• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारी : गन्तव्य देशसँग सम्झौता गर्दै‚ छाड्दै

64x64
निर्मला घिमिरे बुधबार, पुस २२, २०७७  ०६:५३
1140x725

काठमाडौं–सरकारले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थामार्फत् ११० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत् १७२ मुलुकहरु खुला गरेको छ। तर हालसम्म विभिन्न ९ वटा मुलुकसँग मात्रै श्रम सम्झौता तथा समझदारी गरेको छ। नेपालले कतार, संयुक्त अरब इमिरेट्स (युएई), गणतन्त्र कोरिया (दक्षिण कोरिया), बहराइन, जापान, इजरायल, जोर्डन्, मलेसिया र मौरिसस गरी ९ वटा मुलुकहरुसँग श्रम सम्झौता/समझदारी गरेको छ । 

कुन मुलुकसँग श्रम सम्झौता/समझदारी कहिले ? 
नेपालले सन् २००५ मा कतारसँग पहिलो पटक श्रम सम्झौता (एग्रिमेन्ट) गरेको थियो । जापानसँग सन् २००९ मा जिट्को मोडलमा कामदार पठाउन श्रम सम्झौता (एग्रिमेन्ट) गरेको थियो। सन् २०१९ मा जापानसँग पुनः विशिष्ट दक्षता भएका श्रमिकहरु लैजान सहकार्यको समझदारी (एमओसी) भएको छ। त्यस्तै अफ्रिकी मुलुक मौरिसससँग सन् २०१९ मा समझदारी (एमओयु) भएको छ।  यस्तै नेपाल–मलेसियाबीच सन् २०१८ मा समझदारी (एमओयु) भएको छ । जोर्डनसँग सन् २०१७ मा सम्झौता (एग्रिमेन्ट) भएको छ।

इजरायलसँग नेपाली कामदार पठाउने गरी सन् २०१५ मा संयुक्त कार्यक्रम भएकोमा २०७७ असोज १४ (३० सेप्टेम्बर २०२०) मा कृषि लगायत विभिन्न क्षेत्रमा नेपाली कामदार लैजाने गरी श्रम सम्झौता भएको छ। बहराइनसँग सन् २००८ मा समझदारी (एमओसी) भएको थियो । नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २००७ मा समझदारी (एमओयु) गरिएकोमा सन् २०१९ मा नवीकरण गरिएको छ। दक्षिण कोरियासँग सन् २००७ मा श्रम समझदारी (एमओयु) गरिएको छ। समझदारी प्रत्येक दुई/दुई वर्षमा नवीकरण गरिने व्यवस्था गरिएको छ । त्यस्तै कतारसँग सन् २००५ मा सम्झौता (एग्रिमेन्ट) भएको छ ।

सम्झौता गर्दै छाड्दै 
आप्रवासनबाट हुने पारस्परिक लाभलाई अभिवृद्धि गर्न तथा यसको उचित व्यवस्थापनका लागि सरकारले गन्तव्य मुलुकहरुसँगको द्विपक्षीय श्रम सम्झौतालाई उच्च प्राथमिकतामा राखेको जनाए पनि श्रमिकका थुप्रै आकर्षक गन्तव्य मुलुकहरुसँग सम्झौता/समझदारी गर्न सकेको छैन। भएकाकाे पनि उचित कार्यान्वयन हुन सकेको छैन। जसले गर्दा अधिकांश सम्झौता/समझदारी कागजमा मात्रै सीमित छन्। सम्झौता/समझदारी गरेका मुलुकमध्ये दक्षिण कोरियाले भने समझदारीअनुसार रोजगार अनुमति प्रणाली ईपिएसमार्फत् कामदार लगिरहेको छ । अन्य मुलुकहरुमा नेपाली कामदारहरुले समझदारीमा व्यवस्था भएअनुसार सेवासुविधा पाएको देखिँदैन। कामदार भर्ना प्रकृयासमेत सम्झौता/समझदारीअनुरुप भएको पाइँदैन।

गन्तव्य मुलुकहरुसँग सम्झौता/समझदारी गर्ने र छोड्ने गर्दा अथवा सरकारले कार्यान्वयनका लागि पहल गर्न नसक्दा अधिकांश मुलुकसँगको समझदारी कार्यान्वयन हुन सकेको छैन । कतिपय आकर्षक गन्तव्य मुलुकहरुसँग समझदारीअनुसार कामदार पठाउन नसक्दा रोजगारी नै गुम्ने अवस्था सिर्जना भएको देखिन्छ। जस्तै नेपाली श्रमिकहरुका लागि काम, कमाई लगायत सेवासुविधाका हिसाबलेसमेत आकर्षक गन्तव्य जापानमा जिटुजी प्रकृयामार्फत् निर्दिष्ट सीपयुक्त कामदार पठाउने गरी समझदारी भएको २ वर्ष बित्नै लागिसकेको छ। तर कामदार भर्ना प्रकृयाको अझै टुंगो लाग्न सकेको छैन। जसले गर्दा जापानको अवसर गुम्ने अवस्था देखिएको छ।

इजरायलसँग सम्झौता भएलगत्तै पहिलो चरणमा ५ सय कामदार लैजाने कुरा बाहिरिएको थियो। तर इजरायलमा पनि कामदार पठाउने प्रकृया सुरु हुन सकेको छैन। यसअघि पनि इजरायलमा कामदार पठाउन ५ वर्षभन्दा अगाडि एउटा सहमति भएको थियो। तर त्यसअनुसार कामदार पठाउन नेपाल असफल भएको थियो । 

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक मलेसियासँग शून्य लागतमा कामदार जान पाउने गरी श्रम समझदारी भएको छ। तर नेपाली श्रमिकहरु लाखौँ बुझाएर जान बाध्य छन्। समझदारीपछि झनै चर्को शुल्क बुझाएर जान बाध्य छन्। कामदारले बुझाएको लागत शुल्क रोजगारदाताले श्रमिकको खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था समझदारीमा भए पनि त्यो लागू हुन सकेको छैन।

कतारसँग श्रम समझदारीमा भएको व्यवस्था निकै पुरानो हो । वर्तमान परिस्थितिअनुसार सो सम्झौताले श्रमिकहरुको हकअधिकार सुनिश्चित गर्न सकेको छैन। समयसँगै सम्झौतामा परिमार्जन गर्न आवश्यक देखिए पनि सम्झौता नवीकरण हुन सकेको छैन। संयुक्त अरब इमिरेट्सँग भएको पुरानो समझदारी दुई वर्ष अगाडि नवीकरण गरिएको छ। तर समझदारीमा समेटिएका सबै व्यवस्थाबाट नेपाली श्रमिकहरु लाभान्वित हुन सकेका छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मौरिससको हकमा नेपालको तर्फबाट श्रमिक छनोटको अधिकार निजी क्षेत्रलाई दिइएको छ । मौरिसस सरकारले भने मध्यस्थकर्ता नराख्ने भएका कारण त्यहाँका रोजगारदाताले नेपालका म्यानपावरसँग सम्पर्क गरेर कामदार लिने व्यवस्था गरिएको छ। तर मौरिससमा पनि समझदारीअनुसार कामदार पठाउन सकिएको छैन। त्यस्तै जोर्डन, बहराईनसँगको श्रम सम्झौता/समझदारी पनि अलपत्र छ । 

नयाँ गन्तव्यसँग सम्झौता, पुराना सम्झौता कार्यान्वयनमा जोडः मन्त्रालय 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गन्तव्य मुलुकसँग भएको श्रम सम्झौता/समझदारी कार्यान्वयन गर्दै अन्य आकर्षक गन्तव्य मुलुकहरुसँग नयाँ श्रम सम्झौता गर्न जोड दिइरहेको दावी गरेको छ । 

काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले समेत सुरक्षित मुलुकहरु खोजी गरी श्रम सम्झौता गर्ने क्रममा पछिल्लो समय सरकारले युरोपका मुलुकहरुसँग प्रकृया अगाडि बढाएको मन्त्रालयका सचिव तोयम राया बताउँछन्। ‘आकर्षक गन्तव्य मुलुकहरु पोल्याण्ड, रोमानिया र सेसेल्ससँग नयाँ श्रम सम्झौताको तयारी गरिएको छ । विस्तारै युरोपका अन्य मुलुकहरुसँग समेत सम्झौताका लागि पहल गरिन्छ,’ सचिव रायाले नेपाल लाईभसँग भने। पुराना सम्झौता कार्यान्वयनमा देखिएका अप्ठ्याराहरुलाई केलाएर कार्यान्वयनमा जोड दिइरहेको उनको भनाइ छ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या निकै ठूलो छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०५०/०५१ देखि गत चैत मसान्तसम्म ५४ लाख ९६ हजार ४६० (२ लाख ३७ हजार ९६१ महिला र ५२ लाख ५८ हजार ४९९ पुरुष )जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुको यकिन तथ्यांक भने सरकारले राख्न सकेको छैन । 

वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक हेर्दा नेपालीहरुको जीविकोपार्जन नै वैदेशिक रोजगारीसँग जोडिएको छ। अर्थात् जीविकोपार्जनका लागि विदेशिनुपर्ने नेपालीहरुको बाध्यता छ। तर नेपाली श्रमिकहरु परदेशमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य छन्। जोखिम मोलेर काम गर्दा पनि पारिश्रमिक तथा सेवासुविधासमेत निकै न्यून रहेको विभिन्न अध्ययनले देखाएको छ। कतिपय श्रमिकहरुले काम गरेर पनि पारिश्रमिक पाउन मुस्किल परेका घटनासमेत बाहिरिएका छन्।

तर सुरक्षित नियमित तथा मर्यादित वैदेशिक रोजगारीको परिकल्पना गरेको सरकारले यसका लागि उचित पहलकदमी गर्न सकेको छैन।  विद्यमान तथा नयाँ श्रम गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकहरुको हकअधिकार अधिकतम संरक्षण गर्ने लक्ष्य अघि सारिए पनि नयाँ उदयमान गन्तव्य मुलुकहरुसँग सम्झौता गरि श्रमिकहरुको हकअधिकार सुनिश्चित गरी सुरक्षित तथा आयमूलक रोजगारीका अवसरहरुको प्रवर्द्धन गर्न सकिएको छैन। 
 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्