काठमाडौँ- प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ। बिहान साढे ११ बजेदेखि करिब एक घण्टा भेटघाट भएको राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले बताए।
‘कुनै विशेष मुद्दामा भेटघाट भएको होइन,’ ढकालले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट बाहेक केही होइन।’
पार्टीमा संकट आउँदा प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास जाने गरेका छन्। पछिल्लो समय पार्टीमा अप्ठ्यारो परेपछि ओली भण्डारीलाई भेट्न गएकाले महत्वका साथ साथ हेरिएका छन्। राष्ट्रपतिले सरकार र पार्टीमा हस्तक्षेप गरेको भन्दै उनको निरन्तर आलोचना हुन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।