• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्न बेरोजगारले पाउँदैनन् काम, विदेशबाट फर्किएकालाई 'छेपारोको कथा'

64x64
निर्मला घिमिरे शुक्रबार, कात्तिक २८, २०७७  ०७:५८
1140x725
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका परियोजनामा काम गर्दै युवा। कार्यक्रमा लक्षित वर्गको पहुँच पुग्न सकेको छैन। फाइल तस्बिर

काठमाडौं- सिन्धुलीका रामनारायण धामी दैनिक गुजारा चलाउन ज्यामी काम गर्छन्। ज्यामी काम पनि गाउँमा नपाएपछि उनी काम खाेज्न काठमाडौं छिरेका छन्।

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् काम पाइन्छ भन्ने सुनेका उनले सो कार्यक्रममा आफू कसरी सहभागी हुने भन्नेसमेत बुझेका छैनन्। बरु चिनेजानेको मान्छे कोही छ भने सो काम पाइन्छ भन्ने हल्लाचाहिँ उनको कानमा परेको थियो। 

‘त्यो के कार्यक्रम हो आएको छ रे। खानै समस्या हुन थालेपछि अलि अगाडि बुझेको पाइएन। साथीले ठेकेदार चिनेकाले धन्न काठमाडौंमा भए पनि ज्यामी काम पाइयो,’ उनले सुनाए।

दैनिक ज्यालामजदूरी गरेर बिहान बेलुका छाक टार्दै आएका भक्तपुरका गणेशकुमार प्रजापतिलाई सधैँ काम नमिल्दा कहिलेकाहीँ छाक टार्न पनि मुस्किल पर्छ। सिजनमा भक्तपुरतिरै खेतबारीमा काम गर्छन्। सिजन सकिएपछि ज्यामी काम। तर एक दिन काम पाए ३ दिन बेरोजगार बस्नुपर्छ। यसरी बेरोजगारी समस्यामा परेकाहरुका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदैछ भन्ने सुनेका उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी भने पाएका छैनन्। 

‘अघिल्लो वर्ष पनि काम पाइन्छ भन्थ्यो र फारम भरेको थिएँ। कतै केही खबर आएन। पछि केहीले पाए भन्ने सुनेको थिएँ,’ प्रजापति भन्छन्, ‘काम पाउन के योग्यता चाहिने भएर हो कि किन हो मैले त पाइँन।’

झारा टार्ने काममै सकियो ८ अर्ब ११ करोड 
सरकारले रामनारायण धामी र गणेशकुमार प्रजापतिजस्ता हजारौँ विपन्न बेरोजगारलाई न्यूनतम रोजगारी ग्यारेन्टी गर्ने गरी अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा वार्षिक अर्बौं बजेट खन्याइँदैछ। सो बजेटमार्फत् एक वर्षमा सम्पूर्ण विपन्न बेरोजगार युवावर्गलाई न्यूनतम १ सय दिनको रोजगारी ग्यारेन्टी गर्ने व्यवस्था गरिएको छ।

रोजगारी दिन नसके १ दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत भत्ता उपलब्ध गराउने व्यवस्था छ। सो व्यवस्थाअनुसार कार्यक्रम कार्यान्वयनमा आएको दुई वर्ष बितिसकेको छ। २ वर्षको अन्तरालमा आर्थिक वर्ष २०७५/०७६ को प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ३ अर्ब १० करोड बजेट छुट्याएको थियो। आव २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड बजेट छुट्याइएको थियो। दुई वर्षमा ८ अर्ब ११ करोड रुपैयाँ सकिइसकेको छ।

अर्बौं रकम सकेर पनि न त सबै विपन्न बेरोजगार युवाहरु लाभान्वित हुन सकेका छन् न कुनै दीर्घकालीन रोजगारी सिर्जना भएको छ। केवल झारा टार्ने काममा राज्यकोषको अर्बौं रुपैयाँ सकिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यकर्ता पोस्न थपिँदै ऋण
चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि त झनै सरकारले अघिल्लो वर्षको तुलनामा दोब्बर बजेट ( रु.११ अर्ब ६० करोड) छुट्याएको छ।

त्यस्तै ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नामक कार्यक्रममार्फत् विश्व बैंकबाट प्राप्त करिब १४ अर्ब रुपैयाँ बराबर ऋण पनि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममै खर्चिने सम्झौता गरिसकेको छ। राज्यकोषको रकममात्र नभएर विश्व बैंकबाट ऋणसमेत लिएर पनि उक्त कार्यक्रम दीर्घकालीन हुने अवस्था भने देखिएको छैन।

यो कार्यक्रम लक्षित वर्गका लागि नभएर कार्यकर्ता पोस्ने भाँडो भएको आरोप लाग्दै आएको। त्यस्तै रोजगारीका नाममा श्रम दानबाट सम्पन्न हुने आयोजनाहरुमा आसेपासे घुसाउने र राज्यकोषको रकमको दुरुपोग गर्ने काम भइरहेका घटनाहरु समेत बाहिरिरहेका छन्। 

कार्यक्रम लक्षित वर्गसम्म पुर्‍याउन कसरी लक्षित वर्ग पहिचान गरिएको छ भन्ने कुराले महत्वपूर्ण राख्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरे बताउँछन्। 

‘लक्षित वर्गको तथ्यांक व्यवस्थापनको जिम्बेवारी स्थानीय तहको हो। नेपालको संविधाले नै यो जिम्बेवारी स्थानीय सरकारलाई सुम्पिएको छ,’ कार्यक्रम निर्देशक घिमिरे भन्छन्, ‘यो ३ वर्षको अधिकारमा के कति कार्यान्वयन भयो भनेर स्थानीय सरकारले आत्मसमिक्षा गर्ने बेला हो जस्तो मलाई लाग्छ।’ 

रोजगारीका लागि आवेदन दिन जाँदा सम्पन्न व्यक्तिले नै आम्दानी छैन भनेर निवेदन दिने प्रवृतिले गर्दा पनि सहि सूचना प्राप्त नहुँदा लक्षितवर्गभन्दा टाठाबाठा नै कार्यक्रममार्फत लाभान्वित हुने अबस्था सिर्जना हुने उनको भनाई छ। यस्तो समस्या आउन नदिन स्थानीय सरकारले ध्यान दिनुपर्ने कार्यक्रम निर्देशक घिमिरे उल्लेख गर्छन्। 

विदेशबाट फर्किएकालाई ‘छेपारोको कथा’ 
साउदीमा ८ वर्ष काम गरेर कोरोना महामारीपछि रोजगारी गुमाएर फर्किएका सिन्धुपाल्चोकका कुवेर सिलवाललाई आफ्नै देशमा काम गर्न मन छ। विदेशमा छँदा उनले कोरोनाका कारण रोजगारी गुमाएर फर्किएकालाई सरकारले रोजगारी दिने भन्ने सुनेका थिए। तर स्वदेश फर्कँदा त्यस्तो केही काम पाएनन्। 

‘अवसर पाए आफ्नै देशमा केही गरौँ भनेको। सरकारले केही बाटो देखाउँछ कि भनेको अहिलेसम्म केही छैन,’ उनले गुनासो गरे। 

कोरोना महामारीका कारण रोजगारीका लागि युएई पुगेको ६ महिनामै फर्किएका तनहुँका दिलबहादुर परियार सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन चाहन्छन्। तर न त सो कार्यक्रम सुरु भएको छ नत कार्यक्रम कहिलेदेखि सुरु हुने भन्ने टुंगो छ। कार्यक्रमको जानकारी लिन वडा कार्यालयसम्म पुगेका उनलाई वडा कार्यालयले त्यसबारे केही जानकारी नआएको भन्दै फर्काइदिएको अवस्था छ। 

कुवेर सिलवाल र दिलबहादुरजस्ता वैदेशिक रोजगारीबाट कोरोनाका कारण काम गुमाएर फर्किएकाहरुलाई सरकारले विशेष प्राथमिकताका साथ प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गराउने उद्घोष गरेको थियो। तर सरकारले यो उद्घोषलाई व्यवहारमा उतार्न भने सकेको छैन। उनीहरूका लागि यस्ता योजना र कार्यक्रम 'छेपारोकै कथा'सरह भएको छ। 

विदेशबाट अलपत्र परेर फर्किएका ठूलो संख्यामा महिला श्रमिकहरुको पहुँच पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसम्म पुग्न नसकेको वैदेशिक रोजगारीका क्रममा समस्या परेर फर्किएका महिलाहरुको हकहितमा काम गर्दै आएकी महिला अधिकारकर्मी विजया राई (श्रेष्ठ) बताउँछिन्। 

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा यस्ता विदेशबाट फर्किएका महिलाहरुको पनि पहुँच पुग्न सकेको छैन,’ उनले भनिन्। सरकारले विदेशबाट फर्किएका युवाहरुलाई विशेष प्राथमिकताका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य स्वरोजगारका कार्यक्रमहरुमा आबद्ध गराउन प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ।

साढे २ लाखले रोजगारी पाएको सरकारी दाबी 
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब साढे २ लाखले रोजगारी पाएको दावी गरेको छ। २०७६/०७७ को आर्थिक सर्वेक्षणले करिब साढे २ लाख बेरोजगार युवाले रोजगारी पाएको दावी गरेको हो। 

श्रम मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा करिब १ लाख ७० हजार बेरोजगार युवाले औषत १३ दिनको रोजगारी पाएका थिए। आव २०७६/०७७ मा ६० हजार बेरोजगार युवाले रोजगारी पाएको श्रम मन्त्रालयको दावी छ। तर उनीहरुले औषत कति दिनको रोजगारी पाए भन्ने जबाफ मन्त्रालयले दिन सकेको छैन। 

बुधबारसम्म ६ लाख ६७ हजार युवाले रोजगारीका लागि आवेदन दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले जानकारी दिए। उनले सरकारले देशका सम्पूर्ण विपन्न बेरोजगारका लागि रोजगारी प्रदान गर्ने उदेश्यले ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र विस्तार गरी कार्यक्रम सुरु गरेको र यसलाई विस्तारै थप परिस्कृत गर्दै लैजाने दावी गरे। विदेशबाट फर्किएका युवाहरुलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रममाभन्दा पनि अन्य स्वरोजगार कार्यक्रममा आकर्षित गर्न सरकारले सहुलियतपूर्ण कर्जा तथा सीप प्रमाणीकरण लगायत कार्यक्रम अघि सारेको उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्