काठमाडौं- नेकपाको ओली पक्षका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा‘बादल’ले संसद पुनःस्थापना गर्नु पश्चगामी कदम भएको बताएका छन्। प्रेस संगठन नेपालको राजधानीको प्रज्ञा भवन कमलादीमा बोल्दै थापाले अग्रगामी निर्णयका लागि ताजा जनादेशमा जानुपर्ने बताए।
पार्टी नेतृत्वले राजनीतिक स्थायीत्वसहित कम्युनिस्ट आन्दोललाई एकताबद्ध गराउन संसद विघटन गरेको बताए। ‘पुरानो संसद पुनःस्थापनाले प्रतिगमनलाई नित्याउँछ। संसद पुनःस्थापना पश्चगामी कदम हो‚’ थापाले भने, ‘नयाँ ससदको गठन अग्रगामी कदम हो। पार्टी र सरकारले नयाँ संसदको स्थापना गर्ने ऐतिहासिक निर्णय लिएको छ। एउटा साहसिक राजनीतिक कदम उठाएको छ। आजको सत्य यही हो।’
‘संसद पुनःस्थापनाले प्रतिगमनको दिशातिर लैजान्छ‚’ उनले भने, ‘नयाँ संसदको स्थापनाले हामीलाई अग्रगामी दिशातिर स्थायीत्वको दिशातिर कम्युनिस्ट आन्दोन पुनः एकीकरणको दिशातिर लैजान्छ। त्यसैले यो सत्यको अन्वेषण‚ स्थापित गर्ने आजको आवश्यकता हो।’
संसद विघटनले राजनीतिक अस्थिरता मच्चाएको भन्ने विषयलाई थापाले ठाडै अस्वीकार गरे। उनले राजनीतिक रुपमा नेतृत्वलाई असहयोग गर्ने र घेराबन्दी गर्न थालेपछि विघटनको अवस्था आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।