• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योग वाणिज्य महासंघ निर्वाचन : यसरी बन्दैछ सहमतिको खाका, को पछि हट्ला?

64x64
उत्तम काप्री मंगलबार, मंसिर २, २०७७  १०:५४
1140x725

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। महासघंको नेतृत्व चयनसहितको साधारणसभाका लागि व्यवसायीहरु दुई समूहमा विभाजित भएका छन्। 

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएसँगै अहिले वरिष्ठ उपाध्यक्षका लागि दुई प्यानल चुनावी मैदानमा छन्। 

महासंघका दुई उपाध्यक्षहरू किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल आ-आफ्नो प्यानलको नेतृत्व गरी चुनावी मैदानमा उत्रिएका छन्। प्रधानको प्यानलमा एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। 

यसैगरी ढकालको प्यानलमा एसोसिएट उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षका लागि गुणनिधि तिवारी अघि सरेका छन्। दुवै प्यानलका उम्मेद्वारले दावेदारी प्रस्तुत गर्दै भोट माग्न थालिसकेका छन्। यसबाहेक पनि ६० जना कार्यकारिणी सदस्यका लागि पनि प्यानलजस्तै उमेद्वारी घोषणा भएको छ।

चुनावी सरगर्मी सुरु भएसँगै दुवै समूह जिल्ला दौडमा छ। ढकाल समूहले पश्चिमबाट जिल्ला दौड सुरु गरेको थियो भने प्रधान समूहले पूर्वबाट। पश्चिमबाट चुनावी अभियान सुरु गरेको ढकाल समूह अहिले पूर्व पुगेको छ भने पूर्वबाट चुनावी दौड सुरु गरेको प्रधान समूह पश्चिम पुगेको छ। 

व्यवसायीलाई तिहारभन्दा पनि चुनाव बढी लागेको थियो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले अघिल्लोपटकका आफ्ना प्रतिस्पर्धी प्रधानलाई समर्थन गरेका छन्। महासंघकी अध्यक्ष भवानी राणाले पनि प्रधानलाई नै वरिष्ठ उपाध्यक्षका रूपमा देख्न चाहेको बताएकी छन्। गोल्छाका आलोचकले ‘भावी अध्यक्ष सन्तुलित हुन नसकेको’ आरोप लगाएका छन् भने उनका समर्थकले ‘अध्यक्षले आफू अनुकूलको टिम बनाउन खोजेको’ बताउने गरेका छन्।  

निर्वतमान अध्यक्ष पशुपति मुरारका पनि प्रधानको पक्षमा भोट माग्दै हिँडेका छन। उनीसहित पूर्वअध्यक्षहरू विनोद श्रेष्ठ र कुशकुमार जोशीले पनि प्रधानको पक्षमा लबिङ गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यता ढकाल प्यानलको चुनावी कमाण्ड महासंघका विशिष्ठ सदस्य एवं पूर्वअध्यक्ष चण्डीराज ढकालले सम्हालेका छन्। जिल्ला, नगरतर्फ बलियो पकड भएका उनले ढकाललाई वरिष्ठ उपाध्यक्षमा जिताउने जिम्मेवारी पाएका छन्। महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको भोटको भार बढी हुन्छ। 

महासंघको जिल्ला, नगरतर्फको भोट कूल सय प्रतिशत भारमा ५० प्रतिशत हो। यसैगरी महासंघका एसोसिएटको भार ३० प्रतिशत र वस्तुगतको भार २० प्रतिशत रहेको छ। जितका लागि ५१ प्रतिशत मत ल्याउनु पर्नेछ।

तर, पूर्वअध्यक्षहरुले भने कोभिडका कारण थला परको अर्थतन्त्र सुधारका लागि अहिले व्यवसायीहरु एक ढिक्का भएर जानु पर्ने बताउँदै आएका छन्। उनीहरूले यो बेला व्यवसायीहरु २  समूहमा विभाजन भएर चुनावी मैदानमा जानु भन्दा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएका छन्।

पूर्वअध्यक्षहरुको भनाइमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकाल र किशोर प्रधान पनि सहमत छन्। दुवैले सहमतिको ढोका खुला रहेको बताउँदै आएका छन्। तर, एकले अर्कोलाई छोड्न भने अहिलेसम्म राजी भइसकेका छैनन्।

Xtrem

Xtrem

महासंघको ५१ औं साधारणसभामा एकै ठाउँमा रहेका व्यवसायीहरु अहिले विभाजित छन्। ५१ औं साधारणसभामा वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका र विशिष्ठ सदस्य चण्डिराज ढकाल एउटै टिममा थिए भने प्रधानमात्रै अलग समूहमा थिए।

तर, अहिले ठीक उल्टो भएको छ। चन्द्र ढकालको टिममा विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालमात्रै छन् भने अन्य सबै प्रधानको टिममा पुगेका छन्। 

किन गुट परिर्वतन?
गुट परिर्वतनको खेल महासंघमा भवानी राणा अध्यक्ष भएसँगै सुरु भएको थियो।  ५१ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा विजयी भएका शेखर गोल्छालाई ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुन नदिने गरी चण्डिराज ढकालले सुरु गरेको विधान संशोधनको खेलका कारण नै ५१ औं साधारणसभामा एकै प्यानलमा रहेका गोल्छा, मुरारका र राणाले गुट परिर्वतन गरेका व्यवसायीहरु बताउँछन।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थालाई संशोधनगरी गोल्छालाई ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुन रोक्ने खेलको सुरुवात चण्डीराज ढकालले गरेका थिए। ढकालले विधान संशोधनको खाकासमेत तय गरी महासंघका बुझाएका थिए। तर, महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुले २०७६ कात्तिकबाट विधान संशोधनको खेल अन्त्य गरिदिएका थिए।

विधान संशोधनको खेलमा ५१ औं साधारण सभामा गोल्छासँग नै वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका प्रधानले गोल्छा समूहलाई  सहयोग गरेका थिए। गोल्छाले पनि प्रधानलाई वरिष्ठ उपाध्यक्षका लागि सहयोग गर्ने वाचा गरेका थिए। गोल्छालाई स्वतः अध्यक्ष हुनबाट रोक्ने खेलको विरोधमा मुरारका पनि थिए।  यसरी सुरु भएको विधान संशोधनको खेल महासंघ अध्यक्ष भवानी राणालेसमेत गोल्छा र मुरारकाको सहयोगमा तुहाइदिएकी थिइन्। त्यसपछि चण्डीराज ढकाल कोभिडका कारण निर्वाचन सारेको समयमा राणामाथि सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए। 

पूर्व अध्यक्ष ढकालविरुद्ध प्रधानले महासंघको इतिहासमै पहिलोपटक खेद प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावसमेत महासंघको कार्यकारिणी समितिबाट पारित भएको थियो। जसका कारण महासंघको ५१ औं  साधारण सभाबाट बनेको गुट भत्किएको छ, जुन अहिलेसम्म पनि जारी छ।

सहमतिको खाका
पूर्वअध्यक्षहरुले सहमतिका लागि वार्ता गरिरहँदा व्यवासायी वर्गमा एउटा सहमतिको खाता तयार भएको एक पूर्वअध्यक्ष बताउँछन्।

व्यवसायी वर्गमा अहिले महासंघमा चण्डीको प्रभावलाई सदाका लागि अन्त्य गर्ने गरी सहमतिको खाकाको तयारी भएको बताइएको छ। तर, केही पूर्वअध्यक्षले त्यस्तो प्रस्तावलाई स्वीकार गर्न नसक्ने बताउँदै आएका छन्।

एक पूर्वअध्यक्षका अनुसार महासंघको ५४ औं  साधारण सभापछि विधान संशोधन गरेमा व्यवसायी किशोर प्रधानलाई महासंघको आजीवन मानार्थ सदस्य बनाउने र चन्द्रप्रसाद ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी भएको छ। तर, त्यसका लागि चन्द्र ढकालले पूर्वअध्यक्ष चण्डी ढकालको  साथ सधैंका लागि छोड्नु पर्ने सर्त अघि सारिएको छ।

यसैगरी पूर्वअध्यक्षहरुबाट चयन गरिने एक विशिष्ठ सदस्यका रुपमा निर्वतमान अध्यक्ष पशुपति मुरारकालाई चयन गर्ने र महासंघलाई चण्डीको प्रभावबाट मुक्त गराउने अवस्था आएमा सहमति हुने ती पूर्वअध्यक्षले जानकारी दिए। 

यसरी सहमति भएको अवस्थामा प्रधान प्यानलबाट उमेद्वारी दिएका सौरभ ज्योतिलाई एसोसिएट र अञ्जनलाई वस्तुगत उपाध्यक्ष बनाउने र ढकाल समूहबाट गुणनिधीलाई जिल्ला,नगरतर्फको उपाध्यक्ष बनाउने गरी सहमतिको खाका तयार भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्