• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्णता नपाउँदै नेविसंघको कार्यकाल सकिँदै

64x64
लिलु डुम्रे शनिबार, पुस १८, २०७७  ०६:०४
1140x725
नेविसंघ अध्यक्ष राजीव ढुंगाना। फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिले पूर्णता नपाउँदै कार्यकाल सकिन लागेको छ। गत माघ १६ मा राजीव ढुङ्गानाको नेतृत्वमा बनेको तदर्थ समितिको समयावधि माघ १५ मा सकिन लागेको हो।

साउनमा ६ महिनाका लागि पार्टी संस्थापन पक्षले पुनः समयावधि थपेको थियो। दोश्रोपटक दिइएको समयावधि अनुसार माघ १५ मा ढुङ्गाना नेतृत्वको कार्यसमितिको अवधि एकवर्ष पुग्दैछ। यसबीचमा संघको नेतृत्वले पार्टीले दिएका १२औं महाधिवेशन सम्पन्न गर्न सकेन।

पार्टी र नेविसंघले पनि संगठनलाई पूर्णता दिन पहल नै नगरेको देखिएको छ। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो तर्फका नामावली नदिएर पूर्णता पाउन ढिलो भएको संघका अध्यक्ष ढुङ्गानाले बताए। उनले भने, ‘पुस २९ पछि आफ्नो तर्फबाट केन्द्रीय समितिमा रहने सदस्यहरुको नाम दिने भन्नुभएको थियो। राजनीति घटनाक्रम नै फेरियो।’

नैनसिंह महर नेतृत्वमा रहेको निर्वाचित समितिले समयमा अधिवेशन गर्न नसकेपछि ६ महिनाभित्र संघको अधिवेशन गर्ने गरी तदर्थ समिति बनाइएको थियो। ढुङ्गानाको कार्यसमितिले नियमित कार्य सञ्चालन गर्न नपाउँदै कोरोना संक्रमण फैलिएको थियो। संगठनले महाधिवेशनको कार्यतालिका निकाल्नै सकेन।

महाधिवेशन केन्द्रित भएपनि नेविसंघका पदाधिकारीहरूको बैठक पनि हुन सकेको छैन। संघको महाधिवेशन गर्नका लागि पदाधिकारीको बैठक बस्न नसकेको अध्यक्ष ढुङ्गानाले स्वीकारे। लामो समय लकडाउन भएपछि दैनिक जीवनमा सामान्य चहलपहल सुरु भएपनि स्कुल क्याम्पस नखुलेकाले संघको महाधिवेशनको तयारी गर्न नसकिएको उनले बताए।

‘संगठनले पूर्णता पाउन सकेन। स्कुल,कलेज पनि खुल्न सकेनन्,’ अध्यक्ष ढुङ्गानाले भने, ‘स्कुल कलेज नियमित खुलेसँगै पार्टीको महाधिवेशन कुर्दैनौं। संघले आफ्नो महाधिवेशनको तयारी गर्छ।’

१२औं महाधिवेशन तोकिएको म्यादमा गर्ने अवस्था कोरोनाका कारणले हुन नसकेपछि पार्टीले संघको म्याद थपिदिएको थियो। तर,पार्टीमा सहमति नभई एकतर्फी रुपमा ६ महिना थपिएको भन्दै वरिष्ठ नेता पौडेल पक्षले आपत्ति जनाएको छ।

असोज १२ मा नेता पौडेल पक्षले बुझाएको विरोधपत्रमा भ्रातृ संस्थाको अवधि थपिएको प्रति विरोध जनाइएको थियो। विधान विपरीत भ्रातृ संस्था हचुवाको पारामा चलेको पौडेल पक्षको ठहर छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘भ्रातृ र शुभेच्छुक संस्था विधान विपरीत हचुवा पाराले चल्न हुँदैन। तिनका आवधिक निर्वाचन र नीति नियम स्पष्टसँग कार्यान्वयन हुनुपर्छ,’ पौडेल पक्षका एक विद्यार्थी नेताले भने। पार्टी नेतृत्वकै आडमा भ्रातृ संस्था विना अधिवेशन निष्क्रिय बसेको पौडेल पक्षले आरोप लगाएको छ। भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भएर मात्रै पार्टीको महाधिवेशनमा सहभागी हुने व्यवस्थाको कार्यान्वयन हुनुपर्ने उक्त समूहको तर्क छ। 

पार्टीको महाधिवेशन हुन नसकेको अवस्थामा भ्रातृ संस्थाको अधिवेशन गर्न ताकेता गर्न नसकिने संस्थापन पक्षको धारणा छ। पार्टीको महाधिवेशन नजिकिएकाले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाको सन्दर्भमा विकल्प निकालिने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। उनले नेपाल लाईभसँग भने, ‘भ्रातृ संस्थाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै हुन्छ। कुनै अन्तरिम व्यवस्था हुन्छ। पार्टीले कुनै निर्णय गर्छ। जसको अधिवेशन भएका छैनन्, तिनीहरुको अधिवेशन पार्टीको अधिवेशन पछि हुन्छ।’

महाधिवेशन गर्न नसकेको नेविसंघसहित गत साउनमा तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको समयावधि थपिएको थियो।

गत माघको दोस्रो साता बसेको शीर्ष तहको बैठकमा नेविसंघको तदर्थ समिति एक सय २७ सदस्यीय बनाउने सहमति बनेको थियो। पार्टीका तीन समूहले पदाधिकारी सहित सदस्यमा भागबन्डाको सहमति गरेका थिए। ९ महामन्त्री, उपसभापति र सहमहामन्त्री ६-६ जना बनाउने गरी सहमति बनेको थियो।

पार्टीले दुई चरणमा गरी पदाधिकारी मनोनयन गरेको थियो। माघ १६ मा पहिलो चरणमा ढुङ्गानासहित महामन्त्रीमा मनोज वैद्य र महेश्वरी पन्त मनोनयन गरिएको थियो। तीनै जना सभापति शेरबहादुर देउवा निकट हुन्।

दोस्रो चरणमा अन्य समूहका पदाधिकारीलाई पनि तदर्थ समितिमा समावेश गरिएको थियो। दुई उपसभापति र पाँच महामन्त्री थप गरी तदर्थ समिति विस्तार गरिएको थियो। संघको विधानमा १ निर्वाचित र १ मनोनित महामन्त्री हुने व्यवस्था छ। नेता अर्जुननरसिंह केसी र डा शेखर कोइरालाले विधान विपरीत पदाधिकारी संख्या बढाइएको भन्दै तत्कालीन समयमै विरोध जनाएका थिए। 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि सो मन्त्रालय आफैँले राखेका हुन्। बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएका हुन् । बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
भेपमा लुकाएर सुन तस्करी गर्ने पूर्वसभामुख महराविरुद्ध ७ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर बिहीबार, चैत २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्