• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जब बाध्यताले थिच्यो, उनले भनिदिए- म सक्छु

64x64
निर्मला घिमिरे शनिबार, पुस ११, २०७७  ०६:४९
1140x725

काठमाडौं- विद्यालय जाने उमेरमा किताबको झोला र इँटाको डोकोमध्ये एउटा बोक्नुपर्‍यो भने तपाईं कुन रोज्नुहुन्छ? सायदै त्यो बेला भन्नुहुन्छ, ‘इँटाको डोको बोक्न सक्दिनँ। किताबकाे झोला बोक्छु।’

यदि इँटाको डोको नै बोक्नुपर्ने बाध्यता आइलाग्यो भने ? रुनुहुन्छ? चिच्याउनुहुन्छ? वा डोको पल्टाउनुहुन्छ? कि सकिनसकी बोक्न राजी हुनुहुन्छ? 

डोको बोक्नैपर्ने बाध्यताले थिचिएका सिन्धुलीका दीपक तामाङले चाहिँ सकिनसकी इँटाको डोको नै रोजिदिए। नसके पनि उनले भनिदिए– म इँटाको डोको बोक्न सक्छु। मलाई काम दिनुस्। 

No description available.

उनलाई नसके पनि सक्नु थियो। जसरी हुन्छ बाँच्नु थियो। १८ वर्षीय दीपक तामाङ भन्छन्‚ ‘हामी गरिबले किताबको झोला रोजेर नहुने रहेछ। एक पटक पढ्छु भनेर सोचेको पनि हो। तर पढेर केही भएन घरको दुःख सम्झिएँ, अनि म ज्याला मजदूरी गर्न थालेँ।’ 

तर सुरुसुरुमा त उनलाई त्यो भारी बोक्न पनि कसले पत्याउनु? कामको खोजीमा जहाँ पुग्थे रोजगारदाताले भन्थे‚ ‘तिमी काम गर्न सक्दैनौ जाऊ।’ यसो हुँदा दीपक कति ठाउँबाट रित्तै फर्किनु पर्‍यो। गर्न सक्छु भन्दा पनि काम पाएनन्। यसको मतलब उनको भोकलाई कसैले पत्याएनन्। 

‘गरिब हुनु त्यसमाथि सानो हुनु साह्रै गाह्रो रहेछ,’ उनी भन्छन्, ‘काम गरेर खान्छु भन्दा पनि नपाइने।’ 

हुन त रोजगारदाताहरुले उनलाई सानो देखेर नै काम गर्न सक्दैनौ भनेर फर्काएका हुन्। तर भोक, गरिबी र अभावले थिचेपछि सानो छु। काम गर्न सक्दिनँ भनेर कहाँ सुख पाउनु? 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई पनि काम खोज्न जाने रहर कहाँ थियो र? म पनि अरु जस्तै पढ्न, खेल्न, साथीहरुसँग डुल्न जाने बेला थियो, तर हैसियत कहाँ थियो,’ बोल्दाबोल्दै उनका ओठ काँपे। 

झट्ट हेर्दा बल्ल १४/१५ वर्ष टेकेको किशोरजस्तै देखिने उनी उमेरले १८ वर्ष पुगेँ भन्छन्। 

‘मलाई सबैले सानै देखिन्छस् भन्नुहुन्छ। तर म १८ वर्षको भएँ,’ उनले भने।  

१६ वर्षको उमेरदेखि मात्रै उनलाई ठेकेदारहरुले ज्यामी काम पत्याएका थिए। पत्याएको गरिब देखेर थिएन। न त ठूलो देखेर थियो। सानो भए पनि काम गर्न सक्छु भनेर दीपकले काम गरेरै पत्याउने बनाइदिएका थिए। 

‘मैलेजस्तो गाह्रो काम भए पनि, जसरी भए पनि गर्छु भनेको थिएँ। सक्ने जति गरेँ पनि। गाउँमा कहिल्यै नदेखेको/नगरेको ढलको काम गरेँ,’ बेल्चाले बालुवा उघाउँदै दीपकले सुनाए। 

No description available.

कहिले ढलभित्र पसेर पनि सफा गर्नुपर्छ। कहिले इँटा, बालुवा बोक्नुपर्छ। कहिले खन्नुपर्छ। यो काम गरेबापत दीपकले दैनिक १ हजार रुपैयाँ कमाइ गर्छन्। खाजा, खाना सबै सोही रकमबाट खानुपर्छ। गाडीभाडा र कोठाको अन्य खर्च गर्दा उनले कमाएको रकम ठिकै हुन्छ। फेरि ज्यामी काम सधैंजसो पनि कहाँ पाइन्छ र? 

‘काँडाघारीबाट आउँदा गाडी भाडा एकचोटीमा ३५ रुपैयाँ भन्छ। दिनको ७० रुपैयाँ त गाडी भाडा नै लाग्छ। बजारमा जे सामानको मूल्य पनि आकाशिएको छ। दिनभरि काम गर्दा पनि पैसा बचाउन सक्ने अवस्था छैन,’ अनामनगरमा ढलको काम गर्दै गरेको अवस्थामा भेटिएका दीपक सुनाउँछन्। 

धन्न उनी गाउँलेहरूसँग मिलेर एकै ठाउँमा बस्छन् र भाडा सबै मिलेर तिर्दा केही राहत हुन्छ। नत्र भने त ज्यामी काम गरेर आमाबुबालाई पैसा पठाउने सपना देखेका दीपकलाई आफ्नै पेट पाल्न पनि मुस्किल पर्छ। 

दीपकले ज्यामी बाहेक अरु केही सजिलो काम पाइहाल्छ कि भनेर नखोजेका पनि होइनन्। तर काठमाडौंमा काम पाउनु र पश्चिमबाट घाम उदाउनु उनका लागि उस्ताउस्तै भयो। उनीसँग ज्यामी काम गर्न सक्ने शक्ति बाहेक अन्य कामको सीप छैन। न त सीप सिक्ने पैसा छ। धेरै पढेका पनि छैनन्। गाउँकै सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै छाडेर लामा पढ्न भनेर भारत हानिएका दीपक ३ वर्षपछि फर्किएका थिए। न त उनी लामा बने, न उनको अध्ययन अगाडि बढ्यो। बरु लामा पढ्दापढ्दै उनले गाउँका सोझा आमाबुबा सम्झे। विदेश गएको दाजु सम्झे। 

No description available.

‘खास मलाई स्कुल पढ्दापढ्दै लामा पढ्न मन लाग्यो। लामा पढ्दापढ्दै लाग्यो– म त गरिब परिवारको मान्छे। आमाबुबा पनि पाल्नुपर्छ,’ उनले भने, ‘लामा पढेर कसरी पाल्ने त आमाबुबा? विदेश गएको दाइले पनि पैसा कमाउन सक्नु भएको छैन। अब मेरो परिवारको अवस्था के होला भन्ने सोचेँ। त्यसपछि फर्किएँ।’ 

मजदूरी गरेर पैसा बचाउन नसकेकाले आमाबुबालाई पैसा पठाउने सपना पनि पुरा हुन सकेको छैन। अहिले त उनलाई खानलाई नै धौ–धौ पो छ। 

‘यो कोरोनापछि काम पनि खासै राम्रो छैन। कति दिन त बसिबसि खानुपर्‍यो। महंगी बढेको छ। निकै गाह्रो छ। घर व्यवहार कसरी चलाउने भनेर पिर परेको छ,’ परिवारको आडमा रहेर आफ्नो भविष्यको सपना बुन्ने उमेरमा दीपक परिवारको चिन्तामा छन्।  

बिरामी भएँ भनेर आराम नगरी काममा खटेका छन्। ज्वरो आउँदा पनि काम नगरी बसेका छैनन्। काम मिलेसम्म ज्वरो आएको बेलामा सिटामोल खाएर खट्दा समेत कमाइले छाक टार्नै ठिक्क छ। 

‘यसरी खट्दा पनि खान र लगाउनै मुस्किल हुँदा अर्को उपाय के गर्ने ? गरिब त सधैं गरिब नै भइने रहेछ है? हामीलाई कसले अवसर दिन्छ र जीवन सहज हुन्छ ? उनले प्रश्नैप्रश्न थुपारिदिए। उनको प्रश्नको उत्तर कसले दिने? 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्