• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाल-भारत पारवहन सन्धिको मस्यौदा एक वर्षदेखि अलपत्र

कहिले होला विस्तृत व्यापार सम्झौता?
64x64
हेमन्त जोशी शुक्रबार, मंसिर २६, २०७७  ०९:०२
1140x725

काठमाडौं- नेपाल–भारतबीच व्यापार, पारवहन गर्न र अनधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी)को गत सोमबार सकिएको भर्चुअल बैठकले नेपाल–भारत पारवहन सन्धि संशोधन गर्नेलगायत महत्वपूर्ण विषयमा सहमति जुटायो। तर दुई देश बीचको पारवहन सन्धि संशोधनका लागि पहल थालिएको र सैद्धान्तिक सहमति जनाएको यो पहिलो पटक भने होइन। सन्धि संशोधनका लागि मस्यौदा तयार पारेकै एक वर्ष भन्दा बढी समय बितिसकेको छ।

गतवर्ष मंसिर दोस्रो साता नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरवलोकनको लागि काठमाडौंमा वाणिज्य सहसचिवस्तरीय बैठक बसेको थियो। उक्त बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमै पारवहन सन्धिको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याइएको र चाँडै संशोधन सम्झौता हुने उल्लेख छ। तर एक वर्ष अवधिमा सन्धि संशोधनसम्बन्धी दुई देशबीच कुनै ठोस सम्झौता भने भएको छैन।

०७५ साल बैसाख महिनामा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समितिको बैठकमा नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन गर्ने सहमति भएको थियो। त्यसपछि विभिन्न चरणमा नेपाल र भारतबीच यो विषयमा छलफल हुँदै आएको छ। गतवर्ष मंसिरमा भएको सहसचिवस्तरीय बैठकमा नै नेपाल र भारतबीच हालसम्म भएका पारवहन सन्धि, सोसम्बन्धी प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदानप्रदान भएका पत्रहरूलाई एकीकृत गरी दुई देशबीच समझदारीमा नेपाल–भारत पारवहन सन्धि र सोको प्रोटोकलको नयाँ मस्यौदा तयार पारिएको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक ढुवानी रुटहरु सम्बन्धी व्यवस्थासमेत राखिएको छ। त्यस्तै ढुवानीसम्बन्धी अन्य प्रक्रिया र व्यवस्थाहरू, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनका व्यवस्थाहरु नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गर्ने सहमति भइसकेको ती अधिकारी बताउँछन्।

‘रेलमार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगवनी र भैरहवा–सुनौली नाकासमेत खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको थियो। तर अहिले त्यो विषय त्यति चर्चामा छैन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले पारवहन विविधीकरण गर्न भारतका थप २ बन्दरगाह धासा र मुन्द्रा नेपालका लागि खुला गर्ने विषय पनि गतवर्षको सहसचिवस्तरीय बैंठकमा उठाइएको थियो। तर गत सोमबारको सचिवस्तरीय बैठकमा यो विषयमा छलफल भए–नभएको भन्नेबारे भने मन्त्रालयबाट कुनै आधिकारिक धारणा आएको छैन।

त्यस्तै, तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्र्याकिङ्ग प्रणाली लागू गरी ट्रान्ससिपमेन्ट प्रक्रिया लागू गर्न नेपालले प्रस्ताव गरेको 'लेटर अफ एक्सचेन्ज'को मस्यौदा पनि अलपत्र छ। नेपालको तर्फबाट प्रस्तावित उक्त मस्यौदामा भारतीय पक्षले आन्तरिक छलफल गरी यथासीघ्र धारणा पठाउने भनेकोमा हालसम्म पनि कुनै जवाफ पाएको छैन।

नेपाल–भारत पारवहन सन्धिसम्बन्धी नयाँ सम्झौता नभएकै कारण विद्यमान सन्धिको म्याद सन् २०२० जनवरी ५ देखि लागू हुने गरी स्वतः नवीकरण भएको थियो। दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिइसकेको र दुवै पक्षबाट हस्ताक्षर गर्न मात्र बाँकी रहेको भनिएको पारवहन सन्धि र सोको प्रोटोकलको मस्यौदामा केहि हेरफेर भयो वा सहसचिवस्तरीय बैठकबाट गतवर्ष स्वीकृत मस्यौदामा नै हस्ताक्षर हुन लागिएको हो भन्ने विषयमा पनि मन्त्रालयले कुनै विवरण खुलाएको छैन।

Xtrem
Xtrem

नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच, विभिन्न भन्सार नाकाहरुमा पूर्वाधार निर्माण, सुधार र विस्तार तथा भारतीय बजारमा नेपाली वस्तुलाई हुँदै आएको गैरभन्सार अवरोधको विषयलाई लिएर नेपालले सन्धि पुनरवलोकनका लागि पहल गर्दै आएको छ। कृषि उत्पादनको क्वारेन्टाइनमा नेपालले भोग्दै आएको समस्यालाई पनि व्यापार सम्झौताले समेट्छ। नेपालबाट निर्यात हुने अलैँची, जुट, अदुवा, चियालगायत वस्तुको भारतीय बजारमा सहज प्रवेशलाई व्यापार सन्धिको प्राथमिकतामा राखिएको छ। तर सन्धि पुनरवलोकन सम्झौता नभएकै कारण यी समस्या 'ज्युँका त्युँ' छन्।

सन्धि पुनरवलोकनसम्बन्धी सम्झौता नभएकै कारण दुई देशबीच विस्तृत व्यापार सम्झौता समेत हुन सकेको छैन। नेपालले भारतसँग मात्रै व्यहोर्दै आएको वार्षिक अर्बौं रुपैयाँ बराबरको व्यापार घाटा कम गर्न यीे सम्झौताले सघाउने अपेक्षा गरिएको छ। नेपाल र भारतबीचको व्यापार सन्धि हरेक सात–सात वर्षमा नवीकरण हुने व्यवस्था छ।

सन् २००९ मा भएको दुई देशबीचको व्यापार सन्धि सन् २०१६ मा थप सात वर्ष अर्थात २०२३ सम्मका लागि नवीकरण भएको थियो। व्यापार सन्धिमा दुईदेशको सहमतिमा त्यसलाई पुनरवलोकन गर्न सक्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्