• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सामाजिक सुरक्षा योजनाका २ वर्ष : ४० लाखभन्दा बढी श्रमिक पहुँच बाहिरै

लक्षितवर्गको आकर्षणका लागि थपिँदैछन् सापटीदेखि अवकाशसम्मका सुविधा : कोष
64x64
निर्मला घिमिरे बिहीबार, मंसिर ११, २०७७  ०६:४३
1140x725

काठमाडौं–‘नयाँ युगको सुरुवात’ नारासहित बडो तामझामका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको २ वर्ष पुरा भएको छ। कोरोना महामारीका बीच पनि बिहीबार भर्चुअल माध्यमबाट तेस्रो सामाजिक सुरक्षा दिवस मनाइँदैछ। 

तर स्पष्ट नीति र कार्यान्वयन पक्ष दरिलो नहुँदा लक्षित वर्ग पुरानै युगमा गुज्रिरहेका छन्। अर्थात् सामाजिक सुरक्षाको अधिकारबाट लक्षित वर्गहरु नै वञ्चित छन्। हालसम्म १२ हजार ९ सय १० रोजगारदाता तथा १ लाख ७९ हजार ७ सय १६ श्रमिकहरु मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषमा सूचीकृत गराउने लक्ष्यअनुसार ८० प्रतिशत आबद्ध भएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीको दावी छ।

यो अवधिमा कोषमा २ लाख श्रमिकहरु आबद्ध गराउने सरकारको लक्ष्य थियो। ‘श्रमिकहरु आबद्ध हुने क्रम जारी छ। यसमा भएका केही कानुनी व्यवस्थामा श्रमिकहरु असन्तुष्ट हुँदासमेत आबद्ध हुन आउनेहरुको संख्या कम देखिएको हो,’ कोषका कार्यकारी निर्देशक ज्ञवाली भन्छन्, ‘हामीले गुनासाहरु सम्बोधन गर्दै कार्यविधि परिमार्जनका लागि आबश्यक प्रकृया अगाडि बढाएका छौँ। यसपछि योजनामा लक्षित वर्गको आकर्षण बढ्ने अपेक्षा छ।’

४० लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षाबाट वञ्चित 
केन्द्रीय तथ्यांक विभागले नेपालमा गरेको श्रम शक्ति सर्वेक्षण २०७४/०७५ अनुसार नेपालमा ७० लाख ८६ हजार नागरिक विभिन्न किसिमका रोजगारीमा आबद्ध छन्। जसमध्ये औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा ४४ लाख ४१ हजार कार्यरत छन्। अनौपचारिक क्षेत्रअन्तर्गत दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुको संख्या १५ लाख ८६ हजार छ। त्यस्तै प्रतिगोटा उत्पादन गरेबापत ज्याला प्राप्त गर्ने श्रमिकको संख्या १ लाख ८८ हजार छ। साप्ताहिक ज्यालामा काम गर्ने श्रमिकको संख्या ५० हजार छ। बाँकी अन्य श्रमिकहरु मासिक पारिश्रमिकमा कार्यरत छन्।

सरकारले निजी (औपचारिक/अनौपचारिक) क्षेत्रका सबै श्रमिकहरुलाई अनिवार्य रुपमा समेट्नका लागि अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अहिलेसम्म आबद्ध श्रमिकको संख्या हेर्दा कुल लक्षित श्रमिकको १ प्रतिशतको हाराहारीमा मात्रै समेटिएको देखिन्छ। कोषमा समेटिएका श्रमिकहरु पनि केही ठूला कम्पनी तथा संगठित क्षेत्रमा कार्यरत छन्। उनीहरु सरकारले तोकेको आधारभूत पारिश्रमिकभन्दा राम्रो पारिश्रमिक तथा सेवासुविधाहरु प्राप्त गर्नेसमेत हुन्। आधारभूत पारिश्रमिकबाट समेत वञ्चित रहेका तथा असंगठित क्षेत्रका सबै मजदूर सामाजिक सुरक्षाको पहुँच बाहिरै छन्। 

निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको यकीन आँकडा नभए पनि ४० लाखभन्दा धेरै श्रमिकहरु सामाजिक सुरक्षाको पहुँचमा पुग्न नसकेको देखिन्छ। सरकारको नीति स्पष्ट नहुनु, त्यसमाथि पनि सरकारले कार्यान्वयन पक्षलाई कडाइ गर्न नसक्नु नै लक्षित श्रमिकहरु सामाजिक सुरक्षाको अधिकारबाट वञ्चित बन्नुको कारण रहेको सरोकारवालाहरु बताउँछन्।

कोषका कार्यकारी निर्देशक ज्ञवाली भने जुनसुकै योजनामा पनि एकैचोटी सफलता नमिल्ने जिकिर गर्छन्। उनी भन्छन्, ‘कुनै पनि योजना सुरुमै सफल हुँदैन। लक्षित वर्गले बुझ्दै गएपछि विस्तारै सहज हुने हो। हामी यसकै लागि काम गरिरहेका छौँ।’

सबै श्रमिक समेट्ने गरी कार्यविधि परिमार्जन गरिँदै 
कार्यक्रमममा लक्षित वर्ग नै आकर्षित हुन नसकेपछि सरकारले सामाजिक सुरक्षा सञ्चालन कार्यविधि परिमार्जनको गृहकार्य थालेको छ। योजनाका सम्बन्धमा प्राप्त गुनासा तथा विज्ञहरु समेतको रायका आधारमा कार्यविधि परिमार्जनको काम अघि बढाइएको ज्ञवालीले नेपाल लाइभलाई बताए।

Ncell 2
Ncell 2
nimb
nimb

परिमार्जनको प्रारम्भिक खाका तयार भइसकेको छ। खाकामाथि छलफल चलिरहेको छ। तेस्रो सामाजिक सुरक्षा दिवसकै दिन नयाँ कार्यविधि ल्याउने तयारी रहे पनि त्यसमाथि केही काम अझै बाँकी रहेकाले थप केही समयपछि संशोधित कार्यविधि ल्याइने कार्यकारी निर्देशक ज्ञवालीको भनाइ छ। ‘हामी वर्कआउटमै छौँ। केही समयपछि हामी संशोधित कार्यविधि ल्याउँदैछौँ,’ उनले भने। 

कोषको सञ्चालक समितिका सदस्यहरु तथा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजनकत्वमा उपसमिति गठन गरी कार्यविधि परिमार्जनको काम अगाडि बढाइएको उल्लेख गरिएको छ। जसमा कार्यकारी निर्देशक, कानुन मन्त्रालय, मजदूर संगठनहरु तथा रोजगारदाताहरुको समेत उपस्थिति रहेको छ। 

श्रमिकका लागि थपिँदै अवकाशदेखि सापटीसम्मका सुविधा 
सामाजिक सुरक्षा योजनाको वृद्धअवस्था सुरक्षा योजनाअन्तर्गत कामबाट अवकाश प्राप्त गरिसकेपछि पेन्सन प्राप्त गर्न ६० वर्ष नाघेको हुनुपर्ने व्यवस्थामा गुनासो बढेपछि यो व्यवस्थामा परिमार्जन गर्न लागिएको छ। वृद्धअवस्था सुरक्षा योजनाका लागि कट्टी गरिने २८.३३ प्रतिशत रकमलाई बाँडफाँड गरी करिब १० प्रतिशत अवकाश(उपदान) योजनाअन्तर्गत राखिने र बाँकी १८ प्रतिशत रकमबाट पेन्सन सुविधा उपलब्ध गराइने प्रस्ताव उपसमितिको छ। उपदान योजनाअन्तर्गत करिब १० प्रतिशत रकम आबश्यक परेको अवस्थामा ६० वर्ष उमेर नपुगे पनि प्रयोग गर्न पाउँछन्। बीचमा आवश्यक नपरेको अवस्थामा एकमुष्ठ उपदान पाउँछन्।

कोषका प्रवक्ता विवेक पन्थी भन्छन्, ‘सो रकमलाई अप्ठ्यारो परेको अवस्थामा जुनसुकै बेला पनि सोही रकम धितोमा राखेर सापटी जस्तो निकाल्न पाउने व्यवस्था गरिएको छ। ६० वर्षपछि पनि उक्त रकम एकमुष्ठ पाउने व्यवस्था छ।’ 

Xtrem

Xtrem

बाँकी १८ प्रतिशत रकमबाट ६० वर्ष उमेर पुगेपछि योगदानकर्ताले पेन्सन उपलब्ध गराइन्छ। 

हाल वृद्धवस्था योजना अन्तर्गत योगदान रकमको २८ दशमलव ३३ प्रतिशत रहने व्यवस्था छ। जसअन्तर्गत २०७६ असार मसान्तपछि रोजगारीमा आएका श्रमिकले अनिवार्य रुपमा पेन्सनमा जानुपर्ने, २०७६ असार मसान्तअघि नै रोजगारीमा जोडिएकाहरुले अवकाश तथा पेन्सन दुई सुविधामध्ये एउटा रोज्न पाउने व्यवस्था छ। 

त्यस्तै औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा समेत केही परिमार्जनको प्रस्ताव अघि सारिएको छ। योगदान छाडेको ३ महिनासम्म मात्रै यो सुविधा पाउने व्यवस्थालाई परिमार्जन गरी वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सुविधा लिइरहेका ७० वर्षसम्मका वृद्धवृद्धाहरुलाई औषधि उपचार सुविधा उपलब्ध गराइने व्यवस्थाको प्रस्ताव गरिएको हो।

‘बिरामीको जोखिम बढ्ने भनेको ६० वर्ष नाघेपछि हो। यस अगाडि काम सुरु गरेको ३ महिनादेखि काम छाडेको ३ महिनासम्म मात्र यो सुविधा पाउने व्यवस्था थियो। अब भने वृद्धअवस्था सुरक्षा योजनाको सुविधा लिइरहेका ७० वर्षउमेरसम्मका व्यक्तिको उपचार खर्च कोषले व्यहोर्ने भनेर हामीले प्रस्ताव गरेका छौँ। ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको उपचार त सरकारले नै गरिहाल्छ,’ कोषका प्रवक्ता पन्थीले भने। 

त्यस्तै योगदानकर्ता सुत्केरी भएको अवस्थामा ६ हप्तासम्मको उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ। हाल गर्भावस्थाको परीक्षण तथा ३ महिनासम्मको शिशुको उपचार खर्च कोषले व्यहोर्ने व्यवस्था छ।  

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत विदेशी श्रमिकका हकमा आश्रित परिवारलाई एकमुष्ठ ७ लाख रकम दिने गरी प्रस्ताव लगिएको छ। प्रस्तावित मस्यौदाले मूर्त रुप पाउँन भने बाँकी नै छ। प्रस्तावित मस्यौदा छलफलकै क्रममा रहेको छ। 

यो वर्ष ५ लाख श्रमिक समेट्ने लक्ष्य
यस वर्ष कोषमा ५ लाख श्रमिकहरु समेट्ने लक्ष्य रहेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए। श्रमिकहरु तथा सम्बन्धित सरोकारवालाहरुको गुनासो सम्बोधन गरी नीतिगत परिमार्जन गर्न लागिएकाले लक्ष्यअनुसार श्रमिकहरु कोषमा आवद्ध हुने उनको विश्वास छ।

२०७५ मंसिर ११ गतेदेखि अघि सारिएको सामाजिक सुरक्षा योजनाअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना गरी ४ किसिमका सुविधा पाउने व्यवस्था गरिएको छ।  यी सुविधाहरु प्राप्त गर्नका लागि कोषमा सूचीकृत भई रोजगारदाताले श्रमिकहरुको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी आफ्नो तर्फबाट २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा मासिक रुपमा जम्मा गर्नुपर्ने व्यवस्था छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्