काठमाडौं- प्रधानमन्त्री केपी ओलीले संघर्ष गर्दा योद्धाका छोराछोरी चाहिएपनि अवसर पाउँदा आफ्ना छोराछोरी र ज्वाइँलाई दिने गरेको टिप्पणी गरेका छन्। प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै ओलीले पुष्पकमल दाहाल‘प्रचण्ड’ले संघर्ष गर्दा जनताका छोराछोरीलाई प्रयोग गरे पनि अवसर पाउँदा आफ्नै छोराछोरी र ज्वाइँलाई अवसर दिने गरेको बताए।
आफ्नै छोरीलाई मत नपुगेपछि मतपत्र च्यातेर भएपनि मेयर बनाएको भन्दै ओलीले परिवारका लागि प्रचण्डले मरिहत्ते गर्ने बताए।
‘केपी ओलीका छोराछोरी छैनन्‚ मेरा त छोराछोरी छन्। ज्वाइँ छन्। हेर्नै पर्यो‚ बनाउनै पर्यो। छोरी भएका मान्छेले मेयर बनाउनै पर्यो। बनाउन मत पुगेन भने मतपत्र च्यात्नै पर्यो। ज्वाईं छन्‚ घर, घडेरी, गाडी पद दिनैपर्यो‚’ प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीका छोराछोरी छैनन् कसलाई देओस्। मेरा त छन्‚ दिन्छु। एउटा कुरा उहाँलाई सम्झाउँछु। मलाई यो देशका सबै केटाकेटीलाई आफ्नैजस्ता लाग्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।