• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

प्रधानमन्त्री ओलीले नेता नचिन्दा 'भद्रगोल' श्रम मन्त्रालय

मन्त्री चौधरीले फर्काउलान् लयमा?
64x64
निर्मला घिमिरे आइतबार, पुस १२, २०७७  १९:४५
1140x725

काठमाडौं- पछिल्लो समय शक्तिशाली तथा ‘स्थिर सरकार'को नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको ३ वर्ष नबित्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मात्रै ३ जना मन्त्री फेरिसकेका छन्। २०७४ फागुन ३ गते आफ्नो नेतृत्वको सरकार बनेपछि २०७४ चैत २ गते ओलीले गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा जिम्मेवारी सुम्पेका थिए। यसअघि ऊर्जामन्त्री बनेका विष्टले त्यसबेला लोकप्रियता बटुलेका थिए। 

मन्त्री विष्टले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि केही आशलाग्दा काम गर्न सुरुवात गरेका थिए। तर, मलेसिया रोजगारी बन्द भएसँगै उनी केही विवादमा परको थिए। साथै मन्त्रीलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि जोडर विवाद ल्याउने काम भएको थियो। तर, विष्टले श्रम मन्त्रालयको कार्यभार सम्हालेको २० महिना नबित्दै उनी प्रधानमन्त्री ओलीका लागि आँखाको तारो बन्न पुगे। अर्थात् गोकर्ण विष्ट कार्यसम्पादन मूल्यांकनमा सन्तुष्ट नरहेको भन्दै ओलीले उनलाई पदबाट हटाइदिए। प्रधानमन्त्री ओली लगाएको आरोपमा मन्त्री विष्टले स्वीकार गर्ने कुरा थिए। केही विषयमा मन्त्री विष्ट विवादित भएपनि सम्रगमा भने राम्रै काम गर्ने मन्त्रीको लिस्टमा थिए।

साँच्चिकै भन्नुपर्दा मन्त्री विष्ट श्रमिकको सारथी बनेर काम गर्ने प्रयास गरिरहेका थिए। उनकै कार्यकालमा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो। सबै कामको अपजस मन्त्री विष्टले लिने अवस्था देखेका प्रधानमन्त्री ओली अन्ततः उनलाई मन्त्रिपरिषद्‍बाट नै हटाएका थिए।

मन्त्री विष्टकै जोडबलका कारण नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुकसँग शून्य लागतमा श्रम सम्झौता हुन थालको थियो। मन्त्री विष्टले नै च्याउसरी खुल्न थालेका म्यानपावर कम्पनीको विकृति रोक्न र व्यवसायीलाई मर्यादिन बनाउने म्यानपावरको धरौटी रकम बढाएका थिए।

श्रमिकको पक्षमा थुप्रै काम गरेका गोकर्ण विष्टले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी बन्द गर्दा भने समन्वय बिनाहतारो निर्णय गर्दा आलोचना खेपेका थिए। 

000

प्रशंसा तथा आलोचनाबीच पनि श्रमिककै हितमा काम गर्न खोजिरहेका मन्त्री गोकर्ण विष्टलाई हटाएर ओलीले गत वर्षको २०७६ मंसिर ५ गते रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। विष्टलाई असक्षम करार गरेर हटाएपछि श्रममा तानिएका उनीमाथि सक्षम बनेर काम गर्नुपर्ने चुनौती थियो।

गोकर्ण विष्टले गर्न नसकेको कामको जिम्मेवारी पाएका यादवले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित तुल्याउनुपर्ने थियो। श्रमिकहरूको सामाजिक सुरक्षा ग्यारेन्टीका लागि अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई थप सशक्त बनाएर लैजाने उनको जिम्मेवारी थियो।

Ncell 2
Ncell 2

भ्रष्टाचारको अखडाका रुपमा चिनिँदै आएको श्रम मन्त्रालयको छविलाई गोकर्ण विष्टको कार्यकालमा सुधारको प्रयास गरिएको थियो। यसलाई थप पारदर्शी बनाउनु उनको जिम्मेवारी थियो।

म्यानपावर व्यवसायी तथा दलालको प्रभावमा नपरी श्रमिकको हितमा काम गर्न मन्त्री यादवलाई निकै ठूलो चुनौती थियो। यी चुनौतीका चाङमाथि हात हालेका रामेश्वर राय यादवले १ वर्षभन्दा बढी समय मन्त्रालयमा बिताए। तर मन्त्रालयमा गुमनाम गएका उनी गुमनाम नै निस्किए। अर्थात् उनीबाट जति अपेक्षा गरिएको थियो त्यो अपेक्षा अनुसारको काम भएन। 

बरु मन्त्री रायले भ्रष्टाचारदेखि म्यानपावर व्यवसायी तथा दलालहरुसँग साँठगाँठ मिलाएको आरोप खेपे। उनले श्रम मन्त्रालयको कार्यभार सम्हाले लगत्तै म्यानपावर व्यवसायीको चहलपहल मन्त्रालयमा बढेको थियो। त्यसमाथि मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयपछि मोरिसस भ्रमणमा निस्किएका उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुष्पगुच्छासहित म्यानपावर व्यवसायी पुगेको तस्बिर बाहिरिएपछि उनी थप आशंकाको घेरामा तानिन थालेका थिए।

म‍ोरिसस पुगेर फर्किएका तत्कालीन मन्त्री रामेश्वर राय यादवले मोरिसस रोजगारीमा म्यानपावरको संलग्नता हुने गरी छलफल गरेर फर्किएका थिए। त्यस्तै जापानमा पनि बिचौलियामार्फत् कामदार पठाउने साँठगाँठ मिलाइरहेको आरोप उनीमाथि लागेको थियो। त्यस्तै श्रमिकहरूका मुद्दालाई छायामा पार्दै म्यानपावर व्यवसायीको पक्षमा रहेर निर्णय गर्ने गरेको आरोप उनीमाथि थियो। 

उनकै कार्यकालको समयमा विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को प्रत्यक्ष असर श्रम बजारमा पर्‍यो। कोरोनाका कारण देश तथा विदेशमा रोजिरोटी गुमाएका श्रमिकको चित्कार सुनिन थाल्यो। तर तिनै श्रमिकहरुको रोजिरोटीको पक्षमा काम गर्नुपर्ने तत्कालीन मन्त्री रामेश्वर राय यादव चिरनिद्रामा थिए। श्रमिकहरुको अभिभावकत्व निर्वाह गर्नुपर्ने उनी निकम्मा बनिरहे। जतिबेला श्रमिकहरुलाई श्रम मन्त्रीको आवश्यकता थियो तर उनी भएर पनि नभएजस्तै हुँदा श्रमिक निकै बिचल्लीमा परे। श्रमिकहरुको पिडामा चुपचाप रमिते बनिरहेका उनी बरु त्यतिबेला भ्रष्टाचारको आरोपमा मुछिए।

नेपाली कांग्रेसका सांसद अमरेशकुमा सिंहले मन्त्री यादवले वार्षिक १ सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने ५ सयभन्दा बढी म्यानपावर कम्पनीसँग १-१ लाख घुस माग गरेको आरोप लगाएका थिए। म्यानपावरको इजाजत नवीकरणका लागि भन्दै उनले घुस मागेको भनेर सांसद सिंहले आरोप लगएका थिए।

त्यस्तै निवर्तमान मन्त्री यादवले वैदेशिक रोजगार बोर्डजस्तो संवेदनशील संस्थामा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगी गर्ने तथा सिन्डिकेट खडा गर्ने व्यक्तिहरुलाई विज्ञ सदस्यको रुपमा नियुक्त गरेपछि पनि उनको आलोचना थप बढेको थियो।

000

यसैबीच सरकारले संसद विघटनको घोषणा गरेसँगै यसको विरोध जनाउँदै प्रचण्ड निकट यादवले गत आइतबार राजीनामा दिएका हुन्। उनले राजीनामा घोषणा गरेलगत्तै शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तार गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी गौरी शंकर चौधरीलाई दिएका छन्। आइतबारदेखि मन्त्री चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवेश गरेका छन्। उनीमाथि लय समात्न नसेकेको श्रम मन्त्रालयलाई लयमा फर्काउनुपर्ने चुनौती थपिएको छ। बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्दै आन्तरिक रोजगारी प्रवर्द्धन गराउनु, श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्नु उनका प्रमुख कर्तव्य र जिम्मेवारी हुनेछन्। 

मन्त्रालय तथा मातहतका कार्यलयका काम कारबाहीलाई थप पारदर्शी बनाउने चुनौती उनीमाथि छ। श्रमिकहरुलाई दलालको चुंगलबाट बचाउँदै शून्य लागतमा वैदेशिक रोजगारीमा कामदार पठाउन मन्त्री चौधरीले पहल गर्नुपर्ने छ। 

सरकार, म्यानपावर व्यवसायी, रोजगारदाता तथा श्रमिकबीच सुमधुर समबन्ध स्थापित गरी पारदर्शी सेवा प्रवाह गर्नु मन्त्री चौधरीलाई परीक्षा हुनेछ। सबै चुनौतीको सामना गर्दै आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई मर्यादित बनाउन मन्त्री चौधरीले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्