फाइल तस्बिर
कैलाली- नेपाली कांग्रेसका नेता गगन थापाले सडकमा आएको कांग्रेस अब त्यसै घर फर्केर नजाने बताएका छन्। सरकार विरुद्धको प्रदर्शनका क्रममा कैलाली पुगेका उनले कोरोना महामारीका बीच सडकमा आउनुपर्दा खुसी नलागेको बताए।
'सडकमा आउन बाध्य भएका छौं। सरकार संसदबाट भाग्यो। बालुवाटारको दुलोभित्र लुकेको सरकार र बढारिएको सरकारलाई ललर्कानका लागि कांग्रेस सडकमा आएको छ। सडकमा आएको कांग्रेस अब घर फर्केर जाँदैन', उनले भने।
उनले विगतमा सरकारले आफू कोरोना महामाव्याधिको नियन्त्रणमा लागेको र नागरिकलाई घरमै बसिदिन गरेको आग्रहलाई पनि आफूहरुले मानेको बताए। 'नजानेर कांग्रेस सडकमा नआएको होइन। आउन नसकेर होइन। सरकारलाई मद्दत गर्न र आफ्नो जिम्मेवारी बुझेर नआएको हो', उनले भने।
सरकारप्रति जनताको अपेक्षा ठूलो भए पनि पूरा नभएको थापाको भनाइ छ।
थापाले नेकपालाई पार्टी नै नभएको बताए। 'यो एउटा लोभीपापीहरुको मञ्च मात्रै हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।