• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘नेपाली संगीत लावारिस छ’

64x64
पुष्पा थपलिया शनिबार, माघ ३, २०७७  ०६:३५
1140x725

शुक्रबार अपराह्न १२ बजेतिर संगित रोयल्टी संकलन समाजको कार्यलय, अनामनगर पुग्दा अध्यक्ष महेश खड्का हार्मोनियममा व्यस्त थिए। हातमा कलम र कापी बोकेर नयाँ गीतमा संगित भरिरहेका उनले संगीत सिर्जनाका विषयमा आफ्नो तरिका बताए। ‘बल गरेर त्यो मन यता मोड भन्दिन म’ भन्ने गीतको संगीत मैले शब्द हेरेर बनाएको हुँ अनि ‘मैले त्यही भएर मनपराको’ भन्ने गीत चाहिँ पहिले धुन तयार पारेर कृष्णहरी बरालले त्यसमाथी शब्द लेखेका हुन्।
न बिर्से तिमीलाई न पाएँ तिमीलाई, मेरो दिल छ पोखरामा जस्ता चर्चित गीतमा संगित भरिसकेका खड्का अहिले खोसाखोस परिरहेको ‘याद गर्न पनि कोहि न कोहि त चाहिँदो रहेछ’ गीतको संगितकार पनि हुन्। 

नजिकबाट संगित क्षेत्रलाई नियालीरहेका खड्काले हाल गायक प्रमोद खरेल र उत्पादक सविन रेग्मीबीच मच्चिरहेको हल्लाखल्लालाई बुझाउँदै भने, ‘बच्चा जन्मियो। जन्माउनेले कसैको जिम्मा लगाएर छोडिदियो। जिम्मा पाउनले त्यसको पालनपोषण गर्‍यो र हुर्कायो। हुर्किएपछि त्यसले टन्नै पैसा कमाउन थाल्यो‚’ उनले अगाडि थपे, ‘वर्षौंपछि जन्माउनेले त्यो मैले जन्माएको बच्चा हो, कमाइमा अधिकार मेरो लाग्छ भन्यो। पाल्नेले पनि मैले दुःख गरेर पालें, हक मेरो लाग्छ भन्यो। यो मुद्दा अहिले अदालतमा पुगेको छ। फैसला के हुन्छ थाहा छैन।’ 

अदालतको फैसलाबारे बिरसिलो पारामा खड्काले भने, ‘हाम्रा सरकारमा बसेका मानिससँग संगीतको राम्रो ज्ञान छैन। मुलुकी ऐन पढेकाले प्रतिलिपी ऐनका बारेमा गरेको फैसलाले कस्तो नजीर बस्ने हो भन्ने चिन्ता लागेको छ। फैसला भन्नेबित्तिकै कसैको हार र कसैको जित हुन्छ‚’ खड्काले भने, ‘यहाँ जसले जितेपनि हार संगीतको हुन्छ।’

त्यसो भए उपाय के छ त? 
स्रष्टा सर्जकको सचेतना नै यसको उपाय भएको खड्काले बताए। उनले उदाहरण दिदै भने, ‘हामी आफ्ना गीतसंगीत लिन्न भन्दाभन्दै पनि निःशुल्क बाँड्छौं, यसले गर्दा करोडौंको घाटा खेपिरहेका छौं।’ सुरुमा नचल्ला भनेर वास्ता नगरेका गीत नै चर्चामा पुगेपछि समस्यामा जकडिएको उनको भनाइ छ। 

चलेका गीतका गायकगायिकालाई त खड्का संगितका नातेदार भन्छन्। दाजुभाइ मिलेर सबै काम गर्‍यो, सम्पती जोड्यो। अंशको भागबण्डा लगाउँदा भान्जाभान्जी पनि थपिन्छन् र बराबरको भाग हत्याउँछन्। 

संगितको क्षेत्रमा सबैभन्दा फाइदा खाने पनि गायकगायिका नै भएको उनको भनाइ छ। स्टेज उनिहरुकै, गीतको रोयल्टीमा बराबरको भाग उनिहरुकै। 
भडास पोख्दै खड्काले भने, ‘अर्काले मेहनत गरेर गीत तयार पार्‍यो तर गाएपछि चर्चा उसैको मात्र। निर्माणका क्रममा संगितकार, गीतकार, वाद्यवादकलगायतको मेहनत सबै शून्यमा विलीन भयो‚’ उनले थपे, ‘अझै मेरो गीतको ट्रयाक भन्दै स्टेजमा बजाउन दिँदा कन्परो तात्ने रहेछ।’ 
कन्सर्टहरुमा जाँदा ट्रयाकको साटो वाद्यवादक लैजाने, आएको पैसाको केही रकम संगितकार र गीतकारलाई दिने गरेमा यस्ता समस्या हट्ने उनको भनाइ छ।

No description available.

अहिले आएका नयाँ संञ्चारमाध्यमसँग पनि आक्रोसित छन् खड्का। उनले भने, ‘समय, ट्याक्सी भाडा अझै चिया कफीको दामसमेत तिरेर उनिहरुलाई अन्तवार्ता दिन जान्छौं। त्यसलाई अनेक हेडलाइन राखेर बेच्छन् र डलर कमाउँछन्। त्यहाँ परिश्रमक मोल खै? हाम्रो रोयल्टी खै?’ 

Ncell 2
Ncell 2
nimb
nimb

जबसम्म यस्ता कुरामा कलाकार स्वयं सचेत हुँदैनन्, संगीतमा यस्ता झमेला भइरहने उनको भनाइ छ। 

आफूलाई संगित क्षेत्रमा योगदान दिने रहरले रोयल्टी समाजको अध्यक्ष बनेको बताउने खड्का अब भने संगीत सिर्जनामै समय बिताउने सुरमा छन्। निधार खुम्च्याउँदै उनले भने, ‘जति गर्दापनि यो क्षेत्रका मान्छेले कुरा बुझेनन्, अब आफ्नै काममा ध्यान दिन्छु।’

एक महिनामात्रै कार्यकालको अवधि रहेको बताउँदै उनले भने, ‘मैले मेरो युवा अवस्थाको सक्रिय दिमागलाई यता ल्याएर खेर फालें कि जस्तो लाग्छ।’ 
उनलाई रोयल्टी समाजप्रति यस्तो निराशा पैदा हुनुको कारण हो, भ्रष्टाचारको आरोप। करोडौंको भ्रष्टाचार गरेको आरोपबारे उनले भने, ‘पहिले विदेशीको चन्दाले समाज चलेको थियो। अहिले त्यो बन्द छ। संस्था चलाउन कर्मचारी चाहिन्छ, कार्यलय चाहिन्छ। यहाँ पैसा खर्च हुन्छ।’ 

यातायातबाट लाखौं रोयल्टी उठेको तर वितरण नगरिएको सम्बन्धमा उनले भने, ‘रोयल्टी दुई प्रकारले उठाइन्छ। एउटा कुन गीत कतिचोटी बजाइयो भन्ने आधारमा, अर्को समग्र गीत बजाइएको आधारमा।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुन कलाकारको गीत कतिचोटी बज्यो भन्ने कुरा रेडियो, टेलिभिजन तथा अहिलेका डिजिटल प्लेटफर्मबाट सजिलै थाहा हुन्छ। तर यातायातको साधनमा कुन कलाकारको कस्तो गीत कतिचोटी बज्यो भन्ने थाहा हुँदैन। त्यहाँ जुनसुकै गीत बजाएबापतको रोयल्टी संकलन गर्ने हो।’ 

यातायातका साधनबाट लाखौं रोयल्टी उठेको स्वीकार गर्दै उनले भने, ‘हामीले त्यही गीत बजाएबापत उठेको पैसाले कर्मचारीको तलव, कार्यालयको भाडादेखि अन्य खर्च जुटाउँछौं।’ 

बाहिरका मान्छेले आएको देख्ने तर गएको नदेख्ने भएकाले यता आरोप लागेको उनले बताए। 

त्यसो त डिजिटल प्लेटफर्म सुरु भएसँगै पाइरेसीको मात्रा पनि बढेको उनको भनाइ छ। हामीले हाम्रा सन्तान जन्मायौंमात्रै त्यसलाई कस्तो वातावरणमा कसरी हुर्काउने भन्ने जानेनौं। चिन्तित मुद्रामा उनले भने, ‘हाम्रा संगीतहरू अभिभावकविहीन बनेका छन्। तिनिहरू लावारिस छन्।’

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्