काठमाडौं- नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने भएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण महामारीका कारण यस वर्ष समारोह नगरिने व्यहोरा कांग्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
विस २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा नेपाली कांग्रेसले चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।