• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सती प्रथा यसकारण प्रेम र बिछोडको कुरा थिएन 

सुजित मैनाली बुधबार, माघ २१, २०७७  ०७:००
1140x725

पति र पत्नीबीचको प्रेमलाई कसरी बुझ्ने? पतिप्रतिको प्रेम र समर्पणका कारण महिलाहरू पतिको शवसँगै जिउँदै जल्ने गर्थे भन्ने धारणा समाजमा अझैसम्म कायम छ। चन्द्र शमशेरले वि. सं. १९७७ असार २५ मा नेपालभर 'सती प्रथा'माथि प्रतिबन्ध लगाउनुअघि नेपालमा यस्तो मान्यतालाई बल पुर्‍याउने गरी अनेकन घटना भएका थिए। 

हिन्दू धर्मशास्त्रमा गरिएका वर्णन र विगतको समयका कतिपय अभिलेख्य प्रमाणले पनि पतिको निधनपश्चात् उसको सान्निध्यबाट वञ्चित हुनुपरेको विषादमा पत्नीले पतिको चितामा आत्मदाह गर्ने क्रम सुरु भएको र यही चलन समयक्रममा सती प्रथाका नाममा संस्थागत भएको हो भन्ने कुरालाई जोड दिएका छन्। 

यसको संकेत कालिदासकृत कुमारसम्भवमा पनि पाइन्छ। कुमारसम्भवको चतुर्थ सर्गमा सतीगमनबारे छोटो चर्चा छ। 

त्यहाँ शिवको क्रोधाग्निमा परेर कामदेव भष्म भएपछि कामदेवपत्नी रतिले ‘तपाईंले भर्खरै परलोकगमन गर्नुभयो, म पनि तपाईंसँगै आउँदैछु किनकि मेरा समस्त सुख तपाईंमै निहित थियो’ भनी बिलौना गरेकी छन्। 

कामदेवको पुकार गर्दै उनले थप भनेकी छन्, ‘हे प्रिय! म तत्कालै तपाईंको पछिपछि आउँदैछु, तर पनि कामको अनुपस्थितिमा केही क्षणका लागि भएपनि रती जीवित त रही नि भन्ने लोकापवाद आखिरमा अमर हुने भयो।’ 

यति भनेर रतीले कामदेवका मित्र वसन्तसँग पतिको भष्म छातीमा दलेर चितामा दग्ध हुने आफ्नो चाहनाबारे सुनाउँछिन्। त्यसका लागि चिता तयार गरिदिन वसन्तलाई अनुनय गर्छिन्। त्यत्तिकैमा आकाशवाणी हुन्छ। आकाशवाणीमा शिव र पार्वतीको बिहे हुनासाथ प्रसन्न भएर शिवले कामदेवलाई पुनः काया प्रदान गर्नुहुन्छ भनिन्छ। त्यसपछि मात्रै रतीले सती नजाने निश्चय गर्छिन्। 

युरोपेली नागरिक विलियम हकिन्सले पनि पतिसँगको बिछोड सहन नसकेर पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। 

महाभारतमा पनि पतिप्रेम र सती प्रथाबीच साइनो छ भन्ने धारणालाई बल पुर्‍याउने विभिन्न सन्दर्भ छन्। यस्तै, एउटा सन्दर्भ शान्तिपर्वमा पनि छ। 

Ncell 2
Ncell 2

अत्यन्तै मिल्ने श्रीमान् र श्रीमतीलाई ‘परेवाको जोडी जस्तै’भन्ने आमप्रचलन छ। हिन्दू मिथकले पनि यस्तो बिम्बलाई सकारेको छ भन्ने कुरा शान्तिपर्वमा वर्णित परेवा र परेवीको एउटा प्रेमिल जोडीसम्बन्धी चर्चाबाट पनि सिद्ध हुन्छ। 

त्यहाँ परेवाको मृत्यु भएपछि शोकाकुल बनेकी परेवीले रुँदै बिलौना गर्छिन्, ‘पिता, दाजुभाइ र पुत्रले नारीलाई परिमित सुख दिन्छन्, केवल पतिले मात्र पत्नीलाई अपरिमित सुख दिन्छन्। अब तपाईंबिना जीवनसँग मेरो के सरोकार छ र? पतिबिना कुन चाहिँ पतिव्रता स्त्री बाँच्न सक्छिन्?’ 

यति भनेर ती परेवीले अग्नि प्रवेश गर्छिन् र भष्म हुन्छिन्। 

इतिहासबारे प्रकाश पार्ने सामग्रीहरूमा पनि पतिप्रेम र सती प्रथाबीचको साइनोलाई जोड दिइएका सन्दर्भहरू छन्। 

उदाहरणका लागि लिच्छवी राजा मानदेवले वि सं. ५२१ मा उत्कीर्ण गराएको चाँगुमा अभिलेखलाई लिन सकिन्छ। यो सतीप्रथाबारे उल्लेख भएको संसारकै प्राचीन अभिलेख पनि हो। त्यसमा लिच्छवी राजा शिवदेवको मृत्यु भएपछि उनकी पत्नी महारानी राज्यवतीले सती जाने इच्छा व्यक्त गरेको उल्लेख छ। 

इतिहासकार धनवज्र वज्राचार्यले अनुवादसहित छापेको संस्कृत भाषाको त्यस अभिलेखअनुसार सती जाने मनसाय व्यक्त गर्दै छोरा मानदेवसँग राज्यवती भन्छिन्, ‘तिम्रा बुबाको स्वर्गवास भयो। हाय छोरा! तिम्रा बुबा स्वर्गे भएपछि सित्तै म बाँचेर के काम? नानी छोरा! राज्य गर। म आजै पतिको पछि लाग्छु। भेटघाटको काम सपनाजस्तै हुन आएपछि भोगविलासका निमित्त फैलाइएका आशै-आशाका जालका साथमा पतिबिना बाँच्न मलाई के काम? गइहाल्छु।’ 

छोरा मानदेवलाई आमाको मनसाय जँच्तैन। ‘यदि तपाईं सती जाने हो भने त्यसअघि म प्राण छोड्छु’ भनेर उनी आमासँग घुर्की लगाउँछन्। 

सती प्रथाको साइनो पतिप्रेमसँग जोड्ने प्रयास प्राज्ञिक जमातले पनि यदाकदा गरेको छ। 

छोराको अवरोधपछि राज्यवतीले सती जाने मनसाय त्याग्छिन्। सती जान नपाएपछि उनी ‘पासोमा परेकी चरीजस्तै’ भएको अभिलेखमा उल्लेख छ। 

धर्मशास्त्र, मिथक र ऐतिहासिक सामग्रीहरूका अतिरिक्त विदेशीहरूले लेखेका विवरणमा पनि पतिप्रेम र सती प्रथाबीचको साइनोबारे उल्लेख गरिएका विभिन्न सन्दर्भ समेटिएका छन्। सती प्रथाबारे लेख्ने पहिलो छिमलका युरोपेलीहरूका विवरणमा यस्तो धारणा बढी पाइन्छ। 

१७औं शताब्दीको आरम्भतिर भारत आएका विलियम म्याथवल्डले अर्को जन्ममा समेत पतिसँगै रहन पाइन्छ भन्ने विश्वासले भारतका पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। जिउँदै जल्न उनीहरूलाई पतिप्रेमले प्रेरित गरेको भन्ने उनको जिकिर छ। 

उनीभन्दा केही वर्षअघि भारत आएका अर्का युरोपेली नागरिक विलियम हकिन्सले पनि पतिसँगको बिछोड सहन नसकेर पत्नीहरू सती जाने गर्छन् भनेर लेखेका छन्। 

अर्का युरोपेली, म्याड्स रसमुसेनले 'सती प्रथाकै कारण मृत्युले पनि पति र पत्नीबीच बिछोड गराउन सकेन' भनी सती प्रथाको महिमा गाएका छन्।   

त्यसैताका भारतमा रहेका अर्का युरोपेली फ्रान्सिस्को पेल्सार्टले सतीगमनको दृश्य प्रत्यक्ष देखेका थिए। सतीहरू स्वेच्छापूर्वक चितारोहण गर्ने गर्थे भनी उनले लेखेका छन्। 

सतीगमनको एउटा दृश्यबारे चर्चा गर्ने क्रममा उनले लेखेका छन्, ‘जब (सती) दहनको काम समाप्त भयो, सबै जनाले भष्म भएको हाडखोरको अलिकति खरानी हातमा लिए। (त्यो खरानीलाई) उनीहरू पवित्र मान्थे र साँचेर राख्थे। त्यो पतिप्रतिको प्रेमकै उपज थियो भन्नेमा कुनै शंका छैन किनकि उनी (विधवा) जोरजुलुमका कारण नभई प्रेमविभोर भएर (सती गएकी थिइन्)।’

सती प्रथाको साइनो पतिप्रेमसँग जोड्ने प्रयास प्राज्ञिक जमातले पनि यदाकदा गरेको छ। 

सबैभन्दा पहिले यस्तो खालको दलील पेस गर्ने विद्वान हुन्, भारतीय लेखक आनन्द कुमारस्वामी। सन् १९१३ मा सती प्रथासम्बन्धी उनको एउटा लेख प्रकाशित भएको थियो, जसमा उनले ‘भारतमा सती प्रथामाथि प्रतिबन्ध लगाइएको ८० वर्षभन्दा बढी बितिसकेकाले… अहिले यसको इतिहास र महत्वलाई आवेगहीन भएर समीक्षा गर्न यो चलनचल्तीमा रहेको समयमा जति कठिनाइ हुनु हुँदैन’ भनेका छन्। 

सती प्रथाबारे चर्चा गर्ने क्रममा एक ठाउँमा उनले लेखेका छन्, ‘मैले यी शब्द लेखिरहँदा टाइटानिक जहाज डुबेको समाचार आयो। ती समाचारमा करिब ४० जना स्त्रीले आफ्ना पतिहरूबिनै (अर्थात् उनीलाई जहाजमै अलपत्र छोडेर) आफूहरूको मात्र उद्धार गरिने कुरालाई अस्वीकार गरेका अथवा उनीहरूलाई जबरजस्ती पतिहरूबाट अलग गराइएका कुरा छन्। त्यस घटनाले प्रेमजनित साहसको भाव भारत अथवा विगतको समयमा मात्र उपलब्ध थिएन, यो सधैं र सबैतिर समान रूपले उपलब्ध हुन्छ भन्ने कुरा सिद्ध गरिदिएको छ।’ 

सतीगमनलाई पतिको प्रेम र पतिभक्तिको अभिव्यक्ति ठहर गर्ने नारीद्वेषी चलन दक्षिण एसियाको हिन्दू समुदायमा संस्थागत गरिएको थियो।

यस्तै खालको भाव दिने विचार पछिल्लो समय भारतीय लेखक आशिष नन्दीले व्यक्त गरेका छन्। कुमारस्वामीको माथि उद्धृत लेखको मर्मप्रति सहमति जनाउँदै उनले सन् १९९४ मा छापिएको आफ्नो लेखमा यसलाई सती प्रथासम्बन्धी मतको पक्षमा गरिएको सशक्त लेखन ठहर गरेका छन्। क्रान्ति र राष्ट्रवाद जस्ता गैरधार्मिक ध्येयका लागि गरिने आत्मदाहलाई मात्र स्वीकार्ने ‘खोक्रा तथा आडम्बरी प्रगतिशील र नारीवादी’हरूलाई कुमारस्वामीको लेख पढ्न उनले सुझाएका पनि छन्। 

सती प्रथाविरोधी अभियन्ता राजा राममोहन रोयका अनुयायी रवीन्द्रनाथ टेगोर पनि सती प्रथाविरोधी अभियानमा संलग्न थिए। यति हुँदाहुँदै पनि सती प्रथामा सन्निहित प्रेमभावलाई उनले सम्मान गरेका थिए भनी उल्लेख गर्दै नन्दीले आफूलाई पनि टेगोरकै पङ्क्तिमा उभ्याएका छन्। 

प्रेमी अथवा पतिसँगको बिछोड सहन नसकेर महिला र पुरुषले आत्महत्या गरेको समाचार अहिले पनि बेलाबेलामा सुनिने गर्छ। यस्ता घटनालाई प्रेमजनित सतीगमनकै आलोकमा पनि व्याख्या गर्ने गरिन्छ।

प्रेम होइन, महिलाद्वेषी चलन
पतिसँगको बिछोडसँग गाँसिएका यस्ता विश्लेषणले सती प्रथाको मर्मलाई राम्रोसँग बुझाउन चाहिँ सक्दैनन्। यस्तो मत राख्नेहरूले उत्तर दिन सक्नुपर्छ- के सती प्रथाको अभ्यास नहुने समुदायमा चाहिँ पत्नीले पतीलाई प्रेम गर्दैन थिए त? के हिन्दू नारीले मात्रै पतिलाई प्रेम गर्थे त? के राज्यले सती प्रथामाथि प्रतिबन्ध लगाएपछि हिन्दू नारीले पतिलाई प्रेम गर्न छोडे त?

हिन्दू समुदायमा व्याप्त 'पतिव्रता धर्म'सम्बन्धी व्याख्या पुरुषप्रधान मूल्य-मान्यतालाई संस्थागत गर्ने ध्येयले अत्यन्तै होसियारीका साथ बुनिएका छन्। पतिप्रेमलाई सती प्रथाको मूल कारणका रूपमा अर्थ्याउने चेष्टामा स्त्रीको भावना र निर्णय क्षमतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने संस्कृतिक षड्यन्त्र सन्निहित छ। 

यस्तो विश्लेषणले सतीलाई प्रेम र पतिव्रता धर्मको प्रतिमूर्तिका रूपमा देवत्वकरण गरेर सतीगमन गर्न नचाहने विधवालाई कुलटा करार गर्छ। यही कारणले गर्दा कुलटा भएको आक्षेप खेपेर बाँच्नुभन्दा देवीको रूपमा पुजिँदै चितारोहण गर्न उनीहरू तत्पर हुने गर्थे। यति हुँदाहुँदै पनि सती जान तयार नहुने कतिपय विधवालाई लागुऔषध खुवाएर अथवा बल प्रयोग गरेर चितामा होमिएका उदाहरण अनेक छन्। 

संक्षेपमा भन्नुपर्दा विधवालाई सती पठाउन भरिसक्ये बल प्रयोग गर्नु नपरोस् भनेर सतीगमनलाई पतिको प्रेम र पतिभक्तिको अभिव्यक्ति ठहर गर्ने नारीद्वेषी चलन दक्षिण एसियाको हिन्दू समुदायमा संस्थागत गरिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ
विराटनगरको लगातार तेस्रो जित
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र
सम्बन्धित सामग्री
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा काठमाडौं महानगरपालिकाका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ज्येष्ठ नागरिक सेवाका लागि विभाग स्थापना गरिए पनि, सबै स्वास्थ्य संस्थामा यस... शुक्रबार, मंसिर ५, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य यद्यपि धेरै माध्यम हुँदाहुँदै विनाशकारी मार्ग रोजिनु उचित थिएन। एकैदिनको उग्र आक्रोशले असह्य परिस्थितिको सिर्जना गर्यो। झन् वास्तविक... बुधबार, मंसिर ३, २०८२
ताजा समाचारसबै
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्