• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

प्रधानमन्त्री ओलीले नेता नचिन्दा 'भद्रगोल' श्रम मन्त्रालय

मन्त्री चौधरीले फर्काउलान् लयमा?
64x64
निर्मला घिमिरे आइतबार, पुस १२, २०७७  १९:४५
1140x725

काठमाडौं- पछिल्लो समय शक्तिशाली तथा ‘स्थिर सरकार'को नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको ३ वर्ष नबित्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मात्रै ३ जना मन्त्री फेरिसकेका छन्। २०७४ फागुन ३ गते आफ्नो नेतृत्वको सरकार बनेपछि २०७४ चैत २ गते ओलीले गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा जिम्मेवारी सुम्पेका थिए। यसअघि ऊर्जामन्त्री बनेका विष्टले त्यसबेला लोकप्रियता बटुलेका थिए। 

मन्त्री विष्टले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि केही आशलाग्दा काम गर्न सुरुवात गरेका थिए। तर, मलेसिया रोजगारी बन्द भएसँगै उनी केही विवादमा परको थिए। साथै मन्त्रीलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि जोडर विवाद ल्याउने काम भएको थियो। तर, विष्टले श्रम मन्त्रालयको कार्यभार सम्हालेको २० महिना नबित्दै उनी प्रधानमन्त्री ओलीका लागि आँखाको तारो बन्न पुगे। अर्थात् गोकर्ण विष्ट कार्यसम्पादन मूल्यांकनमा सन्तुष्ट नरहेको भन्दै ओलीले उनलाई पदबाट हटाइदिए। प्रधानमन्त्री ओली लगाएको आरोपमा मन्त्री विष्टले स्वीकार गर्ने कुरा थिए। केही विषयमा मन्त्री विष्ट विवादित भएपनि सम्रगमा भने राम्रै काम गर्ने मन्त्रीको लिस्टमा थिए।

साँच्चिकै भन्नुपर्दा मन्त्री विष्ट श्रमिकको सारथी बनेर काम गर्ने प्रयास गरिरहेका थिए। उनकै कार्यकालमा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो। सबै कामको अपजस मन्त्री विष्टले लिने अवस्था देखेका प्रधानमन्त्री ओली अन्ततः उनलाई मन्त्रिपरिषद्‍बाट नै हटाएका थिए।

मन्त्री विष्टकै जोडबलका कारण नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुकसँग शून्य लागतमा श्रम सम्झौता हुन थालको थियो। मन्त्री विष्टले नै च्याउसरी खुल्न थालेका म्यानपावर कम्पनीको विकृति रोक्न र व्यवसायीलाई मर्यादिन बनाउने म्यानपावरको धरौटी रकम बढाएका थिए।

श्रमिकको पक्षमा थुप्रै काम गरेका गोकर्ण विष्टले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी बन्द गर्दा भने समन्वय बिनाहतारो निर्णय गर्दा आलोचना खेपेका थिए। 

000

प्रशंसा तथा आलोचनाबीच पनि श्रमिककै हितमा काम गर्न खोजिरहेका मन्त्री गोकर्ण विष्टलाई हटाएर ओलीले गत वर्षको २०७६ मंसिर ५ गते रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। विष्टलाई असक्षम करार गरेर हटाएपछि श्रममा तानिएका उनीमाथि सक्षम बनेर काम गर्नुपर्ने चुनौती थियो।

गोकर्ण विष्टले गर्न नसकेको कामको जिम्मेवारी पाएका यादवले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित तुल्याउनुपर्ने थियो। श्रमिकहरूको सामाजिक सुरक्षा ग्यारेन्टीका लागि अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई थप सशक्त बनाएर लैजाने उनको जिम्मेवारी थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भ्रष्टाचारको अखडाका रुपमा चिनिँदै आएको श्रम मन्त्रालयको छविलाई गोकर्ण विष्टको कार्यकालमा सुधारको प्रयास गरिएको थियो। यसलाई थप पारदर्शी बनाउनु उनको जिम्मेवारी थियो।

म्यानपावर व्यवसायी तथा दलालको प्रभावमा नपरी श्रमिकको हितमा काम गर्न मन्त्री यादवलाई निकै ठूलो चुनौती थियो। यी चुनौतीका चाङमाथि हात हालेका रामेश्वर राय यादवले १ वर्षभन्दा बढी समय मन्त्रालयमा बिताए। तर मन्त्रालयमा गुमनाम गएका उनी गुमनाम नै निस्किए। अर्थात् उनीबाट जति अपेक्षा गरिएको थियो त्यो अपेक्षा अनुसारको काम भएन। 

बरु मन्त्री रायले भ्रष्टाचारदेखि म्यानपावर व्यवसायी तथा दलालहरुसँग साँठगाँठ मिलाएको आरोप खेपे। उनले श्रम मन्त्रालयको कार्यभार सम्हाले लगत्तै म्यानपावर व्यवसायीको चहलपहल मन्त्रालयमा बढेको थियो। त्यसमाथि मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयपछि मोरिसस भ्रमणमा निस्किएका उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुष्पगुच्छासहित म्यानपावर व्यवसायी पुगेको तस्बिर बाहिरिएपछि उनी थप आशंकाको घेरामा तानिन थालेका थिए।

म‍ोरिसस पुगेर फर्किएका तत्कालीन मन्त्री रामेश्वर राय यादवले मोरिसस रोजगारीमा म्यानपावरको संलग्नता हुने गरी छलफल गरेर फर्किएका थिए। त्यस्तै जापानमा पनि बिचौलियामार्फत् कामदार पठाउने साँठगाँठ मिलाइरहेको आरोप उनीमाथि लागेको थियो। त्यस्तै श्रमिकहरूका मुद्दालाई छायामा पार्दै म्यानपावर व्यवसायीको पक्षमा रहेर निर्णय गर्ने गरेको आरोप उनीमाथि थियो। 

उनकै कार्यकालको समयमा विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को प्रत्यक्ष असर श्रम बजारमा पर्‍यो। कोरोनाका कारण देश तथा विदेशमा रोजिरोटी गुमाएका श्रमिकको चित्कार सुनिन थाल्यो। तर तिनै श्रमिकहरुको रोजिरोटीको पक्षमा काम गर्नुपर्ने तत्कालीन मन्त्री रामेश्वर राय यादव चिरनिद्रामा थिए। श्रमिकहरुको अभिभावकत्व निर्वाह गर्नुपर्ने उनी निकम्मा बनिरहे। जतिबेला श्रमिकहरुलाई श्रम मन्त्रीको आवश्यकता थियो तर उनी भएर पनि नभएजस्तै हुँदा श्रमिक निकै बिचल्लीमा परे। श्रमिकहरुको पिडामा चुपचाप रमिते बनिरहेका उनी बरु त्यतिबेला भ्रष्टाचारको आरोपमा मुछिए।

नेपाली कांग्रेसका सांसद अमरेशकुमा सिंहले मन्त्री यादवले वार्षिक १ सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने ५ सयभन्दा बढी म्यानपावर कम्पनीसँग १-१ लाख घुस माग गरेको आरोप लगाएका थिए। म्यानपावरको इजाजत नवीकरणका लागि भन्दै उनले घुस मागेको भनेर सांसद सिंहले आरोप लगएका थिए।

त्यस्तै निवर्तमान मन्त्री यादवले वैदेशिक रोजगार बोर्डजस्तो संवेदनशील संस्थामा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगी गर्ने तथा सिन्डिकेट खडा गर्ने व्यक्तिहरुलाई विज्ञ सदस्यको रुपमा नियुक्त गरेपछि पनि उनको आलोचना थप बढेको थियो।

000

यसैबीच सरकारले संसद विघटनको घोषणा गरेसँगै यसको विरोध जनाउँदै प्रचण्ड निकट यादवले गत आइतबार राजीनामा दिएका हुन्। उनले राजीनामा घोषणा गरेलगत्तै शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तार गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी गौरी शंकर चौधरीलाई दिएका छन्। आइतबारदेखि मन्त्री चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवेश गरेका छन्। उनीमाथि लय समात्न नसेकेको श्रम मन्त्रालयलाई लयमा फर्काउनुपर्ने चुनौती थपिएको छ। बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्दै आन्तरिक रोजगारी प्रवर्द्धन गराउनु, श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्नु उनका प्रमुख कर्तव्य र जिम्मेवारी हुनेछन्। 

मन्त्रालय तथा मातहतका कार्यलयका काम कारबाहीलाई थप पारदर्शी बनाउने चुनौती उनीमाथि छ। श्रमिकहरुलाई दलालको चुंगलबाट बचाउँदै शून्य लागतमा वैदेशिक रोजगारीमा कामदार पठाउन मन्त्री चौधरीले पहल गर्नुपर्ने छ। 

सरकार, म्यानपावर व्यवसायी, रोजगारदाता तथा श्रमिकबीच सुमधुर समबन्ध स्थापित गरी पारदर्शी सेवा प्रवाह गर्नु मन्त्री चौधरीलाई परीक्षा हुनेछ। सबै चुनौतीको सामना गर्दै आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई मर्यादित बनाउन मन्त्री चौधरीले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्