काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डको प्रस्तावमा आफ्नो सहमति रहेको नेकपा उपाध्यक्ष वामदेव गौतमले स्पष्ट पारेका छन्।
प्रचण्डले पेस गरेको प्रस्ताव आफ्नो सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा अडिग रहेको उनले सचिवालयमार्फत् जानकारी दिएका छन्।
आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि उक्त कुरा व्यक्त गरेको गौतमले बताएका छन्। उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो।'
यसैगरी उनले अध्यक्ष ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोक्न भनेका छन्।
उनलाई खुशी पार्ने नाममा अरु नेताको बदनामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्याँईं गर्ने काम पनि तत्काल बन्द उनले सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।