• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘नेपाली संगीत लावारिस छ’

64x64
पुष्पा थपलिया शनिबार, माघ ३, २०७७  ०६:३५
1140x725

शुक्रबार अपराह्न १२ बजेतिर संगित रोयल्टी संकलन समाजको कार्यलय, अनामनगर पुग्दा अध्यक्ष महेश खड्का हार्मोनियममा व्यस्त थिए। हातमा कलम र कापी बोकेर नयाँ गीतमा संगित भरिरहेका उनले संगीत सिर्जनाका विषयमा आफ्नो तरिका बताए। ‘बल गरेर त्यो मन यता मोड भन्दिन म’ भन्ने गीतको संगीत मैले शब्द हेरेर बनाएको हुँ अनि ‘मैले त्यही भएर मनपराको’ भन्ने गीत चाहिँ पहिले धुन तयार पारेर कृष्णहरी बरालले त्यसमाथी शब्द लेखेका हुन्।
न बिर्से तिमीलाई न पाएँ तिमीलाई, मेरो दिल छ पोखरामा जस्ता चर्चित गीतमा संगित भरिसकेका खड्का अहिले खोसाखोस परिरहेको ‘याद गर्न पनि कोहि न कोहि त चाहिँदो रहेछ’ गीतको संगितकार पनि हुन्। 

नजिकबाट संगित क्षेत्रलाई नियालीरहेका खड्काले हाल गायक प्रमोद खरेल र उत्पादक सविन रेग्मीबीच मच्चिरहेको हल्लाखल्लालाई बुझाउँदै भने, ‘बच्चा जन्मियो। जन्माउनेले कसैको जिम्मा लगाएर छोडिदियो। जिम्मा पाउनले त्यसको पालनपोषण गर्‍यो र हुर्कायो। हुर्किएपछि त्यसले टन्नै पैसा कमाउन थाल्यो‚’ उनले अगाडि थपे, ‘वर्षौंपछि जन्माउनेले त्यो मैले जन्माएको बच्चा हो, कमाइमा अधिकार मेरो लाग्छ भन्यो। पाल्नेले पनि मैले दुःख गरेर पालें, हक मेरो लाग्छ भन्यो। यो मुद्दा अहिले अदालतमा पुगेको छ। फैसला के हुन्छ थाहा छैन।’ 

अदालतको फैसलाबारे बिरसिलो पारामा खड्काले भने, ‘हाम्रा सरकारमा बसेका मानिससँग संगीतको राम्रो ज्ञान छैन। मुलुकी ऐन पढेकाले प्रतिलिपी ऐनका बारेमा गरेको फैसलाले कस्तो नजीर बस्ने हो भन्ने चिन्ता लागेको छ। फैसला भन्नेबित्तिकै कसैको हार र कसैको जित हुन्छ‚’ खड्काले भने, ‘यहाँ जसले जितेपनि हार संगीतको हुन्छ।’

त्यसो भए उपाय के छ त? 
स्रष्टा सर्जकको सचेतना नै यसको उपाय भएको खड्काले बताए। उनले उदाहरण दिदै भने, ‘हामी आफ्ना गीतसंगीत लिन्न भन्दाभन्दै पनि निःशुल्क बाँड्छौं, यसले गर्दा करोडौंको घाटा खेपिरहेका छौं।’ सुरुमा नचल्ला भनेर वास्ता नगरेका गीत नै चर्चामा पुगेपछि समस्यामा जकडिएको उनको भनाइ छ। 

चलेका गीतका गायकगायिकालाई त खड्का संगितका नातेदार भन्छन्। दाजुभाइ मिलेर सबै काम गर्‍यो, सम्पती जोड्यो। अंशको भागबण्डा लगाउँदा भान्जाभान्जी पनि थपिन्छन् र बराबरको भाग हत्याउँछन्। 

संगितको क्षेत्रमा सबैभन्दा फाइदा खाने पनि गायकगायिका नै भएको उनको भनाइ छ। स्टेज उनिहरुकै, गीतको रोयल्टीमा बराबरको भाग उनिहरुकै। 
भडास पोख्दै खड्काले भने, ‘अर्काले मेहनत गरेर गीत तयार पार्‍यो तर गाएपछि चर्चा उसैको मात्र। निर्माणका क्रममा संगितकार, गीतकार, वाद्यवादकलगायतको मेहनत सबै शून्यमा विलीन भयो‚’ उनले थपे, ‘अझै मेरो गीतको ट्रयाक भन्दै स्टेजमा बजाउन दिँदा कन्परो तात्ने रहेछ।’ 
कन्सर्टहरुमा जाँदा ट्रयाकको साटो वाद्यवादक लैजाने, आएको पैसाको केही रकम संगितकार र गीतकारलाई दिने गरेमा यस्ता समस्या हट्ने उनको भनाइ छ।

No description available.

अहिले आएका नयाँ संञ्चारमाध्यमसँग पनि आक्रोसित छन् खड्का। उनले भने, ‘समय, ट्याक्सी भाडा अझै चिया कफीको दामसमेत तिरेर उनिहरुलाई अन्तवार्ता दिन जान्छौं। त्यसलाई अनेक हेडलाइन राखेर बेच्छन् र डलर कमाउँछन्। त्यहाँ परिश्रमक मोल खै? हाम्रो रोयल्टी खै?’ 

Ncell 2
Ncell 2
nimb
nimb

जबसम्म यस्ता कुरामा कलाकार स्वयं सचेत हुँदैनन्, संगीतमा यस्ता झमेला भइरहने उनको भनाइ छ। 

आफूलाई संगित क्षेत्रमा योगदान दिने रहरले रोयल्टी समाजको अध्यक्ष बनेको बताउने खड्का अब भने संगीत सिर्जनामै समय बिताउने सुरमा छन्। निधार खुम्च्याउँदै उनले भने, ‘जति गर्दापनि यो क्षेत्रका मान्छेले कुरा बुझेनन्, अब आफ्नै काममा ध्यान दिन्छु।’

एक महिनामात्रै कार्यकालको अवधि रहेको बताउँदै उनले भने, ‘मैले मेरो युवा अवस्थाको सक्रिय दिमागलाई यता ल्याएर खेर फालें कि जस्तो लाग्छ।’ 
उनलाई रोयल्टी समाजप्रति यस्तो निराशा पैदा हुनुको कारण हो, भ्रष्टाचारको आरोप। करोडौंको भ्रष्टाचार गरेको आरोपबारे उनले भने, ‘पहिले विदेशीको चन्दाले समाज चलेको थियो। अहिले त्यो बन्द छ। संस्था चलाउन कर्मचारी चाहिन्छ, कार्यलय चाहिन्छ। यहाँ पैसा खर्च हुन्छ।’ 

यातायातबाट लाखौं रोयल्टी उठेको तर वितरण नगरिएको सम्बन्धमा उनले भने, ‘रोयल्टी दुई प्रकारले उठाइन्छ। एउटा कुन गीत कतिचोटी बजाइयो भन्ने आधारमा, अर्को समग्र गीत बजाइएको आधारमा।’ 

कुन कलाकारको गीत कतिचोटी बज्यो भन्ने कुरा रेडियो, टेलिभिजन तथा अहिलेका डिजिटल प्लेटफर्मबाट सजिलै थाहा हुन्छ। तर यातायातको साधनमा कुन कलाकारको कस्तो गीत कतिचोटी बज्यो भन्ने थाहा हुँदैन। त्यहाँ जुनसुकै गीत बजाएबापतको रोयल्टी संकलन गर्ने हो।’ 

यातायातका साधनबाट लाखौं रोयल्टी उठेको स्वीकार गर्दै उनले भने, ‘हामीले त्यही गीत बजाएबापत उठेको पैसाले कर्मचारीको तलव, कार्यालयको भाडादेखि अन्य खर्च जुटाउँछौं।’ 

बाहिरका मान्छेले आएको देख्ने तर गएको नदेख्ने भएकाले यता आरोप लागेको उनले बताए। 

त्यसो त डिजिटल प्लेटफर्म सुरु भएसँगै पाइरेसीको मात्रा पनि बढेको उनको भनाइ छ। हामीले हाम्रा सन्तान जन्मायौंमात्रै त्यसलाई कस्तो वातावरणमा कसरी हुर्काउने भन्ने जानेनौं। चिन्तित मुद्रामा उनले भने, ‘हाम्रा संगीतहरू अभिभावकविहीन बनेका छन्। तिनिहरू लावारिस छन्।’

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्