• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मोदीको 'ठुल्दाइ' रवैया, फेरिएकै हो कि देखावटी मात्र

64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०७५  ०७:४८
1140x725

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा प्रधानमन्त्रीको कार्यभार औपचारिक रुपमा सम्हाल्नुअघि सार्क राष्ट्रका कार्यकारी प्रमुखलार्इ सपथग्रहण समारोहमा निम्ता गरेर 'छिमेकी पहिले' भन्ने सन्देश दिए। उनको निम्तालार्इ स्वीकार गरेर सार्कका सरकार प्रमुखहरु नयाँ दिल्ली उत्रिए। सपथग्रहण समारोहपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैसँग एक्लाएक्लै वार्ता समेत गरे। यसले दक्षिण एशियाली क्षेत्रमा सकारात्मक सन्देश सञ्चार गर्‍यो। 

भारतीय प्रधानमन्त्रीको छिमेकी पहिले भन्ने सन्देश यतिमै सीमित रहेन, उनले नेपाललार्इ विशेष प्राथमिकतामा राख्दै तत्काल नेपाल भ्रमण पनि गरे। विगत १७ वर्षदेखि हुन नसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सम्पन्न भएकोमा दुवै देशमा सम्बन्धले नयाँ गति लिएको भन्दै खुसियाली छायो। उनले नेपालको तत्कालीन संविधानसभामा सम्बोधन गरेपछि नेपालमा उनको गुणगान गाउनेको संख्या ह्वात्तै बढ्यो।

मोदीले नेपालले भारतलार्इ बिजुली बेचेर धनी हुनसक्ने सपना सुनाए भने नेपाल-भारतबीचको खुला सिमाना अब अवरोध होइन पुल बन्ने तर्क गर्दै सहयोगका घोषणा गरे। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि यसलार्इ भारतको विदेश नीतिमा आएको परिवर्तन भन्दै व्याख्या गरे। 

त्यस लगत्तै उनले १८औं सार्क शिखर सम्मेलनको सन्दर्भ पारेर सन् २०१४ मै फेरि नेपाल भ्रमण गरे। त्यसबेला पनि उनले नेपालप्रति सहयोगको हात बढाए, सँगसगै नेपालले बनाउँदै गरेको नयाँ संविधानका विषयमा पनि धारणा व्यक्त गरे। तर उनले संविधानबारे व्यक्त गरेको धारणाको भने आलोचना भयो। उनले त्यतिबेला ट्रमा सेन्टर उद्घाटनका क्रममा सबै क्षेत्रका मानिसको विचारलार्इ समेटेर तोकिएको समयसीमा भित्र संविधान जारी गर्न सुझाव दिएका थिए।

आफ्नो दोस्रो नेपाल भ्रमणका बेला सुझाव मात्रै दिँदा नेपाली नागरिकबाट आएको आलोचनात्मक प्रतिक्रियाको हेक्का नराखेका मोदीले २०७२ सालमा संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफ्ना विदेश सचिव जयशंकरलार्इ नेपाल पठाएर संविधान जारी नगर्न दबाव दिए। त्यो दबावलाई नेपालका तत्कालीन नेताहरुले बेवास्ता गरे भने जनस्तरमा विरोध भयो। 

यसपछि भने प्रधानमन्त्री नियुक्त भएदेखि नै छिमेकी पहिलो भन्ने नीति लिएका भारतीय प्रधानमन्त्री मोदीको असली रुप देखियो। दुर्इ पटकको भ्रमणमा चिल्लोचाप्लो कुरा गरेका मोदीले संविधानमा आफूले भनेजस्तो नभएपछि मधेशमा जारी आन्दोलनको निहुँ पारेर नेपाल विरुद्ध अघोषित नाकाबन्दी गरे। 

पहिलो नेपाल भ्रमणका बेला तत्कालीन संविधानसभामा सम्बोधन गर्दै 'यदि तपाईं चैनसँग सुत्नु भएन भने हिन्दुस्तान पनि चैनले सुत्न पाउँदैन। नेपालको कोही मेरो भाइ भोकै छ भने, भारतले कसरी आनन्द लिन सक्छ?' भनेका मोदीले नाकाबन्दीको समयमा ग्यास र मट्टीतेल नपाएर भोकै बस्नुपर्ने अवस्थामा पुगेका नेपालीलार्इ आनन्दले हेरिरहे।

त्यो नाकाबन्दीको पीडा नेपालीले भुल्न सकेका छैनन्। त्यही पीडाको परिणाम हो, अहिले मोदीको तेस्रो नेपाल भ्रमणको चर्चा सुरु भएसँगै सामाजिक सञ्जालमा वर्षिएको विरोध र आलोचना। सामाजिक सञ्जालमा नाकाबन्दीका बेला भोग्नुपरेका अप्ठ्याराका तस्बीर समेत राखेर त्यतिबेलाको पीडालार्इ भुल्न नसकेको धेरैले उल्लेख गरिरहेकाछन्।

nimb
nimb
Ncell 2
Ncell 2

ट्विटरमा #BlockadeWasCrimeMrModi भन्ने ह्यासट्यागमा मोदीविरुद्धका आवाजहरु आइरहेका छन्।

नाकाबन्दीको पीडाकै सन्दर्भमा परराष्ट्रमामिला जानकार एवं नेपालकालागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिसमेत रहिसकेका मधुरमण आचार्यले ट्विटरमा लेखेका छन्, 'यदि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल-भारत सम्बन्धलार्इ साँच्चै यसको क्षमता अनुसार पुनर्स्थापित गर्न चाहन्छन् भने, उनले भारतको बाहुबल कूटनीतिका लागि माफी माग्नुपर्छ। यसकै कारण नेपालले ५ महिना लामो नाकाबन्दी ब्यहोर्नु परेको थियो भने नेपालका लागि आर्थिक राजनीतिक र मनोवैज्ञानिक क्षतिको कारक बनेको थियो।'

नाकाबन्दी अगाडि नेपालको हितमा कुरा गरेर नथाकेका मोदी आफूले भनेजस्तो नहुने बित्तिकै नाकाबन्दी जस्तो कडा र अमानवीय हतियार प्रयोग गर्न तत्पर भए। उनी त्यतिबेला नाकाबन्दीको सख्त विरोध गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दललार्इ निर्वाचनमा हराउने रणनीतिमा समेत लागेको जानकारहरु बताउँछन्। तर, उनको यो योजनामा त्यति बेला ठेस लाग्यो जब अप्रत्यासित रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर निर्वाचनमा जाने र निर्वाचनपछि वाम एकता गर्ने रणनीति सार्वजनिक गरे। 

वाम तालमेलपछि पनि निर्वाचन परिणाम नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेका मोदीले निर्वाचन परिणाम वाम गठबन्धनको पक्षमा गएपछि भने आफ्नो रबैयामा परिवर्तन ल्याए। उनले निर्वाचन परिणाम लगत्तै नेकपा एमालेका अध्यक्षसँग पटक-पटक फोन वार्ता गरे। प्रधानमन्त्रीको सपथ लिनु अगाडि नै आफ्ना विदेशमन्त्री शुष्मा स्वराजलार्इ हतार-हतार नेपाल पठाएर बधार्इ दिए र भारत भ्रमणको निम्ता समेत पठाए। उनको निम्ता मान्न भारत पुगेका नेपालका प्रधानमन्त्री ओलीलार्इ उनले सकेसम्म खुसी पार्ने प्रयास गरेको देखियो। 

मोदीले सन् २०१४ मा नेपाल आउँदा तत्कालीन संविधानसभामा सम्बोधनका क्रममा 'पानी ‍और जवानी कभी पहाडके काम नही आती' भन्ने पुरानो उक्तिलाई बदलेर पहाडका लागि पानी कसरी काममा आउँछ र जवानीले पहाडमा कसरी नयाँ रौनक दिन्छ भन्ने स्थापित गर्नुपर्ने धारणा राखेका थिए। त्यसबेला नेपालको जलशक्ति र जनशक्तिको उपयोगले नेपाल धनी हुनसक्ने सपना देखाएका मोदीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सगरमाथाको देशलार्इ सागरसँग जोड्ने भनेर जलमार्ग प्रयोग गरेर नेपाल धनी हुनसक्ने कुरा उठाए। 

कुरा सुन्दा निकै मिठा छन्। तर, मोदीले जति मिठा कुरा गर्छन्, व्यवहारमा उनी त्यति नै कडा छन् भन्ने उदाहरण त नाकाबन्दी हाम्रै आँखासामु छ। नाकाबन्दीबाट पाठ सिक्दै नेपालले चीनसँग पनि पारवहन सन्धि गरेपछि भने छिमेकी मामलामा मोदी सरकार असफल भएको भन्दै भारतभित्रै उनको आलोचना भयो। भारतीय सञ्चार माध्यम, कूटनीतिक क्षेत्र, वुद्धिजीवी लगायतबाट मोदीकै कारण नेपालमा कम्युनिस्टहरु विजयी भए, सरकार बनाए र नेपाल चीनको पोल्टामा जान थाल्यो भन्ने टीका-टिप्पणी आइरहेका छन्। सायद, आफ्नै देशभित्र नेपाल मामिलालाई लिएर अलोचना हुन थालेपछि मोदी सोच्न वाध्य भए। 

द डिप्लोम्याटका लागि विनय काउरा लेख्छन्, 'यदि भारतले आफ्ना छिमेकीसँगको समस्या समाधान गर्दैन भने यस क्षेत्रमा चीनलार्इ आफ्नो उपस्थिति बढाउन मद्दत पुग्नेछ।' यसैगरी द हिन्दूका लागि द अब्जरभर रिसर्च फाउन्डेसनका विशष्ट फेलो तथा किङ्गस कलेज लन्डनका प्रोफेसर हर्ष भि पन्त लेख्छन्, 'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले भारत-नेपाल सम्बन्धको नयाँ सुरुवातको सन्देश दिएको छ र अब चाँडै हुने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उनको छिमेकी पहिले भन्ने नीतिका लागि सन् २०१९ मा हुने आमनिर्वाचन अगाडिको अन्तिम सशक्त प्रयासको सन्देश हुनेछ।'

नेपालमा गत मंसिरमा सम्पन्न आमनिर्वाचन लगत्तैको एक भातरीय टेलिभिजन बहसमा नेपाल मामिला जानकार एसडी मुनिले भनेका थिए, 'भारतले नेपालबारे मात्र होइन दक्षिण एशियामा नै विदेश नीति परिमार्जन गर्नुपर्छ। सार्क भारतका लागि छिमेकी देशहरुलार्इ नजिक ल्याउने एउटा मञ्च हो, यसको प्रयोग भारतले गर्न सक्नुपर्छ। त्यो गर्न नसक्ने हो भने चीन नजिक आयो भनेर गुनासो गरेर मात्र हुँदैन।' 

तर, यस्ता सुझावका बावजुद पनि छिमेकी पहिले भन्ने नीति लिएका मोदीले सार्कलार्इ सक्रिय बनाउन कहिल्यै अग्रसरता देखाएनन्। जसका कारण १९औं सार्क शिखर सम्मेलन अनिश्चित बनेको छ। छिमेकी पहिले भन्ने मोदीले पाकिस्तानसँगको दुर्इ पक्षीय सम्बन्धको विवाद देखाएर सार्क शिखर सम्मेलन रोकिरहेका छन्।

नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले सोही टेलिभजन कार्यक्रममा भनेका थिए, 'पहिलो पटक प्रधानमन्त्री हुनबाट भारतले केपी शर्मा ओलीलार्इ रोक्न खोज्दा सफल नभएपछि नाकाबन्दी लगाएर प्रधानमन्त्री पदबाटै सेबोटाज गर्न खोजेपछि उनी अवश्य पनि भारत विरोधी त हुने नै भए।'

उता, मोदीको हालै चीन भ्रमण चलिरहेका बेला न्युयोर्क टाइम्सले लेखेको थियो, 'अर्को वर्ष हुने निर्वाचन जित्ने निश्चित जस्तो भएको अवस्थामा मोदी भारत-चीनबीच अघिल्लो वर्ष दोक्लममा जस्तो कुनै किसिमको विवाद नआओस् भन्ने चाहन्छन् र यसकालागि सी को सहयोग पनि खोजिरहेका छन्।'

भाषणले लठ्याउन सिपालु मोदीले यसपटकको नेपाल भ्रमणका समयमा पनि त्यो जादु त छर्ने नै छन्। तर, हामीले के भुल्नु हुँदैन भने, अतिथिलार्इ सम्मान गर्ने हाम्रो परम्परालार्इ कायम राख्दै गर्दा अघिल्लो पटक नेपालमा सम्मान र वाहवाही पाएर फर्किंदा समेत मोदीले नाकाबन्दी जस्तो अमानवीय हतियार प्रयोग गरेका थिए। 

यो पटक प्रधानमन्त्री ओलीलाई भारतमा मोदीले दिएको सम्मान र अहिलेको उनको नेपाल भ्रमण कतै अर्को वर्ष (सन् २०१९ अप्रिल-मे) भारतमा हुने निर्वाचनमा आफ्नो माहौल सकारात्मक बनाउन प्रयोग भइहरेको अस्त्र त होइन? 

प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका बेला मोदीको बोली र व्यवहार नम्र हुनु र अब नेपाल भ्रमणमा आउँदा पनि नरम देखिनु उनको आगामी निर्वाचन लक्षित भारतीय वुद्धिजीवी, सञ्चार माध्यम, कूटनीतिक क्षेत्र र राजनीतिक दलसँगै नागरिकलाई समेत छिमेक नीतिमा आश्वस्त पार्ने रणनीति पो हो कि?

यी प्रश्नमा गहिरो विष्लेषण नगरी मोदी सच्चिँसकेको वा भारत कोर्स करेक्सनको प्रक्रियामा छ भन्ने निष्कर्षतिर पुग्नु हतारो हुनसक्छ। सन् २०१९ को निर्वाचनमा मोदी पुनः विजयी भएमा उनी अझ शक्तिशाली बन्नेछन्, जसले पुरानै 'ठुल्दार्इ रवैया'मा फर्कने सम्भावना प्रवल छ। नेपालको संघीय संसद्‌को निर्वाचन परिणामपछिको अवस्थामा देशभित्रै चौतर्फी आलोचना खेपिरहेका मोदी जसरी हुन्छ त्यसको असर आफ्नो निर्वाचनमा पर्न नदिने रणनीतिमा छन्। तर सन् २०१९ को भारतीय आम निर्वाचनपछि मोदी नै शक्तिमा आए भने अहिले उनले प्रस्तुत गरिरहेको रुप परिवर्तन हुन सक्छ। 

नेकपा माओवादी केन्द्रका एक नेता भन्छन्, 'सारमा नेपाल-भारत सम्बन्धमा कुनै परिवर्तन आएको छैन। निर्वाचन परिणामपछि हामी जति बलियो भएका थियौं, त्यसपछि बैंकक रणनीति हुँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणसम्म आइपुग्दा जस्ताको तस्तै छ।' 

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनको भ्रमणलार्इ लिएर भइरहेका टीका-टिप्पणी र सामाजिक सञ्जालमा पोखिएको आक्रोशलार्इ नेपाल र भारत दुवै सरकारले बुझ्न नसके भोलिका दिन प्रत्युत्पादक समेत हुन सक्छ।

नाकाबन्दीको पीडा नभुलेका नेपालीले मोदीको भ्रमणलार्इ नै लिएर टीका-टिप्पणी गरिरहेका बेला नागरिक अभिनन्दनका कार्यक्रमसमेत राखिएपछि अझ् आक्रोश बढेको बुझ्न सकिन्छ। यसकारण नाकाबन्दीमा नेपालीले भोगेको पीडामा भारतीय प्रधानमन्त्री मोदीले उचित सम्बोधन गर्नुपर्छ भने नेपालका प्रधानमन्त्री ओलीले समेत त्यही पीडामा मह्लम लगाउँदै आफू अडिग भएर पाएको जनमतको सम्मान गर्नुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’
आजदेखि बजेट अधिवेशन सुरु हुँदै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने
सम्बन्धित सामग्री
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम... सोमबार, वैशाख २८, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन नेपाल-भारतबीच भएको विद्युत खरिदबिक्रीसम्बन्धी दीर्घकालीन सम्झौताविरुद्ध दायर रिटमाथि फैसला गर्दै अदालतले स्वदेशी आवश्यकता पूरा भएपछि... आइतबार, वैशाख २७, २०८३
वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ मार्फत संघ, प्रदेश र स्थान... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
रिहा भए थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित सोमबार, वैशाख २८, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
आजदेखि बजेट अधिवेशन सुरु हुँदै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्