• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योग वाणिज्य महासंघ निर्वाचन : यसरी बन्दैछ सहमतिको खाका, को पछि हट्ला?

64x64
उत्तम काप्री मंगलबार, मंसिर २, २०७७  १०:५४
1140x725

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। महासघंको नेतृत्व चयनसहितको साधारणसभाका लागि व्यवसायीहरु दुई समूहमा विभाजित भएका छन्। 

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएसँगै अहिले वरिष्ठ उपाध्यक्षका लागि दुई प्यानल चुनावी मैदानमा छन्। 

महासंघका दुई उपाध्यक्षहरू किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल आ-आफ्नो प्यानलको नेतृत्व गरी चुनावी मैदानमा उत्रिएका छन्। प्रधानको प्यानलमा एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। 

यसैगरी ढकालको प्यानलमा एसोसिएट उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षका लागि गुणनिधि तिवारी अघि सरेका छन्। दुवै प्यानलका उम्मेद्वारले दावेदारी प्रस्तुत गर्दै भोट माग्न थालिसकेका छन्। यसबाहेक पनि ६० जना कार्यकारिणी सदस्यका लागि पनि प्यानलजस्तै उमेद्वारी घोषणा भएको छ।

चुनावी सरगर्मी सुरु भएसँगै दुवै समूह जिल्ला दौडमा छ। ढकाल समूहले पश्चिमबाट जिल्ला दौड सुरु गरेको थियो भने प्रधान समूहले पूर्वबाट। पश्चिमबाट चुनावी अभियान सुरु गरेको ढकाल समूह अहिले पूर्व पुगेको छ भने पूर्वबाट चुनावी दौड सुरु गरेको प्रधान समूह पश्चिम पुगेको छ। 

व्यवसायीलाई तिहारभन्दा पनि चुनाव बढी लागेको थियो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले अघिल्लोपटकका आफ्ना प्रतिस्पर्धी प्रधानलाई समर्थन गरेका छन्। महासंघकी अध्यक्ष भवानी राणाले पनि प्रधानलाई नै वरिष्ठ उपाध्यक्षका रूपमा देख्न चाहेको बताएकी छन्। गोल्छाका आलोचकले ‘भावी अध्यक्ष सन्तुलित हुन नसकेको’ आरोप लगाएका छन् भने उनका समर्थकले ‘अध्यक्षले आफू अनुकूलको टिम बनाउन खोजेको’ बताउने गरेका छन्।  

निर्वतमान अध्यक्ष पशुपति मुरारका पनि प्रधानको पक्षमा भोट माग्दै हिँडेका छन। उनीसहित पूर्वअध्यक्षहरू विनोद श्रेष्ठ र कुशकुमार जोशीले पनि प्रधानको पक्षमा लबिङ गरिरहेका छन्। 

Ncell 2
Ncell 2

यता ढकाल प्यानलको चुनावी कमाण्ड महासंघका विशिष्ठ सदस्य एवं पूर्वअध्यक्ष चण्डीराज ढकालले सम्हालेका छन्। जिल्ला, नगरतर्फ बलियो पकड भएका उनले ढकाललाई वरिष्ठ उपाध्यक्षमा जिताउने जिम्मेवारी पाएका छन्। महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको भोटको भार बढी हुन्छ। 

महासंघको जिल्ला, नगरतर्फको भोट कूल सय प्रतिशत भारमा ५० प्रतिशत हो। यसैगरी महासंघका एसोसिएटको भार ३० प्रतिशत र वस्तुगतको भार २० प्रतिशत रहेको छ। जितका लागि ५१ प्रतिशत मत ल्याउनु पर्नेछ।

तर, पूर्वअध्यक्षहरुले भने कोभिडका कारण थला परको अर्थतन्त्र सुधारका लागि अहिले व्यवसायीहरु एक ढिक्का भएर जानु पर्ने बताउँदै आएका छन्। उनीहरूले यो बेला व्यवसायीहरु २  समूहमा विभाजन भएर चुनावी मैदानमा जानु भन्दा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएका छन्।

पूर्वअध्यक्षहरुको भनाइमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकाल र किशोर प्रधान पनि सहमत छन्। दुवैले सहमतिको ढोका खुला रहेको बताउँदै आएका छन्। तर, एकले अर्कोलाई छोड्न भने अहिलेसम्म राजी भइसकेका छैनन्।

महासंघको ५१ औं साधारणसभामा एकै ठाउँमा रहेका व्यवसायीहरु अहिले विभाजित छन्। ५१ औं साधारणसभामा वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका र विशिष्ठ सदस्य चण्डिराज ढकाल एउटै टिममा थिए भने प्रधानमात्रै अलग समूहमा थिए।

तर, अहिले ठीक उल्टो भएको छ। चन्द्र ढकालको टिममा विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालमात्रै छन् भने अन्य सबै प्रधानको टिममा पुगेका छन्। 

किन गुट परिर्वतन?
गुट परिर्वतनको खेल महासंघमा भवानी राणा अध्यक्ष भएसँगै सुरु भएको थियो।  ५१ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा विजयी भएका शेखर गोल्छालाई ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुन नदिने गरी चण्डिराज ढकालले सुरु गरेको विधान संशोधनको खेलका कारण नै ५१ औं साधारणसभामा एकै प्यानलमा रहेका गोल्छा, मुरारका र राणाले गुट परिर्वतन गरेका व्यवसायीहरु बताउँछन।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थालाई संशोधनगरी गोल्छालाई ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुन रोक्ने खेलको सुरुवात चण्डीराज ढकालले गरेका थिए। ढकालले विधान संशोधनको खाकासमेत तय गरी महासंघका बुझाएका थिए। तर, महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुले २०७६ कात्तिकबाट विधान संशोधनको खेल अन्त्य गरिदिएका थिए।

विधान संशोधनको खेलमा ५१ औं साधारण सभामा गोल्छासँग नै वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका प्रधानले गोल्छा समूहलाई  सहयोग गरेका थिए। गोल्छाले पनि प्रधानलाई वरिष्ठ उपाध्यक्षका लागि सहयोग गर्ने वाचा गरेका थिए। गोल्छालाई स्वतः अध्यक्ष हुनबाट रोक्ने खेलको विरोधमा मुरारका पनि थिए।  यसरी सुरु भएको विधान संशोधनको खेल महासंघ अध्यक्ष भवानी राणालेसमेत गोल्छा र मुरारकाको सहयोगमा तुहाइदिएकी थिइन्। त्यसपछि चण्डीराज ढकाल कोभिडका कारण निर्वाचन सारेको समयमा राणामाथि सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए। 

पूर्व अध्यक्ष ढकालविरुद्ध प्रधानले महासंघको इतिहासमै पहिलोपटक खेद प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावसमेत महासंघको कार्यकारिणी समितिबाट पारित भएको थियो। जसका कारण महासंघको ५१ औं  साधारण सभाबाट बनेको गुट भत्किएको छ, जुन अहिलेसम्म पनि जारी छ।

सहमतिको खाका
पूर्वअध्यक्षहरुले सहमतिका लागि वार्ता गरिरहँदा व्यवासायी वर्गमा एउटा सहमतिको खाता तयार भएको एक पूर्वअध्यक्ष बताउँछन्।

व्यवसायी वर्गमा अहिले महासंघमा चण्डीको प्रभावलाई सदाका लागि अन्त्य गर्ने गरी सहमतिको खाकाको तयारी भएको बताइएको छ। तर, केही पूर्वअध्यक्षले त्यस्तो प्रस्तावलाई स्वीकार गर्न नसक्ने बताउँदै आएका छन्।

एक पूर्वअध्यक्षका अनुसार महासंघको ५४ औं  साधारण सभापछि विधान संशोधन गरेमा व्यवसायी किशोर प्रधानलाई महासंघको आजीवन मानार्थ सदस्य बनाउने र चन्द्रप्रसाद ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी भएको छ। तर, त्यसका लागि चन्द्र ढकालले पूर्वअध्यक्ष चण्डी ढकालको  साथ सधैंका लागि छोड्नु पर्ने सर्त अघि सारिएको छ।

यसैगरी पूर्वअध्यक्षहरुबाट चयन गरिने एक विशिष्ठ सदस्यका रुपमा निर्वतमान अध्यक्ष पशुपति मुरारकालाई चयन गर्ने र महासंघलाई चण्डीको प्रभावबाट मुक्त गराउने अवस्था आएमा सहमति हुने ती पूर्वअध्यक्षले जानकारी दिए। 

यसरी सहमति भएको अवस्थामा प्रधान प्यानलबाट उमेद्वारी दिएका सौरभ ज्योतिलाई एसोसिएट र अञ्जनलाई वस्तुगत उपाध्यक्ष बनाउने र ढकाल समूहबाट गुणनिधीलाई जिल्ला,नगरतर्फको उपाध्यक्ष बनाउने गरी सहमतिको खाका तयार भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ निरन्तर उकालो आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । शनिबार, पुस १९, २०८२
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथ... बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्