• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा फुट्यो, हामी जित्छौं भन्ने भ्रममा नपरौं

डा शेखर कोइराला आइतबार, माघ ११, २०७७  १८:२१
1140x725

नेपाली कांग्रेसका कार्यकर्तामा द्विविधा छ। प्रतिनिधि सभा विघटनको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ रामचन्द्र पौडेलले नै फरकफरक अभिव्यक्ति दिएपछि कार्यकर्तामा द्विविधा हुनु पनि स्वभाविक हो। प्रतिनिधि सभा विघटनको विषयमा किन फरकफरक विचार किन दिइएको भन्ने कार्यकर्ताको प्रश्न उठ्नु स्वभाविक हो। केही अलमलचाहिँ केन्द्रीय नेतामा पनि अवश्य छ।

केन्द्रीय समितिले प्रधानमन्त्रीले चालेको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण ठहर गरेको छ। गैरसंविधानिक कदमलाई सच्याउन पर्छ भनी केन्द्रीय समितिले निर्णय गरेको छ।

सच्याउन कसले? 
सर्वोच्च अदालतले।
सच्चिन्छ कसरी?
प्रतिनिधि सभा विघटनलाई उल्टाएर।

संसद पुनःस्थापनाको फैसलासँगै हामी थप अर्को कुरा पनि भनिरहेका छौं। लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्विकार्छौं। कदाचित्, प्रतिनिधि सभा भंगको निर्णयलाई अदालतले सदर गर्‍यो भने निर्वाचन सुनिश्चिताका लागि हामी सडकमा ओर्लनु पर्दछ।

१७ वैशाखमा निर्वाचन हुन नसक्ने धेरैको मत छ। निर्वाचन गराउने जिम्मेवारी कांग्रेसको होइन। संसद पुनःस्थापना भएन भने वैशाखमा निर्वाचन गराउन सरकारलाई कांग्रेसलाई दबाब दिनुपर्दछ।

अहिले संविधान ‘ट्रयाक’बाट 'आउट' भएको छ। कांग्रेस नेतृत्वको सरकारले बनाएको संविधान संसद पुनःस्थापना भए ट्रयाकमा आउँछ। १७ वैशाखमा निर्वाचन हुन सकेन भने नेपाल फेरि द्वन्द्वमा फस्ने चिन्ता छ।

प्रतिनिधि सभा विघटनमा ओलीलाई मात्रै दोष दिइरहेका छौं। प्रचण्ड–माधव पनि यही सरकारका मतियार हुन्। यस सरकारले गरेका असंवैधानिक कार्यमा उनीहरुले पनि विगतमा साथ दिएका होइनन् र? त्यसैले प्रतिनिधि सभा विघटनमा ओली सरह नै प्रचण्ड र माधव पनि दोषी हुनुहुन्छ।

कुन पक्षलाई सहयोग गरेर जानेमा नेतादेखि कार्यकर्तासम्म द्विविधा छ। केन्द्रीय समितिमा पनि मतान्तर छ। कांग्रेसको छुट्टै विचार र पहिचान भएकाले दुइटै समूहसँग हामी मिलेर जान हुँदैन। आफ्नो खुट्टामा टेकेर हामी विरोधमा उत्रनुपर्छ। ‘बिपी कोइरालाले कम्युनिस्टसँग सहकार्य नगर’ भनेर जानुभएको छ। गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालाले केही कारणले गर्दा कम्युनिस्टसँग सहकार्य गर्नुभएको थियो। अब, सच्चिनुपर्ने बेला आएको छ। कम्युनिस्टसँग सहकार्य र हातेमालो गरेर होइन, कांग्रेस आफ्नै खुट्टामा उभिन सक्छ भनी देखाउनु छ। र, देखाउँछौँ पनि।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसलाई मजबुत बनाउन क्रममा पार्टीभित्रै विभेद भएको पनि छ। कार्यकर्तालाई अन्यायमा पर्न दिइनेछैन। गलत प्रवृत्तिको प्रोत्साहन दिइने छैन। पार्टीका लागि मेहनत गर्नेलाई नै वडादेखि माथिसम्मको टिकट उपलब्ध हुनेछ।

कांग्रेसका कार्यकर्ताको मनमा अर्को पनि प्रश्न उब्जिरहेको छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्नुहुन्छ भन्ने कार्यकर्तामा आशंका छ। अर्कोतर्फ, वरिष्ठ नेता पौडेल प्रचण्ड–माधव नेकपासँग मिलेर जानुपर्छ भन्ने पनि आशंका उत्तिकै छ। कांग्रेस कुनै पक्षसँग मिलेर जानै हुँदैन।

प्रदेश १ र बागमतीमा नेकपाकै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएका छन्। यी दुई ठाउँमा आएका अविश्वास प्रस्तावपछि कसरी जाने भन्नेमा कांग्रेस अप्ठ्यारोमा छ। कांग्रेसले जुन पक्षलाई सहयोग गर्छ, त्यही पक्षको सरकार बन्छ। अथवा, उनीहरुको जुन पक्षले सहयोग गरे पनि हाम्रो सरकार बन्नसक्छ। पार्टीले गम्भीरता देखायो भने प्रदेशमा पनि कांग्रेसको सरकार बन्ने अवस्था आउनसक्छ। हतारमा कुनै पक्षलाई सहयोग गर्ने निर्णय गरियो भने कांग्रेस फेरि दुर्घटनामा पर्छ। अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मत हाल्नुपर्छ। ओली पक्षीय प्रदेश सरकारलाई हटाउनु पर्दछ। त्यसपछि कांग्रेसको हात कसरी बलियो बनाउने छलफल गर्नुपर्दछ।

प्रतिनिधि सभा असंवैधानिक भन्नुको अर्थ निर्णय सच्चाऊ भन्नु हो। केन्द्रदेखि वडासम्म असंवैधानिक कदम भनी विरोधमा उत्रिसकेका छौं। १३ गते बस्ने केन्द्रीय समितिको बैठकले फेरि विरोधका कार्यक्रम तय गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा फुट्यो, हामी जित्छौं भन्ने भ्रममा कांग्रेस पर्नु आवश्यक छैन। नेकपा फुटेर कांग्रेसले जित्ने होइन। नेकपा ‘क्याडर बेस्ड’ पार्टी हो। त्यो भोट उनीहरुकै खेमामा जान्छ। कांग्रेस ‘मास बेस्ड’ पार्टी हो। कांग्रेसप्रति चित्त बुझेन भने भोट दिँदैनन्।

पार्टी अहिले अप्ठ्यारो स्थितिमा छ। एकातिर संसद विघटन भएको छ। अर्कोतिर, वर्तमान कार्यसमितिको कार्यकाल फागुनमा सकिँदैछ। महाधिवेशनको नयाँ मितिको निक्र्यौल गर्न सकेका छैनौं। क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी तल्लो कमिटीलाई छ। क्रियाशील सदस्यता टुंगो लगाउने क्रममा विवाद हुनसक्छ। विवाद भए पनि क्रियाशील सदस्यता वितरण/नवीकरण सक्नुपर्छ। क्रियाशील सदस्यता वितरण समयमा नसकिए अन्तिम म्याद भदौमा पनि महाधिवेशन हुन सक्दैन। भदौभित्र महाधिवेशन गर्न सकेनौं भने कांग्रेस नरहन पनि सक्छ। महाधिवेशनले मात्रै कांग्रेसलाई उर्जा थप्छ। नयाँ नेतृत्वले नयाँ ढंगले पार्टीलाई अघि बढाउँछ। त्यसपछि मात्र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ।

चुनाव हुने परिस्थिति बन्यो भने भदौभित्र महाधिवेशन हुनुपर्छ। चुनाव नहुने भयो भने पनि भदौमा महाधिवेशन गर्नैपर्छ। भदौअघि महाधिवेशन गर्नुको कुनै विकल्प हामीसामु छैन। महाधिवेशन नगरी कांग्रेसलाई कमजोर पार्ने कार्य हामीले गर्न दिदैनौं।

कांग्रेसलाई थप उर्जा भर्ने प्रण मैले गरेको छु। तल्लो कार्यसमितिमा युवाहरुलाई पहिलो प्राथमिकता हुनुपर्छ। ५० प्रतिशत बढी युवाहरु कांग्रेसका कार्यसमितिमा हुनुपर्दछ। पार्टीलाई जीवन्त राख्ने हो भने युवाहरु कार्यसमितिमा हुनुपर्दछ। केन्द्रीय समितिमा ५० प्रतिशत सदस्य युवा हुने अवस्था बने कांग्रेस अनुभव र उर्जाले भरिएको दल बन्नेछ। अनुभवले नीति बनाउँछ, उर्जायुक्त युवाले कांग्रेस नीतिलाई गाउँगाउँ पुर्‍याउँछन्।

कांग्रेसलाई मजबुत बनाउन क्रममा पार्टीभित्रै विभेद भएको पनि छ। कार्यकर्तालाई अन्यायमा पर्न दिइनेछैन। गलत प्रवृत्तिको प्रोत्साहन दिइने छैन। पार्टीका लागि मेहनत गर्नेलाई नै वडादेखि माथिसम्मको टिकट उपलब्ध हुनेछ।

कांग्रेसको काँधमा लोकतन्त्रलाई बचाउने दायित्व छ। साथै, राष्ट्रियताअघि बढाउने जिम्मा पनि कांग्रेसलाई छ।

(कञ्चनपुर क्षेत्र नम्बर १ बेलौरीमा आयोजना भएको अगुवा कार्यकर्ता भेलामा कांग्रेस नेता कोइरालाले राखेको विचारको सम्पादित अंश) 

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्