• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सैंबु आवास क्षेत्रमा भू-माफियाको नजर : डेढ अर्बको सरकारी जग्गा अढाई करोडमै हत्याउने चलखेल

64x64
दुर्गा दुलाल आइतबार, माघ १८, २०७७  ०७:३०
1140x725

काठमाडौं- ललितपुरको भैँसेपाटीस्थित सैँबु आवास क्षेत्रको करिब १९ रोपनी सरकारी जग्गा सस्तो मूल्यमा हत्याउने चलखेल भएको पाइएको छ। आवास क्षेत्रको १८ रोपनी ९ आना २ पैसा ३ दाम जग्गा सस्तो मूल्यमा हत्याउने प्रयास भएको पाइएको हो।  

प्रचलित मूल्यअनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिआना‍ ५० लाख रुपैयाँ छ। अहिले करिब डेढ १ अर्ब पर्ने जग्गा २ करोड ४१ लाख रुपैयाँमा हात पार्ने चलखेल सुरु भएको हो।

प्राविधिक शिक्षालय सञ्चालनका लागि भनेर सरकारले छुट्टयाएको उक्त जग्गा २०५९ सालको मूल्यमा पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा दायर भएको रिट फैसलाको चरणमा पुगेपछि निर्णय आफ्नो पक्षमा पार्ने चलखेल सुरु भएको हो। 

सैँबु बहुउद्देशीय विद्यालय प्रालि (कम्पनी)का तर्फबाट गोकर्णप्रसाद सापकोटाले २०७४ जेठ २ गते सर्वोच्चमा उक्त जग्गा २ करोड ४१ लाखमा पाउनुपर्ने मागदाबी गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ हुँदै अन्तिम फैसला हुने अवस्थामा पुगेको छ।  

करिब डेढ १ अर्ब पर्ने जग्गा २ करोड ४१ लाख रुपैयाँमा हात पार्ने चलखेल सुरु भएको पाइएको छ।

कम्पनीले सर्वोच्चमा दर्ता गराएको यो दोस्रो मुद्दा हो। पहिलो पटक दर्ता गराएको निवेदन कम्पनीले बीचमै फिर्ता लिएको थियो। पछिल्लो रिट दर्ता भएपछि भने सो मुद्दा १९ पटक पेसीमा चढेको छ। अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने र फाइल मगाउने आदेश गरिसकेको छ।

पछिल्लो पटक उक्त मुद्दाको पेसी मंसिर १५ गते तोकिएको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पेसीमा पक्षका कानुन व्यवसायीले सार्न लगाएका थिए। आफूहरूले ‘चाहेजस्तो’ इजलासमा पेसी नपरेपछि उनीहरूले पेसी सारेको मुद्दाको अर्को पेसी पुस २३ का लागि तोकिएको थियो, तर उक्त दिन पनि यो मुद्दामा सुनुवाइ हुन सकेन। 

के हो विवाद? 
काठमाडौ उपत्यका नगर विकास आयोजना कार्यान्वयन समिति (सरकारी कार्यालय)को मातहतमा रहेको यो जग्गाको विवाद २०५७ सालबाट सुरु भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

आयोजनाको जग्गामा बहुप्राविधिक विद्यालय निर्माण गर्ने भनी उक्त जग्गा उपयोग गर्ने योजना सुरु भएपछि जग्गामा विवाद उठेको थियो। सुरुमा उक्त जग्गामा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि २०५७ साउन २७, २०५७ माघ २० र २०५९ असार ३ मा टेन्डरसमेत आह्वान गरिएको थियो।  प्राविधिक विद्यालय स्थापनाका लागि २०५७ साल साउन २७ गते पहिलो पटक सूचना प्रकाशित भएको थियो।

दोस्रो पटक सोही वर्ष, माघ २० मा अर्को सूचना प्रकाशन भयो। दुई वटा सूचना निकाल्दा पनि अपेक्षित प्रस्ताव नआएपछि जग्गा बिक्री गर्ने निष्कर्षमा आयोजना कार्यान्वयन समिति पुग्यो। २०५९ असार ४ मा यो जग्गा बिक्री गर्ने निर्णय भएर १ करोड ५० लाख न्यूनतम मूल्य कायम गरी बोलपत्र आह्वान गरियो।  

बोलपत्रअनुसार आइडियल मोडल स्कुलले १ करोड ५१ लाख, लिटिल एञ्जल्स स्कूलले २ करोड र अनलिमिटेड न्यू मिडिया प्रालिले २ करोड ४१ लाख बोलकबोलको प्रस्ताव पेस गरे। 

काठमाडौ उपत्यका नगर विकास आयोजना कार्यान्वयन समिति मातहत रहेको जग्गाको विवाद २०५७ सालबाट सुरु भएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुरुको बोलपत्रमा आइडिएल मोडल स्कुलले मात्र प्रस्ताव पेस गरेको देखिन्छ। सार्वजनिक खरिद ऐनअनुसार एउटा मात्र प्रतिस्पर्धी हुँदा निर्णय गर्न नमिल्ने भएकाले दोस्रो पटक बोलपत्र आह्वान गरिएको थियो। दोस्रो बोलपत्रमा आइडियल मोडल स्कुल र लिटिल एञ्जल्स एन्ड सिप्टम प्रालिले छुट्टाछुट्टै तथा अनलिमिटेड न्यू मिडिया प्रालि, ग्लोबल सपोर्ट प्रालि, कन टेक प्रालि र कलेज अफ टेक्नोलोजी प्रालिले संयुक्त प्रस्ताव पेस गरेका थिए।  यो पटक सबभन्दा बढी, २ करोड ४१ लाख रुपैयाँको प्रस्ताव न्यू मिडियालगायत चार वटा कम्पनीको संयुक्त प्रस्तावमा थियो।

२०५९ मंसिर १० मा यी चार वटा ज्वाइन्ट भेन्चर कम्पनीसँग विद्यालयको जग्गा बिक्री गर्ने र प्राविधिक विद्यालय सञ्चालन गर्ने सम्झौता भयो। सम्झौतामा २ करोड ४० लाख रुपैयाँ लिने सहमति भएको थियो। शुरुमा त्यसको २० प्रतिशत रकम जम्मा गर्न भनिएपछि ज्वाइन्ट भेन्चर कम्पनीहरूले रकम जम्मा गरे। तर, रकम जम्मा गरेपछि भने ती कम्पनी जग्गा खरिदका लागि २०६० मंसिरसम्म सरकारी निकायको सम्पर्कमै आएनन्। 

उनीहरु सम्पर्कमा नआएपछि २०६० साल मंसिर २५ गते सरकारी पक्षले ३५ दिनभित्र सम्झौता गर्न नआए धरौटीबापतको १० प्रतिशत रकम जफत गर्ने निर्णय गरेको थियो। यस्तो निर्णयपछि ती कम्पनीले नयाँ प्रस्तावसहित सम्पर्कमा पुगे। तर सर्तहरूको संशोधन गर्नुपर्ने उनीहरुको माग पनि थियो। मागअनुसार २०६० चैत ५ गते अनलिमिटेड न्यु मिडिया प्रालि लगायत ४ वटा ज्वाइन्ट भेन्चर कम्पनीका ११ बुँदे सर्त मानेर पूराना सर्त संशोधन गर्ने र एक महीनाभित्र सम्झौता गर्न आउने निर्णय भयो। तर, ती कम्पनी फेरि सम्पर्कमा आएनन्।

२०६१ असोज २५ गते आधिकारिक सरकारी निकाय, नगर विकास निगमले उनीहरू सम्झौता गर्न नआएकाले दाखिला गरेको सम्पूर्ण रकम जफत गर्दै बोलपत्र खारेज गर्ने निर्णय गरेको थियो। 

भौतिक मन्त्रालयबाट खुल्यो चलखेलको बाटो 
बोलकबोलको प्रस्ताव र पटकपटका सर्तहरूले अन्योलमा परेको यो विषय २०६४ मा अदालत पुग्यो। २०६४ भदौ ६ मा सैँबु आवास क्षेत्रका नाममा पहिलो रिट सर्वोच्च अदालत पुगेको थियो। तर, रिट दायर गरेका कम्पनीले २०६६ माघ ८ मा मुद्दा फिर्ताका लागि सर्वोच्चमा निवेदन दिए। आफूहरुबीच भएको विवादमा सहमति जुटेको भन्दै उनीहरुले मुद्दा फिर्ता लिन सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चले २०६६ माघ ११ मा यो मुद्दा फिर्ता हुने निर्णय गरिदियो। 

अहिलेसम्म यो मुद्दा ३८ जना न्यायाधीशको इजलासमा पेसी चढिसकेको छ।

लगत्तै यो जग्गासम्बन्धी प्रस्ताव तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालय पुग्यो। २०६६ माघ १५ मा मन्त्रिपरिषदले नगर विकास निगमको निर्णय बदर गर्दै जग्गामा चलखेल गर्ने बाटो खुल्ला गरिदियो। मन्त्रिपरिषदले सैंबु आवास क्षेत्रको जग्गा नदिने निर्णय बदर हुने त भन्यो, तर त्यसमा झन् अन्योल देखियो।

२०६१ असोज २५ मा नगर विकास निगमको ७७औं बैठकले गरेको निर्णय बदर हुने मन्त्रिपरिषद्ले निर्णय गरेपनि बैठकले सात वटा निर्णय गरेको थियो। एकै जग्गासम्बन्धी कुन चाहिँ निर्णय बदर भन्नेबारे अन्योल पैदा भयो। जग्गा कब्जा गर्न खोज्ने पक्षले जग्गा पाउनुपर्ने व्याख्या गर्‍यो भने सरकारी पक्षले जग्गा दिन नसकिने व्याख्या गर्‍यो। 

अख्तियार पुगेको विवाद 
यो विवाद २०६६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धानमा पुग्यो। अख्तियारले २०७० माघमा नगर विकासको पक्षमा निर्णय सुनायो। अख्तियारले कुनै पनि कम्पनीले सम्झौता गर्न बोलाउँदा नआउने र पछि आएका भरमा उसैलाई दिनुपर्छ भन्ने नभएको भन्दै निगमको निर्णयलाई सदर गरेको थियो। 

अख्तियारको निर्णयपछि असन्तुष्ट बनेका यी कम्पनीले २०७४ जेठ २ गते सर्वोच्चमा फेरि रिट दायर गरे। सुरुमा मूल्यांकन भएको २ करोड ४१ लाख बराबरको मूल्यमा आफूहरुले सो जग्गा पाउनुपर्ने दाबी उनीहरूले निवेदनमा गरेका छन्। उनीहरुले निगमसँग सम्झौता र कामका लागि आफूहरुले ताकेता गरेको तर निगमले बेवास्ता गरेको जिकिर सर्वोच्चमा दिएको निवेदनमा उल्लेख छ। जबकि यो जग्गाको चलनचल्तीको मूल्य अहिले करिब डेढ १ अर्ब रुपैयाँ पुगेको छ।

आफूहरूले काठमाडौँ उपत्यका नगर विकास आयोजना कार्यान्वयन समितिलाई २०६४ असार २८ मा २०६१ असोज २५ को निर्णय पुनर्विचारका लागि निवेदन दिएको समेत सर्वोच्चमा दायर रिटमा उल्लेख छ। तर निगमले २०६४ जेठ २२ गतेको तोकिएको समयमा सम्झौता गर्न नआएको भन्दै कारबाही अघि बढाउने निर्णय गरेकाले आफूहरूको निवेदनलाई वास्ता नै नगरिएको दाबी रिटमा छ।   

यससम्बन्धमा सर्वोच्चले निगमलाई पत्र काटी सोधेको पनि थियो। निगमले सर्वोच्चलाई पठाएको जवाफमा '२०६१ असोज २५ गते पूर्वसम्झौताका केही बुँदा संशोधन गर्न कम्पनीले माग गरेको र आफूहरुले संशोधन गरी एक महिनाभित्र सम्झौता गर्न आउन पत्रचार गरेको' उल्लेख छ। सो समयभित्र सम्झौता गर्न नआएमा त्यतिञ्जेल दाखिला भएको रकम जफत गर्ने र कारबाही अघि बढाउने निर्णय कार्यान्वयन गरेको भन्दै निगमले सर्वोच्चलाई जवाफ पठाएको थियो। 

000

यो विवाद अहिलेसम्म २९ पटक पेसी तोकिएको छ। तर १९ पटक मात्र न्यायाधीशको इजलासमा पेसीमा चढेको छ। अहिलेसम्म यसबारे ३८ जना न्यायाधीशको इजलासमा पेसी परिसकेको छ। अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने र फाइल मगाउने आदेश गरेपनि थुप्रै सुनुवाई स्थगित हुँदै आएका छन्।

यो मुद्दा चारपटक विपक्षका तर्फबाट र एक पटक पक्षबाट स्थगित गरिएको छ। १० पटक निवेदन पेसीमा चढ्ने तर हेर्न नभ्याउने हुँदै सुनुवाई सर्दै आएको छ।

सम्बन्धित पक्षबाट लिखित जवाफ समेत पेस भएको र फैसलाका लागि अङ्ग पुगेकाले अन्तिम सुनुवाई भएर छिट्टै फैसला हुने सम्भावना छ। यो मुद्दामा अर्को पेसी फागुन ११ गतेका लागि ‍तोकिएको छ। 

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्