• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

म्युजिक भिडियोमा कथा मिसाउँदैमा बन्छ त 'म्युजिकल फिल्म'?

64x64
पुष्पा थपलिया बिहीबार, पुस १६, २०७७  ०९:३०
1140x725
म्युजिक भिडियो ‘तीनपाते’ को एक दृश्य।

काठमाडाैं-

देखेर तिमीलाई, हेरेर तिमीलाई
मनैमनमा माया तीनपाते भइदियो

करिब चार महिनाअघि ‘तीनपाते’ युट्युबमा अपलोड भयो। त्यसले युट्युबको ट्रेन्डिङदेखि टिकटकसम्म ‘तीनपाते’ गीतले ढाक्यो। सामाजिक सञ्जाल जताततै यसैको चर्चा चल्यो। सञ्चार माध्यमले पनि राम्रो ठाउँ दिए ‘तीनपाते' लाई।  

कोभिड-१९ ले लकडाउनमा घर बसेका मानिसलाई गीतले साँच्चै तीनपाते नै बनाइदियो, त्यतिबेला। हर्क साउदका जादुमयी शब्द, सुजन चापागाईं र विद्या तिवारीको कर्णप्रिय स्वरले छोटो समयमै युट्युवमा एघार मिलियन मानिसले यो भिडियो हेर्न भ्याए।  

गीतका शब्द  र स्वर त सुन्दर छन् नै, यसको भिडियोले पनि धेरै मानिसको ध्यान तान्यो। १० मिनेट ११ सेकेण्ड लामो उक्त भिडियोलाई दर्शकले निकै मन पराए। 

गोदावरीको पार्कमा केही घण्टामै बनाएजस्तो म्युजिक भिडियो छैन यो।  'तीनपाते'ले जिन्दगीका विभिन्न आयाम समेटेर भिडियो बनाएको छ। 

पूर्वी क्षेत्रको ग्रामीण भूभागमा खिचिएको भिडियोमा कथा पनि पूर्वी नेपाली समाजकै छ।  बालापनको प्रेम, बिदेश जान छाडेर नेपालमै व्यावसायिक सफलता, त्रिकोणात्मक प्रेम र जलन भिडियोको पाटो हो। चियाको तीनपातेसँग मान्छेको जीवनलाई तुलना गरिएको भिडियोमा कतिपय नेपाली फिल्मले तीन घण्टामा उन्न नसकेको कथा उनिएको छ। त्यसैले निर्माण पक्ष आर्टमाण्डुले यसलाई म्युजिकल फिल्मको संज्ञा दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उडाई लान्छु भन्थ्यौ बाबाले
ओडाई रन्छु भन्थ्यौ आमाले

करिब दुई महिनाअघि बाहिरिएको उडाइ लान्छु भन्थ्यौ बाबाले बोलको गीतको भिडियो पनि उस्तै तरिकाले निर्माण गरिएको छ । यसले बैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बेपत्ता भएकाहरुको परिवारको कथा भन्ने कोशिस गरेको छ। 

हुर्केको छोरा अर्काको देशमा बेपत्ता हुँदा आमामा पर्ने मानसिक चोट, होस गुमाएकी बुढी सासु सम्हाल्दै श्रीमान् आउने बाटो हेरेर बसेकी श्रीमतीको ब्यथा उक्त भिडियोमा देखाइएको छ।

८ मिनेट १३ सेकेण्डको भिडियोलाई वायाम नामको ब्याण्डले निर्माण गरेको हो। 

Xtrem

Xtrem

गीत भन्दा कथावस्तुलाई महत्व दिएर बनाइएको अर्को भिडियो हो, 'मालिङ्गो' । महानायक राजेश हमाल र स्मिता दाहालको अभिनय रहेको भिडियो एक महिनाअघि युट्युबमा रिलिज गरिएको हो। अहिलेसम्म करिब २० लाख दर्शकले हेरिसकेको 'मालिङ्गो'मा एक किशोरीको पाको पुरुषसँगको एकोहोरो प्रेम देखाइएको छ । भिडियोको अन्त्यमा अधिकांस नेपाली फिल्मले प्रयोग गर्ने घिसिपिटी क्लाइमेक्स बलात्कारलाई जोड्न भ्याएको छ। 

'परानै दिन्छु', 'जेल पनि सहुँला', 'मयाँले नि के–के गर्चगर्च' जस्ता म्युजिक भिडियोले गीतभन्दा फरक शैलीमा कथा भन्ने प्रयास गरेका छन्। यी भिडियोहरुमा कथा छ, संगीत छ। त्यसैले कतिपयले  म्युजिकल फिल्मको संज्ञा दिका छन्। 

के यी साँच्चै म्युजिकल फिल्म हुन् त ?
म्युजिकल ड्रामा फिल्मको महत्वपूर्ण जानरा भएको बताउँछन् निर्देशक रामबाबु गुरुङ।  तीनपाते म्युजिकल फिल्म भनिएको विषयमा उनको भनाइ छ, 'सबै भिडियोलाई फिल्म भन्न मिल्छ तर 'तीनपाते'लाई म्युजिकल फिल्म भन्न मिल्दैन।' फिल्म र म्युजिक भिडियो हरेक दृष्टिकोणले फरक हुने उनको तर्क छ।

यही कुरामा थप्दै अर्का निर्देशक मनोज पण्डित अहिले युट्युबको ट्रेण्डिङमा परेका म्युजिक भिडियोले वास्तविक म्युजिक भिडियोको अस्तित्वसमेत खतरामा पार्ने बताउछन्।  उनले भने, 'यी न म्युजिक भिडियो बन्न सके, न म्युजिकल फिल्म नै।' यता न उता भएर अलमलमा परेको पण्डितले बताए। उनको टिप्पणी छ, 'यस्ता म्युजिक भिडियोले त दर्शकलाई उकुसमुकुस पो पार्छ।' 

कोभिडले गर्दा काम नपाएकाले फिल्मका कलाकार म्युजिक भिडियोमा लागेका र यही कारण 'तीनपाते' जस्ता अलमल बनाउने भिडियो बाहिरिएका पण्डित बताउँछन् । भन्छन्, 'फिल्मका कलाकार ल्याइसकेपछि यसो कथावस्तु थप्नुपर्‍यो भन्ने सोच आउने रहेछ अनि कथावस्तु थोरै थपेपछि निर्देशकीय क्षमता देखाउने क्रममा उकुशमुकुसका भिडियो बन्ने रहेछन्।' 

यस्तै पाराले अघि बढे यसले म्युजिक भिडियोलाई अलमलमा पार्ने पण्डित बताउँछन्। उनले अझै थपे, 'भिडियो बनाउने भाइहरुले यसलाई नयाँ काम पनि भनिरहेको सुनें तर यस्ता भिडियो पहिल्यैदेखि बन्ने गरेका थिए।'  

अर्का निर्दैशक दीपेन्द्र लामा पण्डितकै तर्कसँग नजिक देखिए। घुमाउरो तरिकाले भने, 'मैले म्युजिकल फिल्म बनाएँ भने 'तीनपाते'जस्तो हुँदैन।' 

लामाका अनुसार मेहनत गरेर म्युजिक भिडियो बन्नु राम्रो कुरा भएको बताए। पहिले बिना गृहकार्य बन्ने गरेका म्युजिक भिडियोका तुलनामा कथा भन्ने म्युजिक भिडियो दमदार रहेको उनको भनाइ छ। उनी भन्छन्,  'अहिले जस्ता भिडियो बनिरहेका छन्। यो निकै राम्रो कुरा हो तर यसलाई म्युजिक भिडियोमै सीमित राख्दा ठीक हुन्छ।' विदेशी फिल्म लाला ल्यान्डको उदाहरण दिँदै उनले भने, 'म्युजिकल फिल्ममा त नाम हुनुपर्‍याे, क्यारेक्टर हुनुपर्‍याे अनि युनिभर्स हुनुपर्‍याे नि।'

बलिउडको प्रभावले गीतबिना फिल्म खल्लो लाग्ने भएकाले नेपाली फिल्ममा गीतसंगीतले महत्वपूर्ण स्थान राख्छ। गीतसंगीतसँगै कथावस्तुलाई अगाडि बढाउने शैली पनि नेपाली फिल्ममा चर्चित छ। तर अचेल बनेजस्ता भिडियोलाई भने कुनै कोणबाट फिल्मी जानरासँग जोड्न नसकिने फिल्मकर्मीहरुको भनाई छ।

 ९ महिनादेखि मनोरञ्जन क्षेत्र बन्द छ। फिल्म बनाएर कथा भन्न चाहनेहरुले अवसर पाएका छैनन्। म्युजिक भिडियोमा त्यही चाहना प्रकट गरेको चाहिँ देखिन्छ।  तर म्युजिक भिडियोमा कथा मिसाउँदैमा म्युजकिल फिल्मचाहिँ नबन्ने फिल्म निर्देशहरुको साझा भावना देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्