• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमणको १ वर्ष : नियन्त्रणका लागि के हुँदैछ प्रयास? कहिले आउँछ भ्याक्सिन?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ३, २०७७  १९:५७
1140x725

काठमाडौं- चीनको वुहानमा देखिएको कोरोना महामारी मंगलबार एक वर्ष पूरा भएको छ। चिनियाँ सरकारको एक रिपोर्टअनुसार वुहानमा सन् २०१९ को नोभेम्बर १७ मा कोरोनाको पहिलो केस पुष्टि भएको थियो। तर विश्व स्वास्थ संगठनले भने डिसेम्बर ३१ लाई मात्र पहिलो कोरोनाको केस भेटिएको मान्दै आएको छ। 

वुहानमा फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले विश्व आक्रान्त छ। अहिलेसम्म विश्वभर ५ करोड ५७ लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमणभइसकेका छन् भने १३ लाख ४० हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। त्यस्तै ३ करोड ५८ लाख ९० हजारभन्दा धेरै संक्रमित निको भएका छन्। जाडोयाम सुरू भएसँगै यसको संक्रमण झन् बढी फैलन सक्ने विज्ञहरूले बताउँदै आएका छन्। 

नेपालमा हालसम्म १ हजार २५९ कोरोना संक्रमितको मृत्यु भएको र २ लाख १२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै १ लाख ८२ हजार ७८० जना संक्रमित निको भई घर फर्केका छन्।

विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरत भइरहेका छन्। अमेरिकाको अपरेसन वार्प स्पिड इनिसियटिभले सन् २०२१ को जनवरीसम्ममा भ्याक्सिन उत्पादन प्रक्रिया सुरु हुने बताएको छ। उसले प्रभावकारी तथा सुरक्षित हुने गरी ३ करोड डोज भ्याक्सिन निर्माण गर्न १० अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ।

धेरैजसो भ्याक्सिनहरूको तेस्रो चरणका परीक्षण सकिएको छ। खोप उत्पादनका लागि १२ भन्दा बढी राष्ट्र लागिपरेका छन्। महामारी चलेको १ वर्ष पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनबाट मानिसमा प्रयोगयोग्य हुने गरी कुनै पनि भ्याक्सिनले अनुमति पाएका छैनन्। 

अहिले केही भ्याक्सिनहरू कोभिडको-१९ जिनेटिक म्याटेरिललाई मध्यनजर गर्दै निर्माण भइरहेका छन्, जसले गर्दा हाम्रो शरीरभित्र रहेका कोषिकाहरूले कोरोना भाइरसविरूद्ध लड्नका लागि आवश्यक प्रोटिन उत्पादन गर्छन् जसले गर्दा शरीरको रोगप्रतिरोधात्क प्रणाली बलियो हुन्छ र यसबाट सजिलै छुटकारा पाउन सकिन्छ।

साधारणतया भ्याक्सिन निर्माण भएर बजारमा आउन १० देखि १५ वर्ष लाग्छ। सन् १९६० मा अहिलेसम्मकै सबैभन्दा छिटो समयमा निर्माण भएको मुम्सको भ्याक्सिन बजारमा पुग्नका लागि ४ वर्ष लागेको थियो।

भ्याक्सिन निर्माण गर्ने क्रममा विभिन्न चरणहरू पार गर्दै जानुपर्ने हुन्छ। सुरूमा भ्याक्सिनको परीक्षण गर्दा थोरै मानिसमाथि प्रयोग गरिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यदि त्यस्ता परीक्षण सफल भए र सुरक्षित तथा प्रभावकारी सावित भए भने दोस्रो चरणमा परीक्षण गर्नुपर्ने मानिसहरूको संख्या पनि बढाउँदै लागिन्छ, जसमध्ये केही संक्रमित र केही स्वस्थ व्यक्तिमाथि प्रयोग गर्ने गरिन्छ।

तेस्रो चरणमा हजारौं मानिस माथि भ्याक्सिनको परीक्षण गर्ने गरिन्छ। त्यस्तोबेलामा छुट्टाछुट्टै उमेर समूहका मानिसमा समेत परीक्षण गर्ने भएकाले उमेर नै पिच्छे फरक प्रभाव परिरहेको हुन्छ। यस्तो बेलामा परीक्षण गरिएका मानिसहरूको दीर्घरोगदेखि लिएर विभिन्न शारीरिक, मानसिक समस्याले पनि प्रभाव पारिरहेको हुन्छ। त्यसपछि मात्र आधिकारिक निकायमा भ्याक्सिन पठाइन्छ। त्यसैले पनि यो प्रक्रिया एकदमै लामो हुने गर्छ।

भ्याक्सिन निर्माण भइसकेपछि पनि यसको वितरणलाई लिएर केही समस्याहरू निम्तन सक्ने हुन्छ। सुरूमा कस्ता प्रकारका बिरामीका लागि यस्तो भ्याक्सिनको प्रयोग गर्न दिने र कति मूल्यमा वितरण गर्ने भन्ने विषयमा पनि विभिन्न समस्या निम्तन सक्ने विज्ञहरू बताउँछन्। यसपछिको चरणलाई भ्याक्सिनको चौथो चरण पनि भन्ने गरिन्छ, जसमा नियमित रूपमा प्रयोग भइरहेको भ्याक्सिनबाट उत्पन्न हुने साइड इफेक्टलाई मध्यनजर गर्ने गरिन्छ।

निर्माण भएका र निर्माणाधीन केही भ्याक्सिनहरू

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दी गामालेया नेसनल सेन्टर अफ इपिटेमोलोजी एन्ड माइक्रोबायोलोजी
नाम : स्पुतनिक भी

कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा गत अगस्ट ११ मा रूसले स्पुतनिक भी नामको भ्याक्सिन निर्माण गरेको थियो। यो भ्याक्सिनको प्रभावकारिताबारे रूसले हालसालै आप्नो अभिव्यक्ति सार्वजनिक गरेको छ। कोरोनाविरूद्धको उक्त भ्याक्सिन ‘स्पुतनिक भी’ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।

कम्पनी : रसियन रिसर्च इन्स्टिट्युसन। अहिले स्टेट-रन रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको समन्वयमा भ्याक्सिन निर्माण गरेको हो।

यो भ्याक्सिनले कसरी काम गर्छ?
गमालेयाले पनि एडेनोभाइरसको कमजोर भर्सनको प्रयोगबाट भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरेको छ। यसले पनि शरीरमा स्पाइक प्रोटिन सप्लाई गर्छ। यसले एडेनोभाइरसलाई दुई भागमा विभाजन गरेर प्रयोग गरेको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पहिलोपटक यो भ्याक्सिन प्रयोग गरेको २१ दिनपछि दोस्रो पटक त्यही भ्याक्सिनको प्रयोग गर्नुपर्दछ। कुनै पनि आधिकारिक प्रमाणबिना नै रूसले यो भ्याक्सिन विश्वभर प्रयोग गर्न सकिने दाबी गर्नुका साथै कोभिड-१९ विरूद्धको भ्याक्सिनमध्ये सबैभन्दा पहिला बजारमा पुगेको आधिकारिक भ्याक्सिन भएको दाबीसमेत गरिरहेको छ। तर विश्व स्वास्थ्य संगठनले भने यो कम्पनीको प्रारम्भिक चरणको क्लिनिकल ट्रायललाई आफ्नो लिस्टमा समावेश गराएको छ। विभिन्न अनुसन्धाताहरूले पनि यो भ्याक्सिनले मानव शरीमा बलियो एन्टिबडी र सेलुलर इम्युन रेस्पोन्स दिने बताएका छन्।

फाइजर
नाम : बिएनटी १६२बी२ 
फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ। यस्तो अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ।

कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्।

भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।

यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी-सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।

भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।

यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी-सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
जर्मन कम्पनीले क्यान्सर भ्याक्सिनका लागि बनाइएको भ्याक्सिनमा आधारित भएर यो भ्याक्सिन निर्माण गरेका हुन्। फाइजरले अमेरिकी सरकारसँग सन् २०२० को डिसेम्बरसम्ममा १० करोड डोज भ्याक्सिनका लागि करीब २ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ।

मोडेर्ना थेराप्युटिक्स
नाम : एमआरएनए-१२७३

कम्पनी : म्यासाचुसट्समा अवस्थित बायोटेक कम्पनी
-नेसनल इन्स्टिच्युट्स अफ हेल्थको समन्वयमा निर्माण भएको।

त्यस्तै अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ। बायो एन्ड टेक कम्पनीले विकास गरेको फाइजर भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको सार्वजनिक हुनेबित्तिकै यो भ्याक्सिनको प्रभावकारिता सार्वजनिक गरिएको हो।

यो भ्याक्सिनले कसरी काम गर्छ?
एमआरएनएको सन्दर्भमा यो भ्याक्सिनले शरीरभित्र मानव कोषिकामा रहेका भाइरसको जिनेटिक मटेरियल्सको स-साना कणलाई प्रभाव पार्छ। शरीरमा यसले भाइरल प्रोटिनको उत्पादन गर्ने भएकाले कोरोना भाइरसको नक्कल गरेर इम्युन सिस्टमलाई भाइरसलाई पहिचान गर्न सहयोग पुर्‍याउँछ। यस्तो प्रकारको प्रविधि अहिलेसम्म कुनै पनि रोगको उपचारका लागि प्रयोग गरिएको छैन। यदि यो सफल भएमा विश्वकै पहिलो एमआरएनए भ्याक्सिन सावित हुनेछ। (एमआरएनए भ्यनक्सिनले कसरी काम गर्छ?)

यूनिभर्सिटी अफ अक्सफोर्ड
नाम : चाडोक्स१ एनकोभ-१९

कम्पनी : बेलायतमा अवस्थित विश्वविद्यालय। यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा भ्याक्सिन निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ? 
यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरिहेको भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्नेक किसिमको हुन्छ। एस्ट्राजेनेका र अक्सफोर्डले सो भ्याक्सिनको अर्बौं डोज निर्माण गर्ने सहमति गरिसकेका छन्।

सिनोभ्याक
नाम : कोरोना भ्याक

कम्पनी : यो चिनियाँ बायोफर्मास्युटिकल कम्पनी हो। यसले ब्राजिलियन रिसर्च सेन्टर बुटन्टनसँगको समन्वयमा कोभिडविरूद्धको भ्याक्सिन निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
यो कोरोनाभ्याक इनयाक्टिभेटेड भ्याक्सिन हो। अर्थात् यसको प्रयोग संक्रमित नभएका व्यक्तिमा गरिन्छ। जब इनयाक्टिभेटेड प्याथोजेन्सले कुनै पनि रोगहरू उत्पादन गर्न सक्दैनन्। त्यसका साथै यसले अन्नुअल इन्फ्लुएन्जा भ्याक्सिनजस्तै इम्युन रेसपोन्सलाई पनि सक्रिय राख्न मद्दत गरिरहेको हुन्छ। गत जुलाई ३ मा ब्राजिल रेगुलेटोरी एजेन्सीले यो भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण गर्न अनुमति दिएको थियो।

सिनोफार्म
नाम : नोन
कम्पनी : यो चिनियाँ स्टेट-रन फर्मास्युटिकल कम्पनी हो। 

यो भ्याक्सिनले कसरी काम गर्छ?
सिनोफार्मले पनि सिनोभ्याकले जस्तै इनयाक्टिभेटेड सार्स-कोभ-२ भ्याक्सिन निर्माण गरिरहेको छ। सन् २०२० को अन्त्यसम्ममा तेस्रो चरणको परीक्षण सकिने र सार्वजनिक रूपमा वितरण गरिने कम्पनीले जनाएको छ। यो भ्याक्सिनको प्रारम्भिक चरणमा र्‍यान्डम परीक्षण गरिएको समाचार जामा नेटवर्कमा प्रकाशित गरिएको थियो।

त्यो चरणमा परीक्षण गरिएका सबैमा इम्युन सिस्टममा सकारात्मक सुधार आएको थियो। अहिलेसम्म यो भ्याक्सिनले कुनैपनि दीर्घकालीन असर देखाएको छैन।

मुर्दोख चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट
नाम : ब्यासिलस कालमिट-ग्वेरिन ब्रेस ट्रायल (बिसिजी)

कम्पनी : यो अस्ट्रेलियाको सबैभन्दा ठूलो चाइल्ड हेल्थ रिसर्च इन्स्टिच्युट हो। अहिले यो कम्पनीले युनिभर्सिटी अफ मेलबर्नसँगको समन्वयमा भ्याक्सिनको निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
करीब सय वर्षअघि ट्युबरक्युलोसिसबाट सुरक्षित राख्नका लागि बिसिजी भ्याक्सिनको निर्माण गरिएको थियो। पछिल्ला वर्षहरूमा यो भ्याक्सिनले मानव शरीरमा इम्युन सिस्टमलाई बढाउने  र अन्य रोगसँग लड्न सक्ने क्षमतामा विकास गर्ने अनुसन्धानबाट पुष्टी भएको छ। अनुसन्धाताहरूले यो भ्याक्सिनले सार्स-कोभ-२ विरूद्ध समेत काम गर्नसक्ने भनी अनुसन्धान सुरू गरेका छन्। अस्ट्रेलियामा यो भ्याक्सिनको तेस्रो परीक्षण सुरू भएको छ। तर विश्व स्वास्थ्य संगठनले भने बिसिजी भ्याक्सिनले  कोरोना भाइरसको संक्रमणबाट मानिसलाई सुरक्षित बनाउने विषयमा अहिलेसम्म कुनै प्रमाण नभेटिएको जनाएको छ।

क्यानसिनो बायोलोजिक्स
नाम : एडि-एनकोभ

कम्पनी : चिनिया बायोफर्मास्युटिकल कम्पनी

यो भ्याक्सिनले कसरी काम गर्छ?
क्यानसिनोले पनि भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरिरहेको छ। एडेनोभाइरसको कमजोर भर्सनलाई प्रयोग गरी सार्स-कोभ-२ पहिचान गर्नका लागि यसले स्पाइक प्रोटिन शरीरमा पठाउने काम गर्दछ। यसको परीक्षणको दोस्रो चरणको प्रारम्भिक नतिजा दी लान्सेटमा प्रकाशित भएको थियो। लनसेटमा प्रकाशित उक्त नतिजाअनुसार परीक्षण गरिएका धेरैजसो व्यक्तिमा यो भ्याक्सिनले महत्वपूर्ण र आधारभूल इम्युन निर्माण गरेको थियो। त्यसअनुसार यसले अहिलेसम्म कुनै प्रकारको साइड इफेक्ट नदेखाएको उल्लेख गरिएको थियो। चिनियाँ सरकारले भने यो भ्याक्सिन सेनाहरूले मात्र प्रयोग गर्न पाउने बताएको छ। क्यानसिनो मानिसमा भ्याक्सिनको प्रयोग गर्न पाउने अधिकार पाएको विश्वको पहिलो कम्पनी पनि हो।

यीलगायतका अरु पनि थुप्रै भ्याक्सिन पनि निर्माणका प्रक्रियामा छन्। तर कुनै भ्याक्सिनले पनि मानिसमा प्रयोग गर्नका लागि डब्लुएचओबाट स्वीकृति पाएका छैनन्। 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १९:५७
  • #Novel Corona Virus
  • #कोरोनाभ्याक्सिन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्