• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बालबालिकालाई यौवना गीतमा प्रयोग : समाजको अपराधमा राज्य मूकदर्शक

64x64
पुष्पा थपलिया शुक्रबार, माघ १६, २०७७  ०८:००
1140x725

काठमाडौं- कलंकी निवासी तीन वर्षीया बालिका कृष्टिना राईको मुखमा जतिखेरै झुण्डिरहने गीत हो- 'मेरो एक्सको छम्मा, पैसा सैसा चैट।' तोते बोलीमा उनको यो गीत सुन्नेहरु गललल हाँस्छन्। कोही मोबाइल बोकेर भिडियो बनाउन सुरु गर्छन्। 

करिब एक वर्षअघिको कुरा हो। कक्षा १ मा पढ्ने स्वयम्भूका ५ वर्षीय सुरेश रिमाल स्कुलमा आयोजना गरिएको अभिभावक दिवसको दिन कम्मर मर्काएर नाचे। 

लुकिचोरी हेर्दै आँखाले चान्स मार्न थाल्यो
तिमीलाई देखी मेरो दिल डान्स गर्न थाल्यो
चल्न थाल्यो फास्ट फास्ट फास्ट 

उनीसँग जोडी बनेर नाचिन् पाँचै वर्षकी परिनीति धरेल। 

यो नृत्यमा उनीहरुका अभिभावले खुबै रमाइलो माने। हुन त आफ्ना छोराछोरीको प्रतिभा देखेर मख्ख नपर्ने बाबुआमा को होला र। २ कक्षामा पुगेपछि भने नाच्न पाएनन्। कोभिड-१९ ले गर्दा डिजिटल रुपमै उनले पढाइलाई चालु राख्नुपर्यो । तर जुमको कक्षामा पनि उनको म्युजिक क्लास भने हुन्छ। शिक्षकले उनलाई 'फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको' गाउन सिकाइसके। 

दैलेख बजार घुमनी, कर्णाली पुल चढनी
तिमी सानै म सानै रहर मात्रै होलानी
बालखैमा दिल बस्यो गौंथली 
नभागौं त मनमा भो खलबली
भागौं भने बाल विवाहको मुद्दा चलनी

करिब एक वर्षअघि बाहिरिएको यो गीत निकै चर्चित भयो। युट्युबमा मात्रै यसको भ्युज २९ मिलियन क्रस गरिसकेको छ। आठ वर्षका रुपेश चन्दले गाएको यो गीतको भिडियोमा साना बालबालिकालाई नचाइएको छ।  यसलाई निर्माण पक्षले बाल गीतको संज्ञा दिएका छन्।

माथिका यी र यस्ता घटना प्रतिनिधिमूलक मात्रै हुन्। यसले बालबालिकाको दिमागमा प्रत्यक्ष असर पार्ने बताउँछन्, बालबालिकाको साहित्य र संगीतमा समय बिताइरहेका आभाष। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, 'यी र यस्ता कुरामा राज्यले कानुन बनाउन जरुरी छ। साना नानीहरुलाई यौवनाको गीतमा नचाउनु या यस्ता गीत गाउन दिनु, सुन्न दिनु अपराध हो।'

संगीतकार आभाष।

उनीहरु परिपक्व नभएसम्म अभिभावक र शिक्षकहरुले के सुनिरहेका छन्, कस्तो गीत-संगीतमा चासो देखाइरहेका छन् या के हेरिरहेका छन् भन्ने कुरामा कन्ट्रोल गर्नुपर्छ। पछि के हेर्ने, के नहेर्ने, के सुन्ने, के नसुन्ने भन्ने छुट्याउन सक्ने भएपछि मात्रै उनीहरुलाई स्वतन्त्रता दिने हो।

यस्ता कुरा नियन्त्रण गर्ने जिम्मा राज्यको नभई अभिभावक र स्कुलका शिक्षक-शिक्षिकाको हुने पनि आभाषले बताए। उनले भने सबै काम राज्यले मात्रै गर्नुपर्छ भन्ने पनि हुँदैन।

त्यसो त, यस्ता कुरा रोकथाममा राज्यले नै गतिलो कानुन बनाउनुपर्नेमा जोड दिन्छन् आभाष। उनले भने, 'राज्यले केही टेलिभिजन च्यानलहरु बच्चाका लागि सञ्चालन गर्नुपर्छ।' अहिलेसम्म यसमा ध्यान नदिएर राज्यले अपराध गरिरहेको पनि उनले बताए। 

आभाषले भने, 'उनीहरुलाई आधा घण्टाको बाल कार्यक्रमले मात्रै पुग्दैन। बच्चालाई ठिक ढंगले साहित्य र गीतको शिक्षा दिएन भने उनिहरुको भविष्यको भविष्य बर्बाद हुन्छ।'

बच्चालाई खाना खुवाउँदा समेत केही देखाउनुपर्छ तर हामीसँग देखाउने कुरा केही छैन। आभाषले भने, 'मेरो छोराले हिन्दी राम्रो बोल्छ। सिकाएको हैन, आफैं सिकेको। भाषा जोगाउनका लागि केही गर्न नसके पनि विदेशी कार्टुनको डबिङ त गर्नसक्छ नि।'

आक्रोसित हुँदै आभाषले भने, 'स्कुलले यौवना गीतमा बालबालिकालाई नचाएर अपराध गरिरहेको छ तर हामी अभिभावक यो कुरामा खुसी छौं।' 

यस्ता कुराले निकै चित्त दुखेर नै आफू बाल साहित्यको क्षेत्रमा केही काम गर्न सुरु गरेको आभाषले बताए। उनले बालश्रमका बारेमा अधिकारकर्मीले आवाज उठाए पनि बालबालिकाको मानसिकता नबुझेको आरोप लगाए। 

भने, 'अभिभावकले पनि बच्चालाई के देखाउने, के नदेखाउने भन्ने कुरा जान्नुपर्छ। अभिभावक नै ठिक छैनन्। हाम्रो बानी परिसक्यो टेक्नोलोजीमा। यो समाजका लागि खतराको घण्टी हो।' 

राज्यले बाल साहित्यमा लगानी गर्नुपर्ने उनको भनाइ छ। आभाषले भने, 'एनटिभीको त्यति धेरै च्यानल छन्, एउटालाई बाल च्यानल बनाए भयो त। विदेशका कार्टुनलाई यता गुणस्तरमा डबिङ गर्नुपरे उनीहरुले कपिराइटको झमेला पनि गर्दैनन्। निराश हुँदै उनले भने, 'घरको शौचालय बनाउन त फन्डिङ खोज्छौं, बाल साहित्यको कुरा त के गर्नु।'

आभाषले नेपालयसँग मिलेर बाल साहित्यमा काम गरिरहेका छन्। उनले नेपाली वर्णमाला गीत तयार पारेका छन् र नेपालमै एनिमेसन समेत तयार पारेर काम अगाडि बढाइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्