• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
नेपालमा कोभिड खोप : धेरै उत्साहित, केही सशंकित कोरोना खोपबाट हुने असरको जिम्मेवारी कसले लिन्छ?
रिता लम्साल मंगलबार, माघ १३, २०७७  २०:३१
1140x725

काठमाडौं- सरकारले बुधबार बिहान देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्ययमबाट अभियानको औपचारिक सुरुवात गर्ने कार्यक्रम तय भएको छ।

खोप अभियानको शुभारम्भमा कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल लगायत सातै प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप लगाउँदैछन्।

नेपालमा भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले फ्रन्टलाइनमा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउन लागेको हो।

खोप नेपाल भित्रिएपछि केही स्वास्थ्यकर्मीले यसबाट हुनसक्ने सम्भावित साइड इफेक्टको विषय उठाएका छन् भने धेरैलाई उत्साह पनि थपेको छ।  नेपालमा खोप भित्रिएको र खोप लगाउन पाउनेमा धेरै स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा खटिएकाहरु उत्साहित छन् भने उनीहरूमध्ये केही सशंकित पनि छन्। 

000

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीलगायत चिकित्सकले बुधबार कोरोना भाइरसविरुद्धको खोप लगाउने सूचीमा छन्। नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पहिलो प्रथामिकतामा परेका डा राजभण्डारी खोप लगाउन उत्साहित छन्। केन्द्रीय अस्पतालमा खटिएका विशेषज्ञ चिकित्सकहरुले नै पहिला खोप लगाउदा खोपप्रति उत्पन्न भएका आशंका कम हुने उनको विश्वास छ।

‘हाम्रो अस्पतालले नै पहिलो कोरोना संक्रमितको उपचार गरेको हो, कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पतालको रुपमा तोकेर हजारौं संक्रमतिको उपचार गरेर उहाँहरुलाई बचाएका छौं,’ डा राजभण्डारीले भने, ‘कोरोनाको खोप पनि यहीँको डाक्टर, स्वास्थ्यकर्मीहरुले पहिला लगाउँदा सबैमा खोपप्रति उत्पन्न भएको आशंका हट्छ, सबैलाई खोप लगाउन प्ररित गर्न सकिन्छ भनेर पहिलो खोप नै म आफैँ लगाउँदै छु।’

नेपालमा पहिलो पटक आएको कोभिसिल्ड नामक भ्याक्सिन सुरक्षित भएको भन्दै खोप लगाउन आफू उत्साहित भएको उनले सुनाए।

Ncell 2
Ncell 2

‘यस्तो महामारीको अवस्थामा खोप उत्पादन भएको छ, यो खोपको ट्रायल भइसकेको छ,’ डा राजभण्डारीले भने, ‘यो भ्याक्सिन महामारीबाट हामीलाई बचाउँनकै लागि बनेको हो, यो सुरक्षित छ,  यो भ्याक्सिन लगाएर आफू मात्र होइन अरुलाई पनि बचाउँन सकिन्छ। त्यसैले यो खोप लगाउन उत्साहित छु।’

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनामा खटिएका २६४ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले बुधबार कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छन्।

डा राजभण्डारीका अनुसार पहिलो चरणमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीसँगै  स्वास्थ्य सेवा विभाग अन्तरर्गत रहेका फ्रन्टलाइमा खटिएका स्वास्थ्यकर्मी तथा प्राविधिक र टेकु क्षेत्रमा रहेका काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पताल लगायतका अस्पतालहरुका २ हजार ४४२ जना स्वास्थ्यकर्मीलाई पनि शुक्रराज अस्पतालबाटै खोप लगाइँदै छ।

डा राजभण्डारीले खोप लगाएर कुनै स्वास्थ्य समस्या देखिएमा उनीहरुको उपचार तथा व्यवस्थापनको तयारी पनि भइसकेको जानकारी दिए।

‘खोप लगाएपछि कसैलाई सामान्य ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने समस्या देखिन सक्छ, यो सामान्य अवस्था हो, यो समस्या केही घण्टामा हराउँछ,’ डा राजभण्डारीले भने, ‘तर खोप लगाएपछि वेहोस् हुने, छटपटी भयो, रक्तचाप घट्यो, श्वासप्रश्वासमा समस्या देखियो भने उहाँहरुको विशेष उपचार गर्नुपर्छ। त्यसको लागि पनि तयारी गरिसकेका छौं।’

त्रिवि शिक्षण असपताल (टिचिङ) मा पनि बुधबार ३ सय जना स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छन्। टिचिङ अस्पतालका निर्देशक डा दिनेश काफ्लेले पहिलो खोप लगाएर अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दैछन्। कोरोना भाइरस विरुद्धको खोप लगाउन आफू उत्साहित भएको डा काफ्लेले स्वास्थ्यखबरलाई बताए।

‘बुधबार बिहान १० बजेदेखि भ्याक्सिन लगाउन सुरु हुन्छ, यो खोप मैले नै लगाउँदै छु र अरु चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि लगाउनेछन्,’ डा काफ्लेले भने, ‘हामी कोरोनाको खोपको प्रतीक्षामा थियौं, हाम्रो प्रतीक्षाको घडी समाप्त भएको छ, हामी एकदमै उत्साहित छौं।’

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सन्त कुमार दासका अनुसार टिचिङ अस्पतालमा खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई खोपको विषयमा प्रशिक्षण दिइसकिएको छ। ‘खोपको बारेमा जानकारी पाएपछि खोप लगाउन चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि थपिँदै गएको छ,’ उनले भने।

डा दासका अनुसार बुधबार अस्पतालमा अस्पतालका कर्मचारीसहित टिचिङ अस्पताल परिसरमै रहेको मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बिपी कोइराला नेत्र अध्ययन केन्द्रका ३५ सय जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइँदै छ।

यस्तै कान्ति बाल अस्पताल, चिरायु अस्पताल र इशान बाल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि टिचिङ अस्पतालमै खोप लगाइने छ। ती तीन अस्पतालमा रहेका खोप लगाउने चिकित्सक तथा स्वास्थ्यकर्मीको नामावली भने संकलन  भइरहेको डा दासले जानकारी दिए।

डा दासका अनुसार खोपको विषयमा सचेतना कार्यक्रम संचालन गर्दा धेरै स्वास्थ्यकर्मीहरूले खोपको साइड इफेक्टको विषयमा जिज्ञासा राखेको थिए। त्रिवि शिक्षण अस्पतालमा यसअघि कोरोना भाइरस विरुद्धको खोप ट्रायल गर्ने तयारी गरिएको स्थानमै कोभिसिल्ड खोप दिइने व्यवस्था गरिएको छ। 

‘हामीले यो खोप नआउँदै एउटा खोपको ट्रायल गर्ने भनेर सम्पूर्ण तयारी गरिसकेका थियौं, त्यो खोपको ट्रायलको विषय अहिले मन्त्रीपरिषद्मा पुगेको छ,’ डा दासले भने, ‘अर्को खोपको ट्रायल गर्ने तयारी गरिएकै ठाउँलाई अहिले सरकारले गर्न लागेको कोभिसिल्ड खोप अभियानको व्यवस्थापनका लागि छुट्याएका छौं।’

1140x725

डा दासले कोभिसिल्ड खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएमा उनीहरुको उपचार तथा व्यवस्थापनको सम्पूर्ण तयारी पनि भइसकेको जानकारी दिए।

उनले बुधबार टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीका लागि खोप अभियान संचालन भएपनि अस्पतालको अन्य स्वास्थ्यसेवा भने प्रभावित नहुने गरी व्यवस्थापन गरिएको पनि जानकारी दिए।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीण नेपालले पनि बुधबार कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाउँदै छन्।

‘म पनि कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छु,’ डा नेपालले भने,  ‘नेपालमा खोप बन्दैन, खोप कहिले आउँला भन्दाभन्दै अहिले साँच्चै खोप आइपुगेको छ, हामीले लगाउन पाउँदै छौं, सरकारले पहल गरेर खोप ल्याएको छ, यो खोप लगाउन पाउँदा हामी उत्साहित नै छौं।’

डा नेपालले सशस्त्र प्रहरी अस्पतालकै खोप लगाउने स्वास्थ्यकर्मीहरु ५ सय भन्दा बढी रहेको पनि जानकारी दिए। उनले खोप अभियान शुभारम्भ हुने पहिलो दिन बुधबार १ सय भन्दा बढीलाई खोप लगाउने योजना रहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाएको आधारमा बलम्बु क्षेत्रका अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि सशस्त्र प्रहरी अस्पतालबाटै खोप लगाइने उनले जानकारी दिए।

नेपालमा पहिलो कोरोना संक्रमित भेटिएदेखि हालसम्म कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका शुक्रराज अस्पतालका डाक्टर अनुप बास्तोलाले पनि खोप लगाउन आफू उत्साहित भएको बताएका छन्।

उनले भने ‘कोरोनासँगको युद्धमा जित हाँसिल गर्ने माध्यम नै खोप हो, नेपालमा पनि भारत सरकाले यो खोप उपलब्ध गरायो, पहिलो चरणमा नै हामी स्वास्थ्यकर्मीले लगाउन पाउने भयौँ, फ्रन्टलाइनमा खटिएकाले पहिला लगाउँदा संक्रमणको जोखिमबाट जोगिन र आफ्नो परिवारका सदस्यहरुलाई पनि संक्रमणको जोखिमबाट बचाउन सकिन्छ। हामी स्वास्थ्यकर्मीहरु उत्साहित छौँ,’ उनले भने।

डा बास्तोलाले जुनसुकै भ्याक्सिनमा पनि सामान्य असर देखिनसक्ने भएकाले खोप लगाएपछि देखिन सक्ने स्वास्थ्य समस्याबारे आफूहरु सचेत रहेको जानकारी दिए। 

000

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको र खोप विश्वसनीय भएको भन्दै निर्धक्क भएर खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्। 'फ्रन्टलाइन'मा खटिनेहरूलाई प्राथमिकता दिएर सरकार खोप अभियानको तयारीमा लागिरहेपनि खोप प्राप्त गर्न पहिलो प्राथमिकतामा परेका कतिपय स्वास्थ्यकर्मीहरूमा उत्साह भने देखिँदैन।

केही स्वास्थ्यकर्मीहरूले त सरकारको खोप अभियानमा सहभागी नहुने भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्न थालिसकेका छन्। 

केही भएमा खोप लिने व्यक्ति स्वयं जिम्मेवार!
कोभिड-१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परी आए आफैँ जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ। यसको अर्थ खोपका कमीकमजोरीको जिम्मेवारी पनि खोप लगाउनेले नै लिनुपर्ने भन्दै सरकारले हतार गरेको देखिन्छ। 

‘नेपाल सरकारबाट कोभिड-१९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजीखुशी लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियान संचालनका लागि खोप लिनेलाई विवरण भर्न दिएको खोप कार्डमा लेखिएको छ।

खोप कार्डमा लेखिएको यही वाक्यप्रति असहमति जनाउँदै केही स्वास्थ्यकर्मीहरुले सरकारको खोप कार्यक्रममा सहभागी नहुने बताएका छन्। ‘अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाउनुपूर्व यो कार्डमा लेखिएको मञ्जुरीनामामा सही छाप गर्नुपर्ने? सरकारलाई म मञ्जुरी दिन्नँ,’ बाराको विश्रामपुर गाउँपालिकाका स्वास्थ्य संयोजक अली अकबर हुसैनले सामाजिक सञ्जालमै असन्तुष्टि राखेका छन्।

कोरोना संक्रमितको व्यवस्थापनामा प्रत्यक्ष रूपमा खटिएका हुसेनले खोप लगाउन आफू तयार भएको तर खोपबाट हुन सक्ने असरको जिम्मेवारी सरकारले लिनुपर्ने तर्क गरे। नयाँ खोप लगाउँदा स्वास्थ्य समस्या देखिए सरकारले व्यहोर्ने भएमात्र आफू खोप लगाउन तयार हुने हुसैनको भनाइ छ।

‘कोरोनाको खोप लगाउने व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने भनेर स्वास्थ्यकर्मीलाई समेत भनेपछि मैले यो खोप नलगाउने निर्णय गरेको छु,’ हुसेनले भने, ‘खोप आयो, त्यो  खुसीको कुरा हो, खोपमाथि अविश्वास गरेको पनि होइन। तर राज्यले खोप दिएर खोपबाट हुन सक्ने असरको जिम्मा त लिनुपर्ने हो नि!’

हुसेन मात्र होइन, अन्य केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मञ्जुरीनामाको विरोध गरेका छन्। ‘सरकारले हामी फ्रन्टलाइनरलाई पहिलो परणमा खोप दिने भनेर नाम टिपाइरहेको छ, तर यो खोपको विषयमा पर्याप्त जानकारी नै दिएको छैन,’ नाम नबताउने सर्तमा अर्का एक चिकित्सकले भने, ‘त्यसैले मैले पनि पहिलो चरणमै खोप नलगाउने सोच बनाएको छु।’

खोपबाट हुने असरको जिम्मेवारी कसले लिन्छ?
खोप ऐन, २०७२ मा खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाको तत्काल अनुसन्धान गर्न अनपेक्षित घटना अनुसन्धान समिति रहने व्यवस्था गरिएको छ। ऐनमा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थामा कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ।

यस्तै कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अङ्गभङ्ग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा समितिले अङ्गभङ्ग भएका व्यक्ति वा मृत्यु भएका व्यक्तिको हकवालालाई त्यस्तो खोप दिने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।

अनपेक्षित घटना अनुसन्धान समितिका अध्यक्ष डा धनराज अर्यालले कोभिड-१९ विरुद्धको खोप लगाउदा कुनै स्वास्थ्य समस्या वा असर देखिएमा यही खोप ऐनमा व्यवस्था भएअनुसार औषधि उपचार र क्षतिपूर्ति प्राप्त हुने जानकारी दिए।

‘खोपको मञ्जुरीनामामा जेसुकै लेखिएको भएपनि स्वास्थ्यमन्त्रीज्यूले भनिसक्नु भएको छ। खोप लगाएर कुनै असर देखियो भने उहाँहरूको स्वास्थ्य उपचार सरकारले गर्छ,’ डा अर्यालले भने, ‘कोरोनाको खोपमा पनि खोप ऐनमा भएको व्यवस्था नै लागू हुन्छ।’

डा अर्यालले कोरोनाको खोप लगाएर कुनै स्वास्थ्य समस्या देखिएमा त्यसको तत्काल अध्ययन कसरी गर्ने भनेर छलफलसमेत भइसकेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पनि कोरोनाविरुद्धको खोप लगाउँदा कुनै स्वास्थ्य समस्या देखिएमा उनीहरूको स्वास्थ्य उपचार राज्यले नै गर्ने उल्लेख गरे। ‘पहिलो चरणमा फ्रान्टलाइनरहरूलाई यो खोप अस्पतालहरूमै लगाउने हो,’ प्रवक्ता डा गौतमले भने, ‘त्यसैले खोप लगाएर कुनै समस्या देखिए त्यसको व्यवस्थापनका लागि हरेक अस्पतालमा कसले हेर्ने भनेर तोकिसकेका छौं।’

खोपको मञ्जुरीनामामा किन व्यक्तिलाई स्वयं जिम्मेवार हुनुपर्ने भनियो?
अनपेक्षित घटना अनुसन्धान समितिका एक सदस्यका अनुसार औषधि तथा खोप ऐनहरूमा औषधि तथा खोपको साइड इफेक्ट देखिएर स्वास्थ्य समस्या देखियो भने त्यसको क्षतिपूर्ति औषधि उत्पादक कम्पनीले व्यहोर्नुपर्ने उल्लेख छ। तर, कोरोना संक्रमणविरुद्धको खोप उत्पादक कम्पनीहरूले भने खोप लगाउँदा कुनै साइड इफेक्ट देखिएमा त्यसको क्षतिपूर्ति आफूले नतिर्ने बताएका छन्। 

No description available.

विश्वमा खोप निर्यात भएका सबै देशहरूलाई खोप उत्पादक कम्पनीले नै क्षतिपूर्ति नव्यहोर्ने भनेपछि सबै देशहरुले खोपका कारण देखिनसक्ने असरको क्षतिपूर्ति खोप कम्पनीलाई नतिराउने सर्तमा खोप आयात गरिरहेका छन्।

नेपालमा पनि जुनसुकै रोगको स्वास्थ्य उपचार गर्दा पनि मञ्जुरीनामा दिनुपर्छ।  स्वास्थ्य मन्त्रालयले नै खोपका कारण स्वास्थ्य समस्या देखिए सरकारले स्वास्थ्य उपचार गर्ने बताइसकेकाले खोपमाथि शंका गर्न आवश्यक नभएको ती सदस्यको भनाइ छ। सरकारले नेपालमा ल्याइएको खोपबारे राम्रोसँग जानकारी नदिँदा पनि खोपबारे स्वास्थ्यकर्मीहरुले नै शंका गर्न थालेको उनको भनाइ छ।

‘स्वास्थ्यकर्मीहरूलाई खोप लगाउनुअघि खोपको विषयमा राम्रोसँग जानकारी नदिएको भएर स्वास्थ्यकर्मीहरूमा शंका उत्पन्न भएको हुन सक्छ,’ ती चिकित्सकले भने, ‘स्वास्थ्य मन्त्रालयले अहिले नेपालमा ल्याइएको खोपको विषयमा विस्तृत जानकारी दिन आवश्यक छ। खोपको साइड इफेक्ट देखियो भने राज्यले स्वास्थ्य उपचार गर्छ/गर्दैन, कसरी उपचार गर्छ भनेर जानकारी दिनुपर्छ।’ 

परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोरोना भाइरसविरुद्धको खोप महामारी नियन्त्रणका लागि तत्काल प्रयोग गर्नुपर्ने नयाँ  खोप भएकाले खोप उत्पादक कम्पनीहरूले साइड इफेक्ट देखिएमा त्यसको क्षतिपूर्ति नतिर्ने जनाएको बताए।

‘यो नयाँ खोप महामारीको समयमा ल्याइएकोले संसारभर नै खोपको साइड इफेक्ट देखिए उत्पादक कम्पनीलाई क्षतिपूर्ति मागदाबी गर्न पाइँदैन। नत्र भ्याक्सिन उपलब्ध गराउन सक्दैनौं भनेर कम्पनीहरुले निर्णय गर्‍यो,’ डा पोखरेलले भने, ‘त्यसैले सबै देशले महामारीको लागि प्रयोग हुने भ्याक्सिन क्षतिपूर्ति मागदाबी गर्दैनौं भनेर नै खोप लिइरहेका छन्।’

नेपाल सरकारले खोपका कारण कुनै अवाञ्छित घटना भए त्यसको क्षतिपूर्ति नतिराउने कुनै पनि खोप उत्पादक कम्पनी,  आयातकर्ता र वितरकलाई नतिराउने निर्णय गरेको डा पोखरेलले जानकारी दिए।

‘खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति मागदाबी गर्दैनौं भनेर नेपाल सरकारले निर्णय गरेर खोप उत्पादक कम्पनीलाई लिखित प्रतिबद्धता नै पठाइसकेको छ, सरकारले सो पत्र पठाएपछि नै नेपालामा खोप आएको हो,’ डा पोखरेलले भने, ‘त्यसैले स्वास्थ्यकर्मीहरूलाई राजीखुसीले खोप लगाउन आग्रह गरी सोही अनुसारको मञ्जुरीनामा बनाइएको हो।’

डा पोखरेलले खोप लगाएपछि कुनै व्यक्तिलाई साइड इफेक्ट देखिएमा सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने पनि जानकारी दिए।

‘खोप लगाउँदा कुनै स्वास्थ्य समस्या देखियो भने उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था सरकारले गर्छ, उपचार खर्च पनि दिन्छ,’ डा पोखरेलले भने, ‘यसपाली महामारीको लागि आकस्मिक अवस्थामा तयार भएको भ्याक्सिन भएकाले मञ्जुरीनामामा सानो प्रावधान राखिएको हो, त्यसैले भ्याक्सिन लगाउन डर मान्नु पर्दैन।’

सरकारी पक्षले मौखिक रूपमा प्रतिक्रिया दिँदा सबै उपचार खर्च र क्षतिपूर्ति व्यहोर्ने भने पनि मञ्जुरीनामामा लेखिएको भाषाअनुसार सरकारले कुनै पनि जिम्मेवारी नलिने संकेत गरेको छ। 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २०:३१
  • #भ्याक्सिन
  • #खोप
  • #कोभिसिल्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल शनिबार, जेठ १०, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित शनिबार, जेठ १०, २०८२
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा शनिबार, जेठ १०, २०८२
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्