कम्युनिस्टले जिते भने बोल्न पाइँदैन भनेर मैले भनेको थिएँ। अहिले रूनेलाई समेत जेल हाल्दैछन्। कोरोनाको कहरका कारण रुनसम्म पनि पाइएको छैन। एकदलीय सर्वसत्तावादले देशमा शासन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मैले सक्दो सहयोग गरेकै हो। कोरोना लडाइँमा हाम्रो पुरा साथ हुन्छ भनेकै थिएँ।
कोरोनामा पनि घुस खएकै छ। कम्युनिष्ट सरकार भएपछि धेरै बलात्कारका घटनाहरू सुनिएको छ। निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। यदि त्यसमा नेकपाकै संलग्नता थिएन भने अहिलेसम्म हत्यारालाई किन समाउन सक्दैन सरकार? अहिले एकलौटी शासन चलेको छ। अहिले जनताका लागि लडेर ल्याएको शासन सत्ता समस्यामा परेको छ।
सिद्धान्तमाथि आक्रमण भएकाले हामी अहिले सडकमा आएका छौँ। जनता यसरी आउनुले कम्युनिस्ट सरकारबाट मुक्त चाहान्छन् भन्ने देखिएको छ।
जनता राजा आउ देश बचाउ भन्दै हिँडेका छन्। यस्तो किन भन्दैछन् त? राजालाई मैले जनतालाई शासन सुम्पिदिउँ भनेको थिएँ। त्योबेला मलाई पनि थुनियो। त्यो समयमा अदालत स्वतन्त्र भएकाले म रिहा भएँ। तर अहिले सरकारले न्यायालयसमेत कब्जा गरेको छ। अहिले आएर राजा आएर देश बचाउ भनेर जनता सडकमा आएका छन्। यो सरकारकै कारणले भएको हो।
यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ। हामी अझै पनि भन्छौँ‚ हामी त राजा मान्दै आएका थियौँ तर पछि काम नलाग्ने भएर फ्याँकेका थियौँ। अब आउने सम्भावना छैन।
वर्तमान सरकारले नै यस्तो अवस्था निम्त्याएको हो। ओली सरकारसँग आजित भएका जनताहरुले यस्तो माग गरिरहेका छन्। कांग्रेसले गणतन्त्रमा विश्वास गर्ने कुरामा कुनै विमति छैन। गणतन्त्रलाई सदृढ पारेर लैजानुपर्छ। सबैलाई समावेश गरेर लैजाने समावेशी व्यवस्था छ‚ यसलाई विकास गरेर लैजानैपर्छ। अहिले जुन संविधान छ त्यसलाई सफल पार्ने हो।
पूर्ण गणतन्त्रात्मक शासन प्रणाली नै अबको शासन प्रणाली हो। यसलाई सुधार गर्नैपर्छ। केही कमीकमजोरी छन् होला तर यसलाई सुधार गर्नुपर्छ। जनता कांग्रेससँग छन् भन्ने कुरा यसले देखाएको छ। जनता जुन रुपमा आन्दोलनमा आएका छन् यसले जनता हाम्रो पक्षमा छन् भन्ने पुष्टि गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।