काठमाडौं– पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्।
यसैक्रममा गज्जब टिभीको प्रस्तुतीमा "आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक भएको छ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
नेपाल प्रहरीमा कार्यरत प्रहरी एआईजी दान बहादुर कार्कीको शब्द बसन्त सापकोटाको संगीत रहेको "आँखा झिमझिम झिम भो" बोलको गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सदिक्षा कार्की कट्टेल र समिर खरेलको सुमधुर आवाज रहेको छ भने सुनिल छेत्री र कबिता नेपाली फिचरमा छन्।
किरण थापाको निर्देशन/कोरियोग्राफी पवन सुस्लिङ्गको छायांकन र पवन सुस्लिङ्गकै सम्पादन रहेको छ।
Gazzab Tv को अफिसियल युटुबमा भिडियो हेर्नुहोस :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।