा समाजमा अझैसम्म कायम छ। चन्द्र शमशेरले वि. सं. १९७७ असार २५ मा नेपालभर 'सती प्रथा'माथि प्रतिबन्ध लगाउनुअघि नेपालमा यस्तो मान्यतालाई बल पुर्‍याउने गरी अनेकन घटना भएका थिए। 

हिन्दू धर्मशास्त्रमा गरिएका वर्णन र विगतको समयका कतिपय अभिलेख्य प्रमाणले पनि पतिको निधनपश्चात् उसको सान्निध्यबाट वञ्चित हुनुपरेको विषादमा पत्नीले पतिको चितामा आत्मदाह गर्ने क्रम सुरु भएको र यही चलन समयक्रममा सती प्रथाका नाममा संस्थागत भएको हो भन्ने कुरालाई जोड दिएका छन्। 

यसको संकेत कालिदासकृत कुमारसम्भवमा पनि पाइन्छ। कुमारसम्भवको चतुर्थ सर्गमा सतीगमनबारे छोटो चर्चा छ। 

त्यहाँ शिवको क्रोधाग्निमा परेर कामदेव भष्म भएपछि कामदेवपत्नी रतिले ‘तपाईंले भर्खरै परलोकगमन गर्नुभयो, म पनि तपाईंसँगै आउँदैछु किनकि मेरा समस्त सुख तपाईंमै निहित थियो’ भनी बिलौना गरेकी छन्। 

कामदेवको पुकार गर्दै उनले थप भनेकी छन्, ‘हे प्रिय! म तत्कालै तपाईंको पछिपछि आउँदैछु, तर पनि कामको अनुपस्थितिमा केही क्षणका लागि भएपनि रती जीवित त रही नि भन्ने लोकापवाद आखिरमा अमर हुने भयो।’ 

यति भनेर रतीले कामदेवका मित्र वसन्तसँग पतिको भष्म छातीमा दलेर चितामा दग्ध हुने आफ्नो चाहनाबारे सुनाउँछिन्। त्यसका लागि चिता तयार गरिदिन वसन्तलाई अनुनय गर्छिन्। त्यत्तिकैमा आकाशवाणी हुन्छ। आकाशवाणीमा शिव र पार्वतीको बिहे हुनासाथ प्रसन्न भएर शिवले कामदेवलाई पुनः काया प्रदान गर्नुहुन्छ भनिन्छ। त्यसपछि मात्रै रतीले सती नजाने निश्चय गर्छिन्। 

युरोपेली नागरिक विलियम हकिन्सले पनि पतिसँगको बिछोड सहन नसकेर पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। 

महाभारतमा पनि पतिप्रेम र सती प्रथाबीच साइनो छ भन्ने धारणालाई बल पुर्‍याउने विभिन्न सन्दर्भ छन्। यस्तै, एउटा सन्दर्भ शान्तिपर्वमा पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अत्यन्तै मिल्ने श्रीमान् र श्रीमतीलाई ‘परेवाको जोडी जस्तै’भन्ने आमप्रचलन छ। हिन्दू मिथकले पनि यस्तो बिम्बलाई सकारेको छ भन्ने कुरा शान्तिपर्वमा वर्णित परेवा र परेवीको एउटा प्रेमिल जोडीसम्बन्धी चर्चाबाट पनि सिद्ध हुन्छ। 

त्यहाँ परेवाको मृत्यु भएपछि शोकाकुल बनेकी परेवीले रुँदै बिलौना गर्छिन्, ‘पिता, दाजुभाइ र पुत्रले नारीलाई परिमित सुख दिन्छन्, केवल पतिले मात्र पत्नीलाई अपरिमित सुख दिन्छन्। अब तपाईंबिना जीवनसँग मेरो के सरोकार छ र? पतिबिना कुन चाहिँ पतिव्रता स्त्री बाँच्न सक्छिन्?’ 

यति भनेर ती परेवीले अग्नि प्रवेश गर्छिन् र भष्म हुन्छिन्। 

इतिहासबारे प्रकाश पार्ने सामग्रीहरूमा पनि पतिप्रेम र सती प्रथाबीचको साइनोलाई जोड दिइएका सन्दर्भहरू छन्। 

Xtrem

Xtrem

उदाहरणका लागि लिच्छवी राजा मानदेवले वि सं. ५२१ मा उत्कीर्ण गराएको चाँगुमा अभिलेखलाई लिन सकिन्छ। यो सतीप्रथाबारे उल्लेख भएको संसारकै प्राचीन अभिलेख पनि हो। त्यसमा लिच्छवी राजा शिवदेवको मृत्यु भएपछि उनकी पत्नी महारानी राज्यवतीले सती जाने इच्छा व्यक्त गरेको उल्लेख छ। 

इतिहासकार धनवज्र वज्राचार्यले अनुवादसहित छापेको संस्कृत भाषाको त्यस अभिलेखअनुसार सती जाने मनसाय व्यक्त गर्दै छोरा मानदेवसँग राज्यवती भन्छिन्, ‘तिम्रा बुबाको स्वर्गवास भयो। हाय छोरा! तिम्रा बुबा स्वर्गे भएपछि सित्तै म बाँचेर के काम? नानी छोरा! राज्य गर। म आजै पतिको पछि लाग्छु। भेटघाटको काम सपनाजस्तै हुन आएपछि भोगविलासका निमित्त फैलाइएका आशै-आशाका जालका साथमा पतिबिना बाँच्न मलाई के काम? गइहाल्छु।’ 

छोरा मानदेवलाई आमाको मनसाय जँच्तैन। ‘यदि तपाईं सती जाने हो भने त्यसअघि म प्राण छोड्छु’ भनेर उनी आमासँग घुर्की लगाउँछन्। 

सती प्रथाको साइनो पतिप्रेमसँग जोड्ने प्रयास प्राज्ञिक जमातले पनि यदाकदा गरेको छ। 

छोराको अवरोधपछि राज्यवतीले सती जाने मनसाय त्याग्छिन्। सती जान नपाएपछि उनी ‘पासोमा परेकी चरीजस्तै’ भएको अभिलेखमा उल्लेख छ। 

धर्मशास्त्र, मिथक र ऐतिहासिक सामग्रीहरूका अतिरिक्त विदेशीहरूले लेखेका विवरणमा पनि पतिप्रेम र सती प्रथाबीचको साइनोबारे उल्लेख गरिएका विभिन्न सन्दर्भ समेटिएका छन्। सती प्रथाबारे लेख्ने पहिलो छिमलका युरोपेलीहरूका विवरणमा यस्तो धारणा बढी पाइन्छ। 

१७औं शताब्दीको आरम्भतिर भारत आएका विलियम म्याथवल्डले अर्को जन्ममा समेत पतिसँगै रहन पाइन्छ भन्ने विश्वासले भारतका पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। जिउँदै जल्न उनीहरूलाई पतिप्रेमले प्रेरित गरेको भन्ने उनको जिकिर छ। 

उनीभन्दा केही वर्षअघि भारत आएका अर्का युरोपेली नागरिक विलियम हकिन्सले पनि पतिसँगको बिछोड सहन नसकेर पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। 

अर्का युरोपेली, म्याड्स रसमुसेनले 'सती प्रथाकै कारण मृत्युले पनि पति र पत्नीबीच बिछोड गराउन सकेन' भनी सती प्रथाको महिमा गाएका छन्।   

त्यसैताका भारतमा रहेका अर्का युरोपेली फ्रान्सिस्को पेल्सार्टले सतीगमनको दृश्य प्रत्यक्ष देखेका थिए। सतीहरू स्वेच्छापूर्वक चितारोहण गर्ने गर्थे भनी उनले लेखेका छन्। 

सतीगमनको एउटा दृश्यबारे चर्चा गर्ने क्रममा उनले लेखेका छन्, ‘जब (सती) दहनको काम समाप्त भयो, सबै जनाले भष्म भएको हाडखोरको अलिकति खरानी हातमा लिए। (त्यो खरानीलाई) उनीहरू पवित्र मान्थे र साँचेर राख्थे। त्यो पतिप्रतिको प्रेमकै उपज थियो भन्नेमा कुनै शंका छैन किनकि उनी (विधवा) जोरजुलुमका कारण नभई प्रेमविभोर भएर (सती गएकी थिइन्)।’

सती प्रथाको साइनो पतिप्रेमसँग जोड्ने प्रयास प्राज्ञिक जमातले पनि यदाकदा गरेको छ। 

सबैभन्दा पहिले यस्तो खालको दलील पेस गर्ने विद्वान हुन्, भारतीय लेखक आनन्द कुमारस्वामी। सन् १९१३ मा सती प्रथासम्बन्धी उनको एउटा लेख प्रकाशित भएको थियो, जसमा उनले ‘भारतमा सती प्रथामाथि प्रतिबन्ध लगाइएको ८० वर्षभन्दा बढी बितिसकेकाले… अहिले यसको इतिहास र महत्वलाई आवेगहीन भएर समीक्षा गर्न यो चलनचल्तीमा रहेको समयमा जति कठिनाइ हुनु हुँदैन’ भनेका छन्। 

सती प्रथाबारे चर्चा गर्ने क्रममा एक ठाउँमा उनले लेखेका छन्, ‘मैले यी शब्द लेखिरहँदा टाइटानिक जहाज डुबेको समाचार आयो। ती समाचारमा करिब ४० जना स्त्रीले आफ्ना पतिहरूबिनै (अर्थात् उनीलाई जहाजमै अलपत्र छोडेर) आफूहरूको मात्र उद्धार गरिने कुरालाई अस्वीकार गरेका अथवा उनीहरूलाई जबरजस्ती पतिहरूबाट अलग गराइएका कुरा छन्। त्यस घटनाले प्रेमजनित साहसको भाव भारत अथवा विगतको समयमा मात्र उपलब्ध थिएन, यो सधैं र सबैतिर समान रूपले उपलब्ध हुन्छ भन्ने कुरा सिद्ध गरिदिएको छ।’ 

सतीगमनलाई पतिको प्रेम र पतिभक्तिको अभिव्यक्ति ठहर गर्ने नारीद्वेषी चलन दक्षिण एसियाको हिन्दू समुदायमा संस्थागत गरिएको थियो।

यस्तै खालको भाव दिने विचार पछिल्लो समय भारतीय लेखक आशिष नन्दीले व्यक्त गरेका छन्। कुमारस्वामीको माथि उद्धृत लेखको मर्मप्रति सहमति जनाउँदै उनले सन् १९९४ मा छापिएको आफ्नो लेखमा यसलाई सती प्रथासम्बन्धी मतको पक्षमा गरिएको सशक्त लेखन ठहर गरेका छन्। क्रान्ति र राष्ट्रवाद जस्ता गैरधार्मिक ध्येयका लागि गरिने आत्मदाहलाई मात्र स्वीकार्ने ‘खोक्रा तथा आडम्बरी प्रगतिशील र नारीवादी’हरूलाई कुमारस्वामीको लेख पढ्न उनले सुझाएका पनि छन्। 

सती प्रथाविरोधी अभियन्ता राजा राममोहन रोयका अनुयायी रवीन्द्रनाथ टेगोर पनि सती प्रथाविरोधी अभियानमा संलग्न थिए। यति हुँदाहुँदै पनि सती प्रथामा सन्निहित प्रेमभावलाई उनले सम्मान गरेका थिए भनी उल्लेख गर्दै नन्दीले आफूलाई पनि टेगोरकै पङ्क्तिमा उभ्याएका छन्। 

प्रेमी अथवा पतिसँगको बिछोड सहन नसकेर महिला र पुरुषले आत्महत्या गरेको समाचार अहिले पनि बेलाबेलामा सुनिने गर्छ। यस्ता घटनालाई प्रेमजनित सतीगमनकै आलोकमा पनि व्याख्या गर्ने गरिन्छ।

प्रेम होइन, महिलाद्वेषी चलन
पतिसँगको बिछोडसँग गाँसिएका यस्ता विश्लेषणले सती प्रथाको मर्मलाई राम्रोसँग बुझाउन चाहिँ सक्दैनन्। यस्तो मत राख्नेहरूले उत्तर दिन सक्नुपर्छ- के सती प्रथाको अभ्यास नहुने समुदायमा चाहिँ पत्नीले पतीलाई प्रेम गर्दैन थिए त? के हिन्दू नारीले मात्रै पतिलाई प्रेम गर्थे त? के राज्यले सती प्रथामाथि प्रतिबन्ध लगाएपछि हिन्दू नारीले पतिलाई प्रेम गर्न छोडे त?

हिन्दू समुदायमा व्याप्त 'पतिव्रता धर्म'सम्बन्धी व्याख्या पुरुषप्रधान मूल्य-मान्यतालाई संस्थागत गर्ने ध्येयले अत्यन्तै होसियारीका साथ बुनिएका छन्। पतिप्रेमलाई सती प्रथाको मूल कारणका रूपमा अर्थ्याउने चेष्टामा स्त्रीको भावना र निर्णय क्षमतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने संस्कृतिक षड्यन्त्र सन्निहित छ। 

यस्तो विश्लेषणले सतीलाई प्रेम र पतिव्रता धर्मको प्रतिमूर्तिका रूपमा देवत्वकरण गरेर सतीगमन गर्न नचाहने विधवालाई कुलटा करार गर्छ। यही कारणले गर्दा कुलटा भएको आक्षेप खेपेर बाँच्नुभन्दा देवीको रूपमा पुजिँदै चितारोहण गर्न उनीहरू तत्पर हुने गर्थे। यति हुँदाहुँदै पनि सती जान तयार नहुने कतिपय विधवालाई लागुऔषध खुवाएर अथवा बल प्रयोग गरेर चितामा होमिएका उदाहरण अनेक छन्। 

संक्षेपमा भन्नुपर्दा विधवालाई सती पठाउन भरिसक्ये बल प्रयोग गर्नु नपरोस् भनेर सतीगमनलाई पतिको प्रेम र पतिभक्तिको अभिव्यक्ति ठहर गर्ने नारीद्वेषी चलन दक्षिण एसियाको हिन्दू समुदायमा संस्थागत गरिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्