काठमाडाैं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन्।
उनले आज ट्वीट गर्दै सोमबारको बर्बरताका लागि नागरिक समाजसँग क्षमा माग्न आग्रह गरेका हुन्।
‘देशको माटो निधारमा लगाएर प्रतिगमनविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथिको बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन, त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमापूजाबाट सम्भव छ, न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।