काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै विवादमा पारिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। प्रधानमन्त्रीसँग उनीहरुले आइतबार डेढ घण्टा भेट गरेको कर्माचार्यको पति लक्ष्मण कृष्ण राजभण्डारीले जानकारी दिएका छन्।
सो परिवारले कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत लामाको बीचमा रहेको विवादमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको र आफूहरुको परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा छलफल गरेको थियो।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई त लाञ्छना लगाइने भएकाले हल्लाको पछि लाग्न नहुने भन्दै सान्त्वना दिएका थिए। '(प्रधानमन्त्रीले) देशमा राष्ट्रपति जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरीको लाञ्छना लगाइन्छ। त्यसैले यसको (हल्लाको) पछाडि लाग्नू हुन्न भनेर सम्झाउनुभयो', राजभण्डारीले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्रीले नेपालमा नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्ने भएकाले त्यसको पछि नलाग्न सुझाएका थिए। 'गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो', उनले लेखेका छन्।
प्रधानमन्त्रीले लामाले आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाब दिएको पनि स्मरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।