• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

दीर्घकालीन रोजगारी सिर्जना र सीप विकास बजेटमै सीमित

64x64
निर्मला घिमिरे सोमबार, पुस २०, २०७७  ०६:४३
1140x725

काठमाडौं–सरकारले बजेटको ठूलो हिस्सा हरेक वर्ष रोजगारी सिर्जना तथा सीप विकासका लागि छुट्याउँदै आएको छ। बजेट हेर्दा दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका योजनाहरुले प्राथमिकताका साथ स्थान पाएको देखिन्छ।

‘बजेटमा व्यवस्था भएअनुसार कार्यान्वयन हुने हो भने साँच्चै नेपालमा युवाहरु बेरोजगार भएर बस्नुपर्ने अवस्था नै हुँदैन थियो। तर सबै योजनाको उचित कार्यान्वयन हुँदैन जसले नेपालमा बेरोजगारी समस्या बढ्दै गइरहेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारी भन्छन्। 

हुन पनि सरकारले अघि सारेका रोजगारी सिर्जनाका कार्यक्रम र अहिलेको बेरोजगार युवाहरुको संख्या हेर्दा नेपालमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने अवस्था देखिँदैन। किनकि केन्द्र सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ लाख ३४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरेको छ। त्यस्तै प्रदेश तथा स्थानीय सरकारहरुले पनि आ–आफ्नै ढंगले रोजगारीका कार्यक्रम अघि सारेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७७ पुस १६ गतेसम्मको तथ्यांक हेर्दा ७ लाख ४३ हजार ९१ बेरोजगार युवाले सरकारसँग कामको माग गर्दै आवेदन दिएका छन्। बेरोजगार युवाहरुको संख्या तथा बजेटमा व्यवस्था गरिएको रोजगारी सिर्जनाको संख्या हेर्दा देशमा लाखौँ युवाहरु बेरोजगार भएर भौतारिनुपर्ने अवस्था देखिँदैन। तर सरकारले योजना मात्रै ल्याएर अलपत्र पारेका कारण देशमा बेरोजगारी समस्या बढ्दै गएको छ। कामकै खोजीमा युवाहरु भारत तथा मलेसिया र खाडीलगायत अन्य मुलुक चहार्न युवाहरु बाध्य हुनुपरेको छ। 

७ लाख रोजगारी सिर्जनाका लागि ३६ अर्ब बजेट 
चालु आर्थिक वर्ष (२०७७/०७८) मा सरकारले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जनामा जोड दिएको देखिन्छ। विभिन्न शीर्षकअन्तर्गत प्रत्यक्ष रोजगारी सिर्जनाका लागि मात्रै सरकारले कुल ३६ अर्ब ९४ करोड रकम छुट्याएको देखिन्छ। यो रकमबाट कुल ७ लाख ३४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ। 

तालिकामा हेर्नुस् सरकारले चालु आर्थिक वर्षका लागि अघि सारेका रोजगारी सिर्जनाका कार्यक्रम तथा बजेटको अवस्था- 
 

सरकारले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम रोजगारी उपलब्ध गराउने योजना अघि सारेको छ। जसका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ। संघ तथा संघ तथा प्रदेशस्तरमा सीप विकास गरी ५० हजार युवालाई दीर्घकालीन रोजगारी उपलब्ध गराउन १ अर्ब बजेट छुट्याएको छ। विभिन्न उद्योगहरुसँग मिलेर श्रमिकहरुलाई रोजगारीसहितको तालिम प्रदान गर्न १ अर्ब बजेट छुट्याइएको छ। जसबाट ५० हजार दीर्घकालीन रोजगारी सिर्जना हुने लक्ष्य छ। यो कार्यक्रमअन्तर्गत सरकारले रोजगारीसहितको तालिम उपलब्ध गराउने उद्योगहरुलाई ३ महिना तालिम अवधिको ५० प्रतिशत रकम बराबर अनुदानका रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै प्राविधिक एंव व्यवसायीक शिक्षामार्फत् ७५ हजार युवालाई रोजगारी उपलब्ध गराउन सरकारले ४ अर्ब ३४ करोड बजेट छुट्याएको छ। साना किसान कर्जा कार्यक्रमबाट ४० हजार रोजगारी सिर्जना गर्ने बजेटमा व्यवस्था छ। युवा स्वरोजगार कोषको स्वरोजगार कार्यक्रमबाट १२ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ। अझ यो कार्यक्रमबाट अपत्यक्ष रुपमा ठूलो संख्यामा रोजगारी सिर्जना हुने देखिन्छ।

गरिबका लागि लघु उद्यमलगायत उद्योग क्षेत्रबाट १ लाख २७ हजार रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ। यो शीर्षकका लागि बजेट रकम भने खुलाइएको छैन। त्यस्तै वन पैदावारमा आधारित उद्योगहरुबाट ३० हजार रोजगारी सिर्जना गर्ने व्यवस्था बजेटमा छ। गरिवी निवारण कोषद्वारा प्रवर्द्धित ६४ जिल्लाका ३२ हजारभन्दा बढी सामुदायिक संस्थाले परिचालन गरेको १९ अर्ब घुम्ति कोष प्रयोग गरी कृषि, लघु तथा साना उद्योग क्षेत्रमा थप १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने व्यवस्था बजेटमा छ। 

उचित कार्यान्वयनको अभावमा योजना अलपत्र 
बजेटमा व्यवस्था गरिएका योजना तथा कार्यक्रमहरु सुन्दा/हेर्दा जति आकर्षक देखिन्छन्। ती योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको पाटो पल्टाउँदा निकै दयनीय देखिन्छ। चालु आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि कार्यक्रम कार्यान्वयनका सन्दर्भमा सरकारले ठोस् कदम चाल्न सकेको देखिँदैन। बजेटमा व्यवस्था भएअनुसारका रोजगारी सिर्जना तथा सीप विकासका कतिपय कार्यक्रम कार्यान्वयनमै आउँदैनन्। केही कार्यक्रमहरु सुरु भईहाले पनि आर्थिक वर्ष सकिनै लाग्दा सुरु हुन्छन्। र जसरी हुन्छ बजेट सकाउने मेलोमात्रै गरिन्छ। अघिल्ला वर्षहरुको उदाहरण हेर्दा पनि धेरैजसो कार्यक्रम झारा टार्न मात्रै भएका थिए।

सरकारले ५ वर्षभित्रमा आन्तरिक रोजगारी प्रवर्द्धन गरी वाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्न अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् पनि रोजगारीका नाममा झारा टार्ने काममात्रै भइरहेको छ। राज्यकोषको अर्बौँ रकम उपलब्धीविहीन योजनामा सकिने गरेको छ। यो कार्यक्रममार्फत् वेरोजगार युवाहरुले रोजगारी पाउने भन्दा पनि पार्टीका कार्यकर्ता पोस्ने प्रवृत्ति बढेको आरोप लाग्ने गरेको छ।

यो वर्ष त प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले बजेटको दायरा बढाएको छ। विश्व बैंकले युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाका लागि उपलब्ध गराएको करिब १४ अर्ब ऋण पनि यही कार्यक्रमका लागि खर्चिने भएको छ। अर्बौँ रुपैयाँ खर्चिइने यो कार्यक्रमको दीर्घकालीन उपलब्धी भने देखिँदैन। रोजगारीका नाममा अघिल्ला वर्षहरुमा जस्तै झिना–मसिना आयोजना तथा झारा टार्ने काममा पैसा खेर जाने निश्चित छ। 

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष्यअनुसार यो वर्ष २ लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितता गरिएको दावी गरेको छ। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट स्थानीय तहलाई विनियोजन गरेको जनाएको छ। 

मन्त्रालयका सचिव तोयम राया यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा थप व्यवस्थित तरिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुने दावी गर्छन्। ‘हामीले यो वर्ष १० अर्ब २४ करोड रुपैयाँ स्थानीय तहलाई पठाएका छौँ। कुन काममा कति रोजगारी सिर्जना गर्ने भनेर तोकिएको छ,’ सचिव रायाले भने।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगारलाई तत्काल रोजगारी उपलब्ध गराउने र देशमै कामका लागि प्रोत्साहन गर्ने दुई वटा लक्ष्य रहेकाले सोहीअनुसार सरकारले काम गरिरहेको सचिव रायाको भनाइ छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम मात्र होइन वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई देशमै आकर्षित गर्न अघि सारिएको सरलकर्जा कार्यक्रम पनि अलपत्र छ। यो वर्ष सरकारले सबै वाणिज्य बैंकका प्रत्येक शाखाले प्रतिशाखा १० तथा विकास बैंकका प्रत्येक शाखाले ५ जनालाई अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ।

तर यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आउने छाँटकाँट देखिएको छैन। कर्जा प्रवाहमा बैंकहरु आनाकानी गरिरहेका छन्। सचिव तोयम राया भने सरकारले वाणिज्य बैंकका प्रत्येक शाखाले १० र विकास बैंकका प्रत्येक शाखाले ५ जनालाई सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था सरकारले गरेकाले त्यसको कार्यान्वयनमा राष्ट्र बैंकको सक्रियता रहने बताउँछन्। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई देशभित्रै आकर्षित गरी विदेशमा युवाहरुले सिकेको सीपबाट लाभान्वित हुने गरी सरकारले यो कार्याक्रम २ वर्ष अगाडि नै अघि सारेको थियो। तर यो कार्यक्रमबाट अपेक्षित रुपमा युवाहरु लाभान्वित हुन सकेका छैनन्। राष्ट्र बैंकको तथ्यांक हेर्दा दुई वर्ष अवधिमा करिब २ सय युवाहरुले मात्रै यस्तो कर्जा पाएका छन्। सरलकर्जा कार्यक्रम कार्यान्वयनमा सक्रियता नदेखाउँदा यो आकर्षक कार्यक्रम पनि ओझेलमा परेको छ। 

यस वर्ष पनि श्रम र रोजगारी शीर्षकमा ७५ हजार युवाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न भन्दै सरकारले ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी राज्यका सबै तहका सरकारी संरचनाहरुबाट समेत सञ्चालन हुने गरेका छन्। तर लगानीअनुसारको प्रतिफल भने यहाँबाट पनि प्राप्त गर्न सकिएको देखिँदैन। 

बजेट बढेको बढ्यै, छैन उपलब्धी 
सरकारले रोजगारी सिर्जनाकालागि विभिन्न आर्थिक वर्षमा छुट्याएको बजेट हेर्दा हरेक वर्ष दायरा बढाइँदै लगेको देखिन्छ। आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८) सम्मको श्रम तथा रोजगारी शीर्षकअन्तर्गत रोजगारी सिर्जना तथा सीप विकासका लागि सरकारले छुट्याएको बजेटको अवस्था हेर्दा बजेटको दायरा हरेक वर्ष बढाइँदै लगेको देखिन्छ। 

यस्तो छ विभिन्न ४ आर्थिक वर्षमा श्रम तथा रोजगारी शीर्षकमा सरकारले छुट्याएको बजेटको अबस्था

आर्थिक वर्ष २०७४/०७५ मा श्रम व्यवस्थापन तथा रोजगार शीर्षक अन्तर्गत सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजन गरेको थियो। उक्त बजेटबाट सरकारले मुलुकमा रोजगारीका अवसर सिर्जना गर्ने तथा उच्च सीपयुक्त जनशक्तिको विकास  गर्ने लक्ष्य अघि सारेको थियो। आर्थिक वर्ष  २०७५/०७६ मा सरकारले काम र रोजगारी शीर्षकमा ३ अर्ब १० करोड बजेट विनियोजन गरेको थियो। सो रकमबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक रोजगारी प्रवर्द्धन गर्नुका साथै सीप विकासमा जोड दिने सरकारको लक्ष्य थियो।

आर्थिक वर्ष २०७६/०७७ मा सरकारले श्रम र रोजगारी शीर्षकमा कुल १२ अर्ब १५ करोड रकम विनियोजन गरेको थियो। जसअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड र श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रकम छुट्याइएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम, सीप विकास, स्वरोजगार, घुम्ती कोषमार्फत रोजगारी लगायत विभिन्न शीर्षकमा सरकारले ३६ अर्ब ९४ करोड रकम विनियोजन गरेको छ। बजेटको दायरा बढाउँदै लगिए पनि यसबाट उपलब्धी भने बढ्न सकेको देखिँदैन।

सरकारले हरेक वर्ष सीप विकासका लागि बजेट छुट्याए पनि सीपयुक्त जनशक्तिको उत्पादन हुन सकेको देखिँदैन। अर्कोतर्फ राज्यको ठूलो स्रोत तथा साधन प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी भइरहेको छ। उचित योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन हुन नसक्दा यस क्षेत्रबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। राज्यको लगानी खेर गइरहेको छ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एकीकृत वार्षिक प्रतिवेदन २०७६’ ले समेत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमबाट अपेक्षाकृत उपलब्धी हुन नसकेको औँल्याएको छ। तालिम कार्यक्रममा एकरुपता नहुनु, पाठ्यक्रम उचित नहुनु, लगायत कारणले यो कार्यक्रम उपलब्धीमूलक हुन नसकेको औँल्याएको छ। सरकारले यतातिर ध्यान नदिई बजेटमात्र खन्याइरहेको देखिन्छ। त्यस्तै रोजगारी सिर्जना तथा सीप विकासका अन्य थुप्रै योजनाहरु अलपत्र छन्। अर्बौँ रकम खर्चिँदा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धी भाषण गरिए जस्तो छैन। 

अघिल्ला दुई आर्थिक वर्षको तथ्यांक हेर्दा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आव २०७५/०७६ मा २ अर्ब २८ करोडभन्दा बढी रकम खर्चिएर १ लाख ७२ हजार २७० लाई औसत १२ दिनको रोजगारी उपलब्ध गराइएको श्रम मन्त्रालयको तथ्यांकले देखाउँछ। आव २०७६/०७७ मा ५ अर्ब १ करोड बजेट यो कार्यक्रमका लागि छुट्याइएकोमा करिब ६० हजार बेरोजगार युवाले रोजगारी पाएका थिए। तर औसत कति दिनको रोजगारी भनेर मन्त्रालयले खुलाएको छैन। 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गर... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्