• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

परीक्षामा पास भएका सबै कोरिया जान पाउने गरी श्रम सम्झौता नवीकरण गरिँदै 

64x64
निर्मला घिमिरे शुक्रबार, पुस १७, २०७७  ०८:४४
1140x725

काठमाडौं–सरकारले दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। एक महिनाभित्रमा कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने गरी तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

नेपाली युवाहरुको निकै आकर्षक श्रम गन्तव्य मुलक दक्षिण कोरियासँग नेपालले सन् २००७ मा रोजगार अनुमति प्रणाली (इम्प्लोइमेन्ट पर्मिट सिस्टम) मार्फत् कामदार लैजाने गरी श्रम सम्झौता गरेको थियो। सो श्रम सम्झौता दुई÷दुई वर्षको अन्तरालमा नवीकरण गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सम्झौता नवीकरण गर्न लागिएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिए। 

‘कोरियासँगको श्रम सम्झौता नवीकरण हुँदैछ। यसमा हामीले कोरिया भाषा तथा सीप परीक्षामा बरु थोरै पास गराउने तर पास गरेका जति सबै जान पाउने गरी व्यवस्था हुनुपर्नेमा जोड दिएका छौँ,’ सचिव रायाले नेपाल लाईभसँग भने । 

कोरियाली श्रम बजारको आवश्यकताअनुसार संख्या तोकेर सोहीअनुसार परीक्षामा उत्तीर्ण (पास) गराउनुपर्ने प्रस्ताव नेपाल सरकारले राखेको हो। यो व्यवस्था कार्यान्वयनमा आउने हो भने भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवाहरु कोरियाली रोजगारीमा जान पाउने ग्यारेन्टी हुन्छ। त्यसपश्चात् परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान पाउने हो वा होइन भनेर चिन्ता बोकेर बस्नुपर्ने अवस्था अन्त्य हुन्छ। 

पास भएकाहरु पनि किन जान पाउँदैनन् कोरिया ? 
ईपिएसअन्तर्गत कोरियाले सन् २००८ देखि नेपाली श्रमिकहरु लैजाँदै आएको छ। यो प्रणालीमार्फत् कोरिया रोजगारीमा प्रवेश गर्न पहिलो चरणमा भाषा परीक्षा पास गर्नुपथ्र्यो । कोरियाले सन् २०१९ देखि भाषामात्र होइन सीपसमेत परीक्षण गरेर मात्रै नेपाली कामदार लैजान थालेको छ । तर भाषासँगै सीप परीक्षा उत्तीर्ण गर्दा पनि कोरिया रोजगारीमा जान पाइन्छ भन्ने ग्यारेन्टी भने छैन। भाषासँगै सीप परीक्षा उत्तीर्ण गरेकाहरु रोजगारदाताको रोजाइमा परे भने मात्रै कोरिया प्रवेश गर्न पाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

इपिएस प्रणालीअन्तर्गत कामदार छनोट गर्दा रोजगारदाताले कामदारको उमेर, लिंग तथा राष्ट्रियताका आधारमा गर्छन्। त्यसमा पनि कुन वर्ष, कुन देशबाट, कुन उमेर समूहका कुन लिंगका कति कामदार लिने भनेर रोजगारदाताले रोष्टर तयार पार्छन्। सोही रोष्टरअनुसार कामदार आपूर्ति गरिन्छ । जसले गर्दा भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान पाउने ग्यारेन्टी हुँदैन।

पछिल्लो समय इपिएस भाषा परीक्षाका लागि वार्षिक ८० हजारभन्दा बढी युवाहरु सामेल हुन थालेका छन्। तीमध्ये १० हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्छन्। तीमध्ये कोरियाले कति लैजाने भन्ने यकिन संख्या जानकारी नै हुँदैन। रोजगार अनुमति प्रणाली (इपिएस ) शाखाका अनुसार आर्थिक अवस्था मजबुत भए कोरियाले सोहीअनुसार कामदारको माग गर्छ। आर्थिक अवस्था खस्किएको अवस्थामा थोरै संख्यामा विदेशी कामदार माग गर्छन्। अझ कोरियाली भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षसम्म त्यसको मान्यता रहन्छ। भाषा पास गरेको दुई वर्ष अवधिमा पनि जाने अनुमति प्राप्त नभएमा उनीहरु कोरिया जान पाउँदैनन्।

यो व्यवस्थाले गर्दा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया प्रवेश गर्न नपाउनेहरुको संख्या बढ्दो छ । परीक्षा उत्तीर्ण भएर पनि कोरिया रोजगारीमा प्रवेश गर्न नपाउँदा युवाहरुमा चिन्ता उत्तिकै थपिएको छ ।  यही समस्यालाई मध्यनजर गर्दै सरकारले कोरियाली रोजगारीमा प्रवेश गर्न पाउने ग्यारेन्टी गरेर मात्रै परीक्षामा पास गर्नुपर्ने प्रस्ताव राखेको सचिव रायाको भनाइ छ। 

परीक्षा उत्तीर्ण गरेका १० हजारभन्दा बढी युवा कोरियाली रोजगारीबाट वञ्चित
भाषा परीक्षा  उत्तीर्ण गरेका तर कोरियाली रोजगारीबाट बञ्चित हुनेहरुको संख्या बढ्दै गएको छ । इपिएस शाखाको तथ्यांक हेर्दा सन् २००८ देखि २०१९ जुन १५ सम्म ७० हजार ४ सय ६९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६२ हजार २ सय २७ जना कोरियाली रोजगारीमा प्रवेश गरेका छन्। बाँकी ८ हजार २ सय ४२ युवाहरु भाषा परीक्षा पास गरेर पनि जान पाएका छैनन्।

गत वर्ष (सन् २०१९) मा १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए। भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको सीप परीक्षासमेत गरिएको थियो। भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएका मध्येबाट कोरियाले १० हजारको हाराहारीमा युवालाई मात्रै कोरिया लैजाने उल्लेख गरिएको थियो । सन् २०१९ मा भाषा तथा सीप परीक्षामार्फत् छनोट भएका तर कोरिया रोजगारीमा जान पाउने सुनिश्चितता नभएका २ हजारभन्दा बढी युवाहरु थपिएका थिए। 

त्यसैबीच कोरोना महामारी फैलिएसँगै सन् २०२० मा कोरियाले इपिएस प्रणालीमार्फत् नेपाली कामदार छनोट प्रकृया नै स्थगित गर्‍यो। कोरोनाकै कारण रोजगार सम्झौता पत्र (लेवर कन्ट्रयाक्ट) भई सिसिभिआई आइसकेका तथा बिदामा फर्किएका युवाहरुसमेत कोरिया जान पाएका छैनन् । उनीहरु कहिलेदेखि कोरिया जान पाउँछन् भन्ने निश्चित भइसकेको छैन।

अघिल्लो वर्ष भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका करिब ५ हजारको लेवर कन्ट्रयाक्ट आइसके पनि उनीहरु कोरिया प्रवेश गर्न पाएका छैनन् । शाखाका निर्देशक इन्द्र गौतमका अनुसार अघिल्ला वर्षहरुमा रोस्टरमा रहेका हजारौँ युवाहरु कोरिया रोजगारीमा जान पाएका छैनन् । बिदामा आएकाहरु पनि यतै रोकिएका छन्। भिसा सकिने अवस्थामा रहेकाहरुको भिसा अवधि थप गर्न तथा रोजगारी सुचारु गर्ने सम्बन्धमा पत्राचार गरिएको बताइएको छ । तर कोरियाले नेपाली कामदार तत्काल लैजाने चासो नदेखाउँदा नेपाली श्रमिकहरु रोकिएका छन्। भिसा आएका तथा बिदामा आएर रोकिएका कामदारहरु पठाउने सन्दर्भमा छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्