• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीको अवस्था थप ‘चिन्ताजनक’ 

64x64
निर्मला घिमिरे बुधबार, पुस १५, २०७७  ०६:२५
1140x725

काठमाडौं–कोरोना महामारीका कारण लामो समयदेखि रुग्ण अवस्थामा पुगेको वैदेशिक रोजगारीको अवस्था थप ‘चिन्ताजनक’ बनेको छ। लामो समय ठप्प रहेर टाउको उठाउन थालेको वैदेशिक रोजगारी कोरोना भाइरसको नयाँ स्वरुप तीव्र रुपमा फैलिएसँगै पुनः ठप्प हुनसक्ने स्थितिमा पुगेको छ। 

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको प्रभाव नेपाली श्रमिकहरुका आकर्षक गन्तव्य मुलुकहरुमा समेत देखिन थालेसँगै वैदेशिक रोजगारीको विषय थप चिन्ताजनक बनेको हो। 

गन्तव्य मुलुकमा हवाई उडानमा रोक
नेपाली श्रमिकका गन्तव्य मुलुकहरुले कोरोना भाइरसको नयाँ स्वरुप रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन थालेका छन्। साउदी अरब, कुवेत, ओमानलगायत मुलुकहरुले विदेशबाट आफ्ना विमानस्थलहरुमा हुने हवाई उडानमा निश्चित समयका लागि रोक लगाएका छन्। अन्य श्रम गन्तव्य मुलुकहरुले पनि विदेशी नागरिकको आवागमनमा रोक लगाउने तयारी गरिरहेका छन्।

खाडीका यी मुलुकहरु नेपाली श्रमिकका आकर्षक गन्तव्य मुलुकहरु हुन्। सामान्य अवस्थामा मलेसिया र खाडीका मुलुकहरुमा मात्रै दैनिक १ हजारको हाराहारीमा नेपाली श्रमिकहरु श्रम स्वीकृति लिएर जाने गरेका थिए। श्रम कार्यालय ताहाचलका अनुसार लामो समय ठप्प भएर सुचारु भएपछि पनि दैनिक ५ सयको हाराहारीमा श्रमिकहरुले नयाँ तथा पुनः श्रम स्वीकृति लिने गरेका थिए। 

अहिले पनि नेपालले श्रम स्वीकृति दिन रोकेको छैन। वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि नेउपानेका अनुसार गन्तव्य केही मुलुकहरुले रोक लगाएपछि भने ती मुलुकमा जाने आवश्यक प्रकृया पुरा गरेका श्रमिकहरु रोकिएका छन्। नेपालले श्रम स्वीकृति दिन भने रोक लगाएको छैन। प्रतिबन्ध खुलेपछि उनीहरु ती मुलुकमा जान पाउँछन्। 

युरोपमा तीव्र रुपमा फैलिँदै कोरोना, कहिलेसम्म रहला असर ? 
बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलन थालेको छ। यो भाइरस युरोपेली संघअन्तर्गतका ८ वटा देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसको असर कति समयसम्म रहन्छ भनेर आँकलन गर्न सक्ने अवस्था छैन। अब युरोपेली मुलुकहरुमा छिर्ने नेपालीहरुको यात्रासमेत अनिश्चित बन्ने देखिन्छ। जसको प्रत्यक्ष असर फेरि नेपाली श्रम बजारमा पर्ने देखिन्छ।

यसअघि पनि कोरोना महामारीका कारण लामो समय वैदेशिक रोजगारी ठप्प हुँदा देशमा बेरोजार युवाको संख्या ह्वात्तै बढेको थियो। देशमा रोजगारीका अवसर नभएपछि जोखिम मोलेरै कतिपय युवाहरु छिमेकी मुलुक भारत प्रवेश गरेका छन् भने कतिपय युवाहरु अवैध प्रकृया अपनाएर भिजिट भिसामार्फत् वैदेशिक रोजगारीमा पुगेका थिए। श्रम गन्तव्य मुलुकहरुबाट कामदार मागपत्र प्रमाणीकरणमा ढिलाइ हुँदा पनि अवैध बाटो र प्रकृयामार्फत् हजारौँको संख्यामा नेपाली युवाहरु भारत हुँदै तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको सेटिङमा हजारौँ युवाहरु छिरेको अनुमान गरिएको छ। 

खुम्चँदै अवसर 
कोरोना महामारीपछि वैदेशिक रोजगारीका अवसरहरु खुम्चँदै गएका छन्। मलेसिया, खाडी तथा युरोपका मुलुकहरुमा समेत वैदेशिक रोजगारीका अवसर खुम्चँदै गएको म्यानपावर व्यवसायीहरुले बताएका छन्। युुरोपका कतिपय मुलुकहरुमा दूतावासहरु नहुँदा सामान्य अवस्थामा पनि त्यहाँ भएका मागहरु पनि ल्याउन नसकिएको उनीहरुको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

काम, पारिश्रमिक तथा सुरक्षाका हिसाबले समेत उपयुक्त रहेका युरोपेली मुलुकहरुमा नेपाली कामदार सहज रुपमा पठाउने वातावरण सिर्जना गर्न म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले आग्रहसमेत गर्दै आएको छ। तर यतातिर सरकारले ध्यान दिन सकेको छैन। जसले गर्दा पनि युरोपका अवसरहरुबाट नेपाली श्रमिकहरु वञ्चित छन्।

गत कात्तिक महिनामा नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा पनि निकै चिन्ताजनक अवस्था देख्न सकिन्छ। कात्तिक महिनामा ७ हजार ७ सय ९७ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्। नयाँ अवसर पाएर वैदेशिक रोजगारीमा जानेको संख्या ज्यादै न्यून छ। वैदेशिक रोजगार विभागको  तथ्यांक हेर्दा कात्तिकमा १५ सय ८३ श्रमिकहरले मात्रै नयाँ श्रम स्वीकृति लिएका छन्। 

के भन्छन् नयाँ श्रम मन्त्री ?
कोरोना महामारीले श्रम बजार थिलथिलो बनाएको छ। यो समयमा तालुकदार श्रम मन्त्रालयमा नेतृत्व फेरिने क्रम जारी छ, तर समस्या ज्यूँका त्यूँ छन्। यसै क्रममा गत शुक्रबार मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले मन्त्रालयको समग्र विषय बुझ्न बाँकी रहेको बताएका छन्। यसमा अध्ययन गरेर कसरी अगाडि बढ्ने भन्ने योजना बनाउने र सोही योजनाअनुसार अगाडि बढ्ने उनको भनाइ छ। 

‘हामी पुराना कामको समीक्षा गर्छौँ। राम्रा र नराम्रा समस्या केलाएर राम्रा कामलाई निरन्तरता दिन्छौँ,’ मन्त्री चौधरी भन्छन्, ‘श्रम, रोजगार तथा सामाजिक कुरा छन्। गन्तव्य मुलुकहरुसँग सम्झौताका कुरा छन् यी सबै काम अगाडि बढाउँछौँ।’

देशमा रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन कदम चाल्ने उनको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्