• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

म्युजिक भिडियोमा कथा मिसाउँदैमा बन्छ त 'म्युजिकल फिल्म'?

64x64
पुष्पा थपलिया बिहीबार, पुस १६, २०७७  ०९:३०
1140x725
म्युजिक भिडियो ‘तीनपाते’ को एक दृश्य।

काठमाडाैं-

देखेर तिमीलाई, हेरेर तिमीलाई
मनैमनमा माया तीनपाते भइदियो

करिब चार महिनाअघि ‘तीनपाते’ युट्युबमा अपलोड भयो। त्यसले युट्युबको ट्रेन्डिङदेखि टिकटकसम्म ‘तीनपाते’ गीतले ढाक्यो। सामाजिक सञ्जाल जताततै यसैको चर्चा चल्यो। सञ्चार माध्यमले पनि राम्रो ठाउँ दिए ‘तीनपाते' लाई।  

कोभिड-१९ ले लकडाउनमा घर बसेका मानिसलाई गीतले साँच्चै तीनपाते नै बनाइदियो, त्यतिबेला। हर्क साउदका जादुमयी शब्द, सुजन चापागाईं र विद्या तिवारीको कर्णप्रिय स्वरले छोटो समयमै युट्युवमा एघार मिलियन मानिसले यो भिडियो हेर्न भ्याए।  

गीतका शब्द  र स्वर त सुन्दर छन् नै, यसको भिडियोले पनि धेरै मानिसको ध्यान तान्यो। १० मिनेट ११ सेकेण्ड लामो उक्त भिडियोलाई दर्शकले निकै मन पराए। 

गोदावरीको पार्कमा केही घण्टामै बनाएजस्तो म्युजिक भिडियो छैन यो।  'तीनपाते'ले जिन्दगीका विभिन्न आयाम समेटेर भिडियो बनाएको छ। 

पूर्वी क्षेत्रको ग्रामीण भूभागमा खिचिएको भिडियोमा कथा पनि पूर्वी नेपाली समाजकै छ।  बालापनको प्रेम, बिदेश जान छाडेर नेपालमै व्यावसायिक सफलता, त्रिकोणात्मक प्रेम र जलन भिडियोको पाटो हो। चियाको तीनपातेसँग मान्छेको जीवनलाई तुलना गरिएको भिडियोमा कतिपय नेपाली फिल्मले तीन घण्टामा उन्न नसकेको कथा उनिएको छ। त्यसैले निर्माण पक्ष आर्टमाण्डुले यसलाई म्युजिकल फिल्मको संज्ञा दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उडाई लान्छु भन्थ्यौ बाबाले
ओडाई रन्छु भन्थ्यौ आमाले

करिब दुई महिनाअघि बाहिरिएको उडाइ लान्छु भन्थ्यौ बाबाले बोलको गीतको भिडियो पनि उस्तै तरिकाले निर्माण गरिएको छ । यसले बैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बेपत्ता भएकाहरुको परिवारको कथा भन्ने कोशिस गरेको छ। 

हुर्केको छोरा अर्काको देशमा बेपत्ता हुँदा आमामा पर्ने मानसिक चोट, होस गुमाएकी बुढी सासु सम्हाल्दै श्रीमान् आउने बाटो हेरेर बसेकी श्रीमतीको ब्यथा उक्त भिडियोमा देखाइएको छ।

८ मिनेट १३ सेकेण्डको भिडियोलाई वायाम नामको ब्याण्डले निर्माण गरेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गीत भन्दा कथावस्तुलाई महत्व दिएर बनाइएको अर्को भिडियो हो, 'मालिङ्गो' । महानायक राजेश हमाल र स्मिता दाहालको अभिनय रहेको भिडियो एक महिनाअघि युट्युबमा रिलिज गरिएको हो। अहिलेसम्म करिब २० लाख दर्शकले हेरिसकेको 'मालिङ्गो'मा एक किशोरीको पाको पुरुषसँगको एकोहोरो प्रेम देखाइएको छ । भिडियोको अन्त्यमा अधिकांस नेपाली फिल्मले प्रयोग गर्ने घिसिपिटी क्लाइमेक्स बलात्कारलाई जोड्न भ्याएको छ। 

'परानै दिन्छु', 'जेल पनि सहुँला', 'मयाँले नि के–के गर्चगर्च' जस्ता म्युजिक भिडियोले गीतभन्दा फरक शैलीमा कथा भन्ने प्रयास गरेका छन्। यी भिडियोहरुमा कथा छ, संगीत छ। त्यसैले कतिपयले  म्युजिकल फिल्मको संज्ञा दिका छन्। 

के यी साँच्चै म्युजिकल फिल्म हुन् त ?
म्युजिकल ड्रामा फिल्मको महत्वपूर्ण जानरा भएको बताउँछन् निर्देशक रामबाबु गुरुङ।  तीनपाते म्युजिकल फिल्म भनिएको विषयमा उनको भनाइ छ, 'सबै भिडियोलाई फिल्म भन्न मिल्छ तर 'तीनपाते'लाई म्युजिकल फिल्म भन्न मिल्दैन।' फिल्म र म्युजिक भिडियो हरेक दृष्टिकोणले फरक हुने उनको तर्क छ।

यही कुरामा थप्दै अर्का निर्देशक मनोज पण्डित अहिले युट्युबको ट्रेण्डिङमा परेका म्युजिक भिडियोले वास्तविक म्युजिक भिडियोको अस्तित्वसमेत खतरामा पार्ने बताउछन्।  उनले भने, 'यी न म्युजिक भिडियो बन्न सके, न म्युजिकल फिल्म नै।' यता न उता भएर अलमलमा परेको पण्डितले बताए। उनको टिप्पणी छ, 'यस्ता म्युजिक भिडियोले त दर्शकलाई उकुसमुकुस पो पार्छ।' 

कोभिडले गर्दा काम नपाएकाले फिल्मका कलाकार म्युजिक भिडियोमा लागेका र यही कारण 'तीनपाते' जस्ता अलमल बनाउने भिडियो बाहिरिएका पण्डित बताउँछन् । भन्छन्, 'फिल्मका कलाकार ल्याइसकेपछि यसो कथावस्तु थप्नुपर्‍यो भन्ने सोच आउने रहेछ अनि कथावस्तु थोरै थपेपछि निर्देशकीय क्षमता देखाउने क्रममा उकुशमुकुसका भिडियो बन्ने रहेछन्।' 

यस्तै पाराले अघि बढे यसले म्युजिक भिडियोलाई अलमलमा पार्ने पण्डित बताउँछन्। उनले अझै थपे, 'भिडियो बनाउने भाइहरुले यसलाई नयाँ काम पनि भनिरहेको सुनें तर यस्ता भिडियो पहिल्यैदेखि बन्ने गरेका थिए।'  

अर्का निर्दैशक दीपेन्द्र लामा पण्डितकै तर्कसँग नजिक देखिए। घुमाउरो तरिकाले भने, 'मैले म्युजिकल फिल्म बनाएँ भने 'तीनपाते'जस्तो हुँदैन।' 

लामाका अनुसार मेहनत गरेर म्युजिक भिडियो बन्नु राम्रो कुरा भएको बताए। पहिले बिना गृहकार्य बन्ने गरेका म्युजिक भिडियोका तुलनामा कथा भन्ने म्युजिक भिडियो दमदार रहेको उनको भनाइ छ। उनी भन्छन्,  'अहिले जस्ता भिडियो बनिरहेका छन्। यो निकै राम्रो कुरा हो तर यसलाई म्युजिक भिडियोमै सीमित राख्दा ठीक हुन्छ।' विदेशी फिल्म लाला ल्यान्डको उदाहरण दिँदै उनले भने, 'म्युजिकल फिल्ममा त नाम हुनुपर्‍याे, क्यारेक्टर हुनुपर्‍याे अनि युनिभर्स हुनुपर्‍याे नि।'

बलिउडको प्रभावले गीतबिना फिल्म खल्लो लाग्ने भएकाले नेपाली फिल्ममा गीतसंगीतले महत्वपूर्ण स्थान राख्छ। गीतसंगीतसँगै कथावस्तुलाई अगाडि बढाउने शैली पनि नेपाली फिल्ममा चर्चित छ। तर अचेल बनेजस्ता भिडियोलाई भने कुनै कोणबाट फिल्मी जानरासँग जोड्न नसकिने फिल्मकर्मीहरुको भनाई छ।

 ९ महिनादेखि मनोरञ्जन क्षेत्र बन्द छ। फिल्म बनाएर कथा भन्न चाहनेहरुले अवसर पाएका छैनन्। म्युजिक भिडियोमा त्यही चाहना प्रकट गरेको चाहिँ देखिन्छ।  तर म्युजिक भिडियोमा कथा मिसाउँदैमा म्युजकिल फिल्मचाहिँ नबन्ने फिल्म निर्देशहरुको साझा भावना देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्